ट्रेंडिंग:

>> कांग्रेस संसदीय दलका दुई वैठक बस्दै >> वर्ल्डलिङ्कको रिट खारेज, करिब चार अर्ब राजस्व असुल हुने >> जसपा नेपाल सरकारबाट फिर्ता हुने, उपेन्द्रले आज राजीनामा दिंदै >> आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा >> बुटवलमा बाढीले गराएको खबरदारी ! >> खोप अभियानलाई सबै मिलेर सफल बनाऔं >> पैसा कमाउँदै ‘गढवाको गौमुत्र’ >> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य

विकासमा जनसंख्याको भूमिका

११ भाद्र २०७५, सोमबार
११ भाद्र २०७५, सोमबार

डा. रमेश केसी
१. पृष्ठभूमि
कुनै पनि देशको अस्तित्व स्वीकार्य बन्न जनसंख्या, भगोल र सार्वभौमसत्ता आवश्यक पर्दछ । हामीसंग हाल दुई करोड, छयानब्बे लाख चौसठ्ठी हजार तीन सय पचपन्न जनसंख्या, एक लाख सट्चालिस हजार एक सय एकासी वर्ग किलोमिटर क्षेत्रफलको भूगोल र जनतामा निहित सार्वभौसत्ता तथा जनताबाट निर्वाचित सरकार छ । जनसंख्या देश बन्न अनिवार्य सर्तमात्र नभई देशको सम्पति र निर्माता एवं भविष्य पनि हो । कुनै पनि देशको विकासमा त्यहाँको जनसंख्या, चेतनास्तर, सिर्जनशीलता, श्रमशक्ति वा सामाजिक र आर्थिक रूपले उत्पादक जनशक्तिले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । निश्चित उमेर समूहको जनसंख्याले मात्र देश विकासमा सक्रिय योगदान गर्न सक्छ । नेपाल अहिले त्यही सक्रिय योगदान गर्न सक्ने उमेर समुहका नागरिकहरू बढी भएको सुनौलो समयमा छ जसको सही परिचालन भएमा देशले छोँटो समयमा सामाजिक, भौतिक र आर्थिक विकासमा ठूलो फड्को मार्न सक्छ । अन्यथा पुस्तौपुस्ता गरिवी र पछ्यौटेपनबाट गुज्रिरहनु पर्नेछ ।
२. नेपालको जनसंख्याको अवस्था र बनोट
जनगनणा बर्ष सन् २०११ अनुसार नेपालको कुल जनसंख्या दुई करोड चौसठ्ठी लाख, चौरानब्बे हजार पाँच सय चार छ । हाल विश्वको जनसंख्या करिव सात अरव पैसठ्ठी करोड छ भने नेपालको जनसंख्या करिव तीन करोड छ । विश्व भुगोलको ०.००३ प्रतिशत ओगटेको नेपालमा विश्वको ०.४४ प्रतिशत मानिसहरू बस्छन् । विश्वमा प्रति सेकेन्ड ४ जनाको जन्म, २ जनाको मृत्यु हुन्छ । नेपालमा पचपन्न सेकेन्डमा १ को जन्म, प्रति तीन मिनेटमा एकको मृत्यु, र प्रति आठ मिनेटमा एकको बसाइ सराइ हुन्छ । विश्वको हालको जनसंख्या बृद्धि दर १.०९ प्रतिशत छ जुन सन् २०१७ मा १.१२ र सन् २०१६ मा १.१४ प्रतिशत थियो । नेपालको हालको जनसंख्या बृद्धि दर १.११ प्रतिशत छ जुन सन् २०११ को जनगणना अनुसार १.३५ प्रतिशत थियो । उमेर समुह अनुसार नेपालमा १५ वर्षमुनीको जनसंख्या ३४.५ प्रतिशत, १५ देखि ६५ वर्षसम्मको जनसंख्या ६१.१ प्रतिशत र ६५ वर्ष माथिको जनसंख्या ४.४ प्रतिशत छ ।
३. जनसांख्यिक लाभः एक अवसर
