Logo
११ मंसिर २०७९, आईतवार
Logo
लुम्बिनी प्रदेश सभा

प्युठान प्रदेश सभामा एमालेका शर्मा र कांग्रेसका राणा विजयी


बुटवल,८ मंसिर । प्युठानबाट प्रदेश सभामा नेकपा एमालेका तुल्सीराम शर्मा र नेपाली कांग्रेसका रोज राणा विजयी भएका छन् ।

एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारीलाई २५८३ मत अन्तरले हराए । शर्माले २० हजार २१० मत पाउँदा अधिकारीले १७ हजार ६२७ मत पाए ।

प्रदेश सभा २ मा नेपाली कांग्रेसका राणा १ हजार ७१२ मत अन्तरले विजयी भए । उनले २२ हजार ५१८ मत पाउँदा नेकपा एमालेका हरि रिजालले २० हजार ८०७ मत पाए । रिजाल २०७४ को चुनावमा यही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?