ट्रेंडिंग:

>> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत

संयुक्त राष्ट्र संघको सैनिक टोलीलाई लुम्बिनीमा स्वागत

५ कार्तिक २०७९, शनिबार
५ कार्तिक २०७९, शनिबार

भैरहवा, ५ कात्तिक ।

लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको सैनिक टोलीलाई शनिबार लुम्बिनीमा स्वागत गरेको छ । लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई, सूचना अधिकारी राजन बस्नेतले टोलीलाई लुम्बिनीमा स्वागत गरेका हुन् ।

संयुक्त राष्ट्र संघ महासचिवका पूर्व सैनिक सल्लाहकार ह्यूज रसेन (रिटायर्ड), संयुक्त राष्ट्र संघमा कार्यरत सहसैनिक सल्लाहकार मिस्टर ओलीभर यूलिच, मिस्टर एड्म क्रिष्टोफर स्मिथ, बगांलादेशी सैनिक अधिकृत रिजोल कभियत, इन्डोनेशियन सेनाका कर्नेल अजवान एडविप सहितको टोली लुम्बिनी आएको हो । त्यसैगरी टोलीमा शान्ति कार्य निर्देशनालयका सहनिर्देशक अशोक चन्द, प्रमुख सेनानी जनककुमार बस्नेत, प्रमुख सेनानी डा. उत्सव मोहसिंह, गरुणदल गणका गणपती प्रमुख सेनानी दिपेन्द्र न्यौपाने र मध्यपश्चिम प्रितना हेडक्वाटर बुटवलका सहायक रथी किरण केसी पनि टोलीमा सरिक भएका थिए ।

लुम्बिनी आएका सैनिक टोलीलाई जनसम्पर्क अधिकृत राईले लुम्बिनीको इतिहास, पुरातत्व, बौद्धदर्शनको महत्वका बारेमा प्रकाश पारेका थिए । सैनिक टोलीले मायादेवी मन्दिरको दर्शनसँगै शान्ति स्तुपा र विहार क्षेत्रको अवलोकन गरेको थियो । २४ अक्टोबर अर्थात संयुक्त राष्ट्र संघ दिवसका अवसरमा नेपाली सेनाको आयोजनामा सेमिनारका सन्दर्भमा नेपाल आएका राष्ट्र संघमा कार्यरत सैनिक टोली र विश्व शान्तिका लागि खटिएका देशका सैनिकहरु लुम्बिनी भ्रमणमा आएका हुन् । विश्वमा शान्तिका लागि काम गर्ने संयुक्त राष्ट्र संघ र त्यहाँ कार्यरत सैनिकहरुलाई विश्वशान्तिको मुहान लुम्बिनीमा स्वागत गर्न पाउदा खुशी लागेको जनसम्पर्क अधिकृत राईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?