नेपालको उमेर समुह अनुसारको जनसंख्या विश्लेषण गर्दा काम गर्न सक्ने जनसंख्या परनिर्भर जनसंख्या भन्दा बढी देखिन्छ । देशको सामाजिक, भौतिक र आर्थिक रूपमा उत्पादनशील वा श्रम गर्न सक्ने जनशक्ति भनेका १५ देखि ६५ वर्षसम्मको जनसंख्या नै हो । जुन हाल नेपालमा ६१.१ प्रतिशत छ र परनिर्भर जनसंख्या ३८.९ प्रतिशत छ । जनसंख्याको उमेर अनुसार यस्तो बनोटको अवस्थालाई जनसांख्यिक लाभ भनिन्छ । कुनै पनि देशको जनसांख्यिक इतिहासमा यस्तो अवस्था विरलैमात्र आउँछ र लामो समय रहँदैन । देश निर्माण गर्नुपर्ने र गर्न सकिने सुनौलो अवसर पनि यही हो । नेपालमा जनसांख्यिक लाभको समय सन् १९९२ (वि.सं.२०४७) वाट सुरु भयो जुन सन् २०४७ (वि.स. २१०४) मा सकिने छ । यसरी हामीसंग देश बनाउने अवसर र अबधि ५५ वर्षको छ । करिव आधा समय २५ वर्ष बितिसकेको छ र ३० वर्षजति बाँकी छ । बढ्दो शहरीकरण, स्वास्थ्य सेवा, सरसफाइ, पोषण लगायतका क्षेत्रहरूमा भएको सुधारले मानिसहरूको औशत आयु बढ्दै छ । अर्थात ६५ वर्ष माथिको जनसंख्या वढ्दै जानेछ भने १५ देखि ६५ वर्षसम्मको जनसंख्या विस्तारै घट्दै जानेछ । सन् २०१८ मा ४.४ प्रतिशत रहेको ६५ वर्ष माथिको जनसंख्या सन् २०२८ मा ७ प्रतिशत र सन् २०५४ मा १४ प्रतिशत पुग्नेछ । ६५ वर्ष माथिको जनसंख्या ७ देखि १४ प्रतिशतसम्म रहेको अवस्थालाई एजिंग सोसाइटी र १४ प्रतिशत भन्दा बढी रहेको अवस्थालाई एजेड सोसाइटी भनिन्छ । यस्तो अवस्थामा राज्यले भौतिक विकास भन्दा सामाजिक सुरक्षामा बढी लगानी गर्नुपर्ने अवस्था हुन्छ । नेपालमा सन् २०११ मा प्रति ११.१ सक्रिय जनसंख्या बरावर १ परनिर्भर जनसंख्या रहेकोमा सन् २०५० मा प्रति ५.६ सक्रिय जनसंख्या बरावर १ परनिर्भर जनसंख्या र सन् २०६० मा ३.८ सक्रिय जनसंख्या बरावर १ परनिर्भर जनसंख्या हुनेछ । देश विकासको लागि सक्रिय वा श्रम गर्न सक्ने जनसंख्याको आवश्यक पर्दछ र यस्तो जनसंख्या बढी भएको समय नै देश विकासको सही अवसर हो जुन गुमाएमा फर्केर आउँदैन । कुनै पनि देशको इतिहासमा यो अवसर एक पटकमात्र निश्चित अवधिको लागि आउँछ । नेपाललाई यो समय ५५ वर्षको लागि प्राप्त भएको छ । यस्तो अवधि जापानमा ६० वर्ष, मलेसियामा ५५ वर्ष, ताइवानमा ५१ वर्ष, हगकंगमा ५० वर्षको थियो । यी देशहरूले यही अवधिलाई उपयोग गरेर आजको समृद्धि हासिल गरेका हुन् ।
४. नेपालको अवस्था
नेपालमा नीति एवं बजेट कार्यक्रम तय गर्दा जनसांख्यिक लाभको यथार्थतालाई खासै ध्यान दिइएको पाइँदैन । करिव आधा समय यसैगरी वितिइसकेको छ । यद्यपि सांख्यिक लाभ राजनीतिक आन्दोलन र व्यवस्था परिवर्तनको लागि भने सहायक पक्कै बन्यो । यस अवधिमा तीनवटा ठूला ठूला राजनीतिक आन्दोलन भए । मुलुक जानसांख्यिक लाभको चरण प्रवेश गर्नैलाग्दा भएको २०४६ को आन्दोलन, लगत्तै २०५२ बाट सुरु भएको १० वर्षे सशस्त्र आन्दोलन र २०६२÷०६३ को जनआन्दोलन र