ट्रेंडिंग:

>> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत

भुर्तुड्ड छापचौर–तराई सