ट्रेंडिंग:

>> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै

मुख्यमन्त्री गिरीलाई भ्रष्टाचार र अनियमितताबाट जोगिन १० बुंदे सुझाव

२७ पुष २०७९, बुधबार
२७ पुष २०७९, बुधबार

बुटवल,२७ पुस ।   लुम्बिनी प्रदेशका तेस्रो मुख्यमन्त्री लिला गिरीलाई भ्रष्टाचार र अनियमितताबाट जोगिन सुझाव आउन थालेका छन् । एमाले निकट वुद्धिजिवी हरि ज्ञवालीले मुख्यमन्त्री गिरीलाई १० बुंदे सुझाव दिंदै भ्रष्टाचार र अनियमितताबाट जोगिएर आफ्नो छवि उच्च बनाइराख्न अनुरोध गरेका छन् ।

यस्ता छन् ज्ञवालीका सुझाव

१. तपाईं लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा नियुक्त हुनुभएको छ । अब तपाईंलाई बधाई र शुभकामनाको ओइरो लाग्नेछ। हिजो चुनावमा खटेर लाग्ने सैध्दान्तिक र इमानदार कार्यकर्ता भन्दा छ्ट्टु र स्वार्थीहरु तपाईंलाई माला, खादा र उपहार लिएर तपाईसँग नजिकिनेछन् । चिनेर सतर्क रहनुहोला । फगत नजिकिएर आफ्नो स्वार्थ पूरा गर्ने तत्वबाट बच्नुहोला । षड्यन्त्र गर्नेहरु पार्टीबाहिर मात्रै होइन, भित्रै पनि छन् । सचेत रहनुहोला ।

२. लुम्बिनी प्रदेशका जनताका जीवनस्तर माथि उठाउने, सुशासन,विकास र समृद्धिका खाका कोर्ने जिम्मा अब तपाईमाथि आएको छ । दत्तचित्तले यस कार्यमा लाग्नुहोला । सरकारको एक रुपैयाँ पनि दुरुपयोग हुन नपाओस् है । तपाईंले आफूलाई निष्ठापूर्ण ,इमानदार र सादगी नेताका रुपमा चिनाउनुभएको छ । त्यो पहिचान अझै बढ्दै जाओस् ।

३. विगतका मुख्यमन्त्रीहरुका कार्यकाल विवादमुक्त हुन सकेका थिएनन् । यसपटक भने यो महत्त्वपूर्ण अवसरको भरपूर उपयोग गरेर आफ्नो व्यक्तित्व अझै उँचो बनाउनुहोला ।

४. पद पाउनु ठूलो कुरा हैन,पद पाएपछि जनपक्षीय काम गर्नु र लोकप्रिय भइरहनु सबैभन्दा ठूलो कुरा हो । भ्रष्टाचार र अनियमितताबाट जोगिएर आफ्नो छवि उच्च बनाइराख्नु राजनीतिक जीवनमा महत्त्वपूर्ण कुरा हो । अहिलेको अवस्थामा यो चुनौतीपूर्ण पनि छ । सतर्क रहनुहोला ।

५. प्राय मानिसहरुले ठूलो पद पाएपछि आफ्नो हैसियत बिर्सने, नैतिकता गुमाउने, चरित्रमा दाग लाग्ने गरि काम गर्ने र सामाजिक रुपमै च्युत हुने गरेका छन् । यसबाट बच्न पलपलमा विचार पुर्‍याउनुहोला ।

६. आम जनताको जीवनस्तर वास्तवमा अझै पनि दुःखदायी र समस्याग्रस्त नै छ । श्रमजीवी र गरिखाने वर्गलाई अझै पनि साँझ(बिहान छाक टार्ने समस्याले पिरोलेकै छ । उनीहरुका आर्थिक समस्या ज्युँका त्युँ छन् भने सामाजिक ,राजनीतिक सबैतिरबाट पनि उनीहरू प्रताडित छन् । सरकारी अवसर र सुविधा उनीहरुमाझ पुग्नै सकेको छैन । श्रमजीवी ,गरिखाने वर्ग र अवसर नपाएकाहरुलाई विशेष ध्यान दिनुहोला ।

७. समाजमा पहुँचवाला ,पैसावाला र टाठाबाठाकै राइँदाइँ चलेको छ । आम जनताहरु आफ्नो समस्या राख्न तपाईंसँग पुग्न सक्दैनन् । उनीहरूको पहुँच पनि छैन । उनीहरुको समस्यामा बोलिदिने मान्छे पनि छैनन् । त्यस्ता पीडित र समस्याग्रस्त जनताको दुस्ख र पीडामा सारथी बन्न सफल हुनुहोला ।

८. चुनावका बेला विपक्षी पार्टीहरुले मात्रै होइन, आफ्नै पार्टीका कतिपय व्यक्तिले चोकचोकमा नकारात्मक कुरा गर्दै हिडेको मनन गर्नुहोला । तर अब त्यही कुरामै अल्झिरहन हुँदैन ।

९. अरुका त कुरा छोडौँ , आजभोलि कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता पनि हिजोका जस्ता त्यागी, इमानदार र जनमुखी छैनन् , निरन्तर भ्रष्ट ,अनुशासनहीन र स्वार्थी बन्दै गएका छन् । विकासका आयोजनाहरुबाट पनि कमिसन खाने,भ्रष्टाचार गर्ने र आफ्नो दुनो सोझ्याउने सोच र प्रवृत्ति जताततै बढ्दै गएको छ । यस्तो प्रवृत्तिलाई निमिट्यान्न पार्न कडाभन्दा कडा कानुन बनाउने र नीतिगत तहमै आमूल परिवर्तन गर्नु जरुरी देखिन्छ ।

१०. अन्त्यमा , तपाईं विगतमा जस्तै भ्रष्टाचार र अनियमितताबाट जोगिनुहोला । मितव्ययी र सादगीपन कायम राख्दै लोकप्रिय, सरल र निस्कलङ्क नेताको रुपमा आफ्नो छवि अझ उच्च बनाउनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?