ट्रेंडिंग:

>> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा

जीवन्त संस्कृतिको भण्डार पाल्पा

१८ भाद्र २०७५, सोमबार
१८ भाद्र २०७५, सोमबार

झपेन्द्र जी.सी
पाल्पा जिल्ला नेपालका ७७ जिल्लामध्ये एक ऐतिहासिक जिल्ला हो । हाल प्रदेश नम्बर ५ को नाममा चिनिएको प्रदेश अन्तर्गतको पाल्पा जिल्ला पहाडी जिल्ला हो । बुद्ध जन्मभूमि लुम्बिनी अन्तर्राष्ट्रियस्तरमै चर्चामा आउने र बुद्ध धर्माबलम्बीहरूको लागि यो अत्यन्तै पवित्र र शान्तिको उद्गम क्षेत्र हो । विश्वलाई शान्ति र अहिंसाको पाठ सिकाउने काम आजभन्दा २५६२ बर्ष पहिला जन्मिएका सिद्धार्थ गौतमले गर्नुभएको थियो ।
यसरी नै विश्वभरमा घाम नअस्ताउने साम्राज्यको मालिक ठान्ने विश्व साम्राज्यवादी नायक अंग्रेजलाई परास्त गर्ने अभियान पनि यहि पाल्पाबाट कर्णेल उजीरसिंह थापाले चलाएका थिए । १८१४–१८१६ सम्म भएको नेपाल अंग्रेज युद्धमा पाल्पा रणउजेश्वरी भगवतीसँग आशिर्वाद मागेर शक्ति प्राप्त गरेका कर्णेल उजीर सिंह थापाले उनको फौज र पाल्पाली जनताले एकीकृत युद्ध अभियान सञ्चालन गरी बुटवलको जीतगढी किल्लाबाट परास्त गरेको गौरवमय इतिहास पाइन्छ । नुवाकोट र जीतगढीको युद्धमा साम्राज्यवादी अंग्रेजलाई परास्त गरेपछि पाल्पाका ईष्टदेवी र शक्तिमाताका रूपमा सम्मानित भगवती माता मन्दिर बनाउनुका साथै १८९९ देखि रणउजेश्वरी भगवती जात्राको शुभारम्भ गरिएको हो । तिथिको हिसावले त्यो आजको दिन हो । अंग्रेजलाई परास्त गर्न सक्ने बरदान देउ, तिम्रो सम्मानमा सिंदुर जात्रा गरौँला भन्ने उजिरसिंह थापाले गरेको भाकल अनुसार जीतगढीमा विजय प्राप्त गरेको भन्ने किंवदन्ती छ । जुन जात्राले अहिले पनि निरन्तरता पाएको छ । यसरी नै निजामती, जङ्गी, प्रहरी, पाल्पाली जनता र संघ संस्थाहको सहभागिता रहँदै आएको छ । भगवती जात्रा विजय जात्रा हो, राष्ट्रकै अस्मिता हो । भगवती जात्रा एउटा परम्परा भएको छ । जात्रामात्रै होइन, अमरनारायण जात्रा, गाई जात्रासमेत तदुपरान्त अटूट रूपमा १८७७ पछि क्रमशः सुरु भएर सञ्चालन हुँदैछन् । पाल्पामा आउन सबैलाई स्वागत छ ।
नेवार समुदायको बाक्लो बस्ती भएको क्षेत्रमा गाईजात्रा, रोपाइजात्रा, लाखेनाच हुने गरेका छन् । पूर्वमा कांक्रेमण्डल, गौंडाकोट र दर्छा, रामपुर, खलिवन, मदनपोखरा, आदि नेवार बस्ती भएका ठाउँहरू छन् । यसरी नै सदरमुकाम तानसेन, सावाँकोट, भैरवस्थान, हार्थोक, पेलावास, भुवननपोखरी, अर्गलीजस्ता गाउँपालिकामा पनि नेवार समुदाय रहेका छन् । भीमसेन र भैरवका मन्दिर जहाँ छन् त्यहाँ जीवन्त राखेका छन् । त्यहाँ नेवार समुदाय छन् भन्ने पहिचान भैैहाल्छ । रोपाइजात्रा, लाखेनाच, मालश्री, नेवारी फागु, नेवारी भजन गाएर नाचेर आफ्नो संस्कृतिको पहिचान र परिचय दिई नै रहेका छन् । उसरी पाल्पा जिल्ला ब्राह्मण