ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

इन्टरनेटको लत (सम्पादकीय)

२१ आश्विन २०७५, आईतवार
२१ आश्विन २०७५, आईतवार

आजभोलि मोबाइल र इन्टरनेट मानिसको पर्याय बनेको छ । ज्ञान, सूचना र मनोरञ्जनका लागि आधुनिक गुरु नै मानिएका छन् । तर, यसको सही सदुपयोग भएको छ कि दुरूपयोग गरिएको छ यसको खोज अनुसन्धान हुनु जरुरी छ । खासगरी शहर बजारमा अधिकांशका घरमा इण्टरनेट जोडिएका छन् । मोवाइल खल्तीमा नहुने त मानिस नै हुँदैन । साना बाबुनानीलाई फुलाउन पनि आमाहरूले हातमा मोबाइल थमाइदिन्छन् । मोबाइल पाएपछि बालबालिका रोएका छन् भने चुप लाग्छन् । खाना खान मानेका छैनन् भने खाना खान शुरु गर्छन् । दुई बर्षको भएको छैन, बाबुआमाले फेसबुक अकाउण्ट खोलिदिएका हुन्छन् । फेसबुक चलाउन सिकाइरहेका हुन्छन् । आमा बाबुले नै बालबालिकालाई इण्टरनेटभित्र छिराइरहेका छन् । तर, तिनको ठीक तवरले उपयोग नगर्दा बालबालिकामा लत बस्ने खतरा हुन्छ । बालबालिका जब इण्टनेटभित्र छिर्छन् तब उनीहरूको लागि नै लहलहैमा लागेर झगडा गरेर पनि आर्थिक हैसियत नभएका मानिसलाई पनि घरमा इण्टरनेट जोड्नुपर्ने आवश्यकता बढ्दै गएको छ । महिना दिनलाई रासन पुग्ने पैसा इण्टरनेटमा खर्च गर्न बाध्य हुनुपर्छ । यसको लत कलिलै उमेरमा लाग्यो भने त्यो कति प्रत्युत्पादक हुन्छ भन्ने कुरा सबै अभिभावकले महशुस गरेका छन् । उमेर पुगेका बच्चाले पनि घरको काम छुँदै नछुनु, पढाइमा ध्यान नदिनु, झगडा गर्नुजस्ता समस्या सबैले ब्यहोरेका छन् ।
फेसबुक १३ वर्षभन्दा कमको बालबालिकाले चलाउन पाउँदैन । तर फेसबुक फेसन र फोटो देखाउने रूपमा पनि साना बालबालिकाको फेसबुक अकाउन्ट बनाएर चलाइरहका हुन्छन् । जानेका अभिभावकले बालबालिकाले कुन साइट हेर्दैछन् त्यो हेर्न जरुरी छ । उनीहरूले आवश्यक कुरा हेरेका छन् वा अनावश्यक चिज हेरेका छन् त्यसमा निगरानी राख्दै के हे¥यौ र के सिक्यौ भन्ने प्रश्न सोध्नुपर्छ । इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ध्यान दिई सेफनेट नामक सुरक्षित सेवाको सुरुवात गरेको छ । अभिभावकले पनि आफुले मोबाइल वा ल्यापटप चलाउँदा विचार पु¥याउनुपर्छ । बालबालिकालाई पढ् भनेर गाली गर्ने र आफू भने इन्टरनेट चलाएर बस्ने गर्नुहुँदैन । अनलाइन इन्टरनेटबारे ज्ञान हुन आवश्यक पर्छ । बालबालिकाले विभिन्न वेबसाइटमा के हेर्ने भन्नेबारे ज्ञान लिनुपर्छ । उनीहरू सँगै बसेर साइट अवलोकन गर्नुपर्छ । इन्टरनेट चलाउने समय र नियमहरू बनाइदिनुपर्छ र त्यो आफूमा पनि लागु गर्नुपर्छ । विद्यालयहरूले पनि बिद्यार्थीलाई यो कुरा सिकाउनु जरुरी हुन्छ । हरदम स्क्रिनमा आँखा लगेका बालबालिकाहरूका आँखामा कमजोरी आउने समस्या अहिले निकै देखा परेको छ । त्यसमाथि एयरफोन प्रयोग गर्दा श्रबणशक्ति गुम्ने सम्भावना बढी हुन्छ । एकछिन् हेर्न नपाउँदा रिसाउने, झगडा गर्ने, रुने, अन्यत्र ध्यान नदिनेजस्ता समस्याहरू बृद्धि भइरहेका छन् ।
फेसबुक वा युट्युब सञ्चालन गर्नेहरूले कति उमेरमा साइट खोल्न पाउने त्यो निर्धारण गर्नु जरुरी छ । उमेर नपुगेका बालबालिकालाई फेसबुक खोल्न दिइनु हुँदैन । यसमा उमेर किटानी गर्नु जरुरी हुन्छ । विश्वभरी नै बालबालिकाहरू इण्टरनेटबाट चल्ने सामग्रीहरू प्रयोग गर्ने लतमा लागिरहेका छन् । यसले देशको भविश्यलाई पनि प्रभाव पार्न सक्छ । काम गर्ने हातहरू हमेसा मोवाइल र ल्यापटपमा केन्द्रित भए भने खेतीपाती कसले गर्ने ? पशुपालन कसले गर्ने ? अर्को महत्वपूर्ण कुरा इण्टरनेट उपकरणहरू सबै बसेर गर्ने काम हुन् । मानिस चौबिसै घण्टा बसेर त्यसमा अल्झिरह्यो भने शरीर कुँजिन्छ । शारीरिक ब्यायाम हुँदैन । त्यसरी लामो समयसम्म बसियो भने त्यस्ता मानिसले कुनैपनि पारिश्रम गर्न सक्तैनन् । खानु लगाउनु बस्नु त पर्छ नै । त्यहाँ के गर्ने ? दुई नम्बरी धन्धा बढेर जान्छ । त्यसले देशको भविष्य कतातिर लैजान्छ ? यो सोँच्नु जरुरी भएको छ । ज्ञानको लागि एक वा दुई घण्टा इण्टरनेट चलाउनु बेग्लै कुरा हो । ब्यवसाय नै त्यहि भएकालाई पनि इण्टरनेटमा खेल्नु आवश्यक होला । तर, नितान्त मनोरञ्जनको लागि उमेर नै नपुगेका बालबालिकाले जब इण्टरनेटलाई लत बनाउन थाल्छन् त्यो उनीहरूको लागि त हानीकारक छ नै, देशकैलागि प्रत्युत्पादक हुन्छ भन्ने कुरा राज्यले बुझ्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?