तत्पश्चात चलिरहेको राजनीतिक एवं प्रशासनिक संक्रमणले सामाजिक, आर्थिक र भौतिक परिवर्तन एवं समृद्धिमा खर्चनुपर्ने जनसांख्यिक लाभको साढे दुई दशक समय राजनीतिक परिवर्तनमा खर्च भयो । यी राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी अव बाँकी रहेको जनसांख्यिक लाभको तीन दशक सामाजिक, आर्थिक र भौतिक परिवर्तन एवं समृद्धिमा अधिकतम खर्चिनु आवश्यक छ ।
एक तथ्यांक अनुसार नेपालको करिब १० प्रतिशत जनसंख्या रोजगार, अध्ययन लगायत विभिन्न अवसरहरूको खोजीमा विदेशी भुमीमा रहेका छन् । दैनिक करिव २००० युवाहरू रोजगारीको लागि अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने बताइन्छ । यो देशको लागि अत्यन्तै दुःख र दीर्घकालिन रूपमा घाटाको विषय हो । इतिहासले देश निर्माण गर्ने जिम्मेवारी दिएको पुस्ता पराई भूमिमा गई रगत र पसिना बगाई बिदेशलाई समृद्ध बनाइरहेका छन् । भलै यसबाट देशलाई वैदेशिक मुद्रा आर्जन होला, तर त्यो सवथोक हैन, समयको माग हैन । आगामी हाम्रा तीन दशक पनि यस्तै रहेमा नेपाल जहीँको तहीँ रहने छ । जनसांख्यिक लाभको अवधि र अवसर सकिने छ । विकास निर्माणको लागि आवश्यक सक्रिय जनशक्ति हुनेछैन, परनिर्भर जनसंख्या बढी हुनेछ ।
५. अबको बाटो
तिव्र औद्योगिकीकरण, भौतिक पूर्वधार निर्माण र हरेक पेशाहरूलाई आधुनिकीकरण एवं व्यवसायीकरण गरेर सक्रिय जनसंख्यालाई देशले अधिकतम अवसर दिई परिचालन गर्नु पर्दछ । हाल बौद्धिक तथा सिपयुक्त मानिस युरोप अमेरिका एबं अष्टे«लिया र अल्पदक्ष, अदक्ष जनशक्ति खाडी मुलकुहरूमा श्रम गर्न जाने प्रचलन छ । बौद्धिक जनशक्तिको पलायन रोक्न र ती देशहरूमा गई सिप सिकेकाहरूलाई देशमा फर्काइ क्षमताअनुसारको अवसर र भुमिका दिन राज्य चुक्नुहँुदैन । तीनै तहका सरकार र सम्बन्धित निकायहरूले नीति, योजना र कार्यक्रम यस दिशामा बनाउनु पर्छ । रेमिट्न्यास, बैदेशिक ऋण एवं अनुदान र आयातमा लगाइने करमा टिकेको अर्थतन्त्रलाई राष्ट्रिय उत्पादन र निर्यातमुखी बनाउनु पर्दछ । जनसांख्यिक लाभको बाँकी ३० वर्षमा देशलाई कुन कुन क्षेत्रमा कहाँ पुराउने हो, त्यो गन्तव्य तोकी आवश्यक योजना र कार्यक्रम बनाएर सोही अनुसार प्रतिबद्ध र सामूहिक यात्राको थालनी गर्न अब ढिलो गर्नु हुँदैन ।
६. निष्कर्ष
नेपाल जनसांख्यिक लाभको कारण विकासको सुनौलो अवसरमा छ । आधा समय राजनीतिक परिवर्तनमा वितिसकेको पृष्ठभुमीमा बाँकी रहेको अवधि देशको सामाजिक, भौतिक र आर्थिक परिवर्तनको लागि खर्चनु आवश्यक छ । इतिहासले सुम्पेको ऐतिहासिक जिम्मेवारी सवै मिलेर पुरा गरेमा भावी पुस्ता हामीप्रति कृतज्ञ हुनेछ । अब यही दिशामा अगाडि बढाँै । (लेखकः बुटवल उपमहानगरपालिकाका स्वास्थ्य संयोजक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np