Logo
२४ जेष्ठ २०८०, बुधबार
कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग

ओमसतिया ७ विकेटले विजयी


बुटवल, २ मंसिर ।

कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ अन्तर्गत शुक्रबार भएको खेलमा ओमसतिया स्टार्स विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहस्थित क्रिकेट मैदानमा भएको खेलमा ओमसतियाले बुटवल युनाईटेडलाई ७ बिकेटले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको बुटवल युनाईटेड २३.२ ओभरमा सबै बिकेट गुमाएर ९३ रनको लक्ष्य खडा गरेको थियो । बुटवलका राहुल भण्डारीले २६ बलमा २३ र अरुण कुमारले १३ बलमा १४ रन जोडेका थिए । कम स्कोरमा रोक्न ओमसतियाका निरज मौरियाले ७ ओभर बलिङ गर्दै २ मेडनसहित १९ रन खर्चेर ५ बिकेट तथा अमन न्यौपाने र शुभम खनालले समान २–२ बिकेट लिएका थिए ।

प्रतियोगिताकै अहिलेसम्मको कम स्कोर पछयाएको ओमसतियाका ब्याट्सम्यानहरुले १४.२ ओभरमा केवल ३ बिकेटको नोक्सनीमा लक्ष्य भेटायो । ओमसतियाको जितमा नन्दलाल चौधरीले ४४ बलमा ४१ र अन्जील खानले ९ बलमा नटआउट १८ रनको योगदान दिएका थिए । बुटवलका सुप्रिम बेल्बासेले २.२ ओभर बलिङ गर्दै १९ रन खर्चेर २ विकेट लिए । खेलमा ओमसतियाका निरज मौरिया म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कार तथा स्थानीय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको स्टार एकेडेमीका संचालक तथा पुर्व नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरी विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बीचमा खेल भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन