ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम

३० बैशाख २०८१, आईतवार
३० बैशाख २०८१, आईतवार

सल्यान, ३० वैशाख ।

जनप्रतिनिधिलाई लक्षित गरेर शनिबार सल्यानको भोटेचौरमा तनाव व्यवस्थापन तालिम सप्पन्न भएको छ । छत्रेश्वरी गाउँपालिकाको आयोजना र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालको प्राविधिक सहयोगमा कार्यपालिका सदस्यहरु तथा अन्य सहभागीलाई तनाव व्यवस्थापन तालिम प्रदान गरिएको हो ।

तनाव सकारात्मक र नकारात्मक दुई किसिमको हुने भन्दै तालिममा तनावको पहिचान, असर, रोकथाम र सामना कसरी गर्ने भन्ने बारेमा अभिमुखिकरण तथा कृयाकलाप संचालन गरिएको थियो । मनोविद् आरती गुरुङ र सिएमसी नेपालका प्रादेशिक कार्यक्रम अधिकृत अनन्त चौधरीले तनावका कारक तत्वहरु, यसले पार्ने असर तथा तनाव कम गर्ने उपायहरुका बारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । सबैमा तनाव निराकरण गर्न सकिन्छ भन्ने भावना उत्पन्न गराउन जरुरी रहेकोमा जोड दिदै तालिममा परिवारभित्रको, अन्तर सम्बन्धको, कार्यस्थलको तथा अन्य सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा हुने तनावलाई व्यवस्थापन गर्न सकिन्छ वा त्यसको असर आफूमा कम भन्दा कम गर्ने अवस्था बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण गरिएको थियो ।

तालिम समापन गर्दै गाउँपालिका उपाध्यक्ष खत्रीले मानव जीवनमा जोकोहीलाई पनि तनाव हुने भन्दै यसलाई सकारात्मक रुपले सामना गर्दै अघि बढ्नुपर्ने बताइन् । आइतबार गाउँपालिकामा कार्यरत कर्मचारीका लागि तनाव व्यवस्थापन तालिम सञ्चालन हुने छ ।

गाउँ समाजमा भएको मानसिक स्वास्थ्य समस्यालाई न्युनिकरण र व्यवस्थापन गर्न सिएमसी नेपालले छत्रेश्वरी गाउँपालिकासंगको सहकार्यमा विभिन्न काम गर्दै आएको छ । सशक्तिकरणका कार्यक्रम सञ्चालन, मानसिक बिरामीहरुको पहिचान, औषधी उपचार, कानुनी सहयोग, सचेतना कार्यक्रमहरु लगायतका महत्वपूर्ण क्षेत्रमा बिशेष काम गर्दै आएको मनोसामाजिक परामर्शकर्ता गिता पहाडीले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?