क्षेत्री, सार्की कामी, दमै, मगर, कुमाल, बोटे, मुसलमान लगायतले बसोबास गरेको जिल्ला हो । आजकल इसाई धर्माबलम्बीहरू पनि केही देखापरेका छन् । यी सबै जाति र धर्महरूका विविध कला, गला, सिप प्रविधि सबै पाल्पाली संस्कृति हुन् । मगर समुदायमा सोरठी, घाटु, बढुवा, सालेजो, जिममै, विभिन्न खालका झाम्रे गीत र नृत्यहरू प्रचलित छन् । ती विबिधाहरूमा उनीहरूको अनेकौं अभिव्यक्ति अभिनय जीवन्त रहेको पाइन्छ । क्षेत्री, ब्राह्मण समुदायमा भजन, ख्याली, चुड्का, रोइला, आदि प्रचलित छन् । देउसी मालश्री, फागु तीजगीत आदि पर्व गीतका रूपमा जीवन्त छन् । जिउँती, वा रत्यौली, मागल मङ्गला, गीतले विवाह कर्म चलाई जीवन्त बनाइराखेका छन् ।
हरेक खेतीपातीको शुभारम्भ वाली स्याहार्ने र संरक्षण गर्ने बेलामा गाइने नेपाली गीत, असारे गीत, दाइँ गीत जस्ता खेतीपातीका अवसरमा गुञ्जन हुने गीत संगीतले डाँडा पाखा वन जंगल पखेराहरूलाई सजीव र हराभरा बनाएको पाइन्छ । यतिमात्रै कहाँ हो र ए सत्यवती बजै मेरो माइलो छोराले बीच तलाको धनसारको मैन खाँवा (मुख्य खाँवा) मा बसेर मही पारेको देख्ने वरदान देउ,…. भनेर जोर स्वरमा बरदान माग्ने सत्यवती मेला उत्सवले अर्को रौनकता थपेको छ । माना पाथीको रोट पकाएर पाल्पा भैरव बाबालाई चढाउने, भाकल माग्ने भेटी चढाउने सेनकालिन संस्कृतिको बेजोड नमुना पनि पाल्पा भैरवस्थानमा छ । स्यांजा, गुल्मी र पाल्पाको संगम स्थल रिडी, रुरु क्षेत्र, पाल्पा अर्गली कालिगण्डकीको साथै दहचोकेश्वर मन्दिर ऋषिकेश माताले मणिमुकुन्द सेन र सेनकालिन संस्कृतिको स्मरण गराएका छन् । यता मदनपोखरा स्थित माण्डव्य ऋषि मन्दिर र आश्रमले योगासनमार्फत स्वाथ्य आर्जन गर भन्ने सन्देश प्रस्तुत गरिरहेको छ । बुद्धकालिन विपश्यना ध्यान योग साधना लोकप्रिय भएको थियो । त्यसलाई पुनर्जीवन दिँदै मानवजातिले योगसाधनाको महत्व र व्यवहारिक प्रयोग र अभ्यास गराउन तानपा ८ मदनपोखराको सिरडामा थुम्कोडाँडाले बुद्धकालिन र योग साधनाको अभ्यास सुरु गरिएको छ । सिद्धबाबा दोभान दर्लाम महाकाली, रम्भापानी, गोखुङ्गा, रैनादेवी, मदनपोखरा कोकल देवी, सिता कुण्ड दह, सूर्यकुण्ड, प्रभासले आचार्य प्राचीन संस्कृति र प्रकृतिको वकालत गरिरहेको छ । पवित्र शालीग्रामको गट्टा खेल्दै देवघाट त्रिवेणीतिर बगेको पवित्र कालिगण्डकी नदीले शालग्रमा कोरल्दै गरेको दृश्य दर्शनीय मात्र होइन, उत्तिकै आकर्षक र जीवन्त पनि छ । सिंहजस्ता जनावरबाट हुने आक्रमणलाई रोक्न र आत्मरक्षाको नमुनामायोग्य उदाहरण बनेर रिब्दीकोट, जलेश्वरमा पनि अहोरात्र धुनी जलाएर बस्ने संस्कृतिले आदीम मानव पुर्खाको प्रथम आविस्कार आगोको महत्वलाई झल्काउनुका साथै एउटा जीवन्त संस्कृतिको इतिहास बाचन गरिरहेको अनुभूत हुन्छ । हिउँदमा डाँफेलाई अण्डा पार्ने र बच्चा कोरल्ने उपयुक्त वातावरण प्रदान गर्ने कौडेलेकले डाँफेलाई हुर्काएर हिमालतिर पठाउने गरेको दृश्य पनि आश्र्चयको विषय हुन सक्छ ।
आश्चर्य मान्नु वा नमान्नुमा केही छैन तर पाल्पा कौडेलेकले डाँफे ह्याचरी केन्द्र प्राकृतिक रूपमा सञ्चालन गरि नै रहेको छ । रिब्दीकोट, जरेलेक, तीनगिरे हात्तीलेक, रिम्घालेकले पनि हामी पनि कम छैनौँ, गुराँस फुलाउछौँ भनेका छन् । जडीबुटीको खेती गर्छौं, मृग, घोरल, कालिज र तित्रा, खरायो, नियाली बाघ पालिरहेका छौँ भनेर दावी गर्दैछन् । पाल्पा प्राकृतिक इतिहास र संस्कृतिको कलाकृतिको बैभवशाली भण्डार हो । आदि मानव तिनाउ खोला क्षेत्र विश्वकै गन्तव्य स्थल हो । देवनीनगर भुन्टुङ्ग देखि उद्गम भएको तिनाउ कोरिडोर क्षेत्र माडी फाँटको पूर्व दक्षिण कोइला क्षेत्रको रूपमा प्रसिद्ध छ । तराईको सम्म भागलाई मात्र होइन, विमस्टेक क्षेत्रको न्यूनतम आवश्यकता पूर्ति गर्न सक्ने क्षमता पाल्पासितै छ भन्दा अतिशयोक्ति हुने छैन । हेर्न आँखा चाहिन्छ हेरे देखिन्छ । हेर्ने चाहना हुनु आवश्यक पर्छ । सारतः प्रकृतिले पाल्पालाई सिँगारेको छ । साधन स्रोत पर्याप्त छ । जंगलहरू जडिबुटीमा सम्पन्न छन् । यसरी सुन्दर रमणीय पक्ष तथा भौतिक पक्षलाई बुझेर नै सेन राजाहरूले सन् १३६३ देखि यहाँ राज्य गर्न थाले । बुटवल, शिवराज र सैनामैना भेगलाई बेसी बस्ती र पाल्पा सिंगारिकोट, रिब्दीकोट भैरवस्थान पूर्वकोट र तानसेनलाई राजधानी बनाएर यहिँ बसी ऋषिकेश मन्दिर भैरव मन्दिर, प्रभास, शिवालय, नुवाकोट गढी माथगढी आदि राज्य विस्तार गर्दै गङ्गासम्म पु¥याए । दार्जलिङ्ग अन्तर्राष्ट्रियसम्म पु¥याए । यता उजीर सिंह थापाले अंग्रेजलाई धपाए । राष्ट्रको अस्मिता बचाए र उत्सवहरू चलाउने विधि बाँधे । गुठी राखेर एउटा सम्पदाको निर्माण गरी सामाजिक संस्कृतिक एकता तथा प्राचीन र अर्वाचीन कला उत्पादन पद्धतिमा एकता र वर्तमान संघीय लोकतान्त्रिक पद्धतिको संगम भन्नु नै आजको पाल्पा हो । विकास र समृद्धि विविध संस्कृतिको भण्डार हो ।
सांस्कृतिक संग्रहालय पाल्पा दरवार, अनुपम दरबार रानीमहल र विभिन्न पर्यटक क्षेत्र, जातजातिका लोकधून, सिप, प्रविधि पाल्पाका जीवन्त संस्कृतिका आधार हुन् । ईश्वरीय होइन, प्राकृतिक अर्थात स्वनिर्मित प्रकृतिमा मानव पुर्खाले केही संरचना र पद्धति, संस्कार, परम्पराको निर्माण गरे । जो आज पनि अनुकरणीय र संग्रहणीय छ । सक्छन् मान्छेहरू गर्न सक्छन् । पाल्पालीहरूले, नेपालीहरू गर्न सक्छन् यसको लागि दृढ चाहना हुनै पर्छ । सांस्कृतिक पर्यटन, प्राकृतिक पर्यटन, कृषि पर्यटन आदि गरेर पाल्पा वा अर्को कुनै जिल्लाले पनि समृद्धिको ढोका खोल्न संभव छ । पाल्पामा प्रचूर संभावना छ । जनताको ध्यान पुग्न मात्रै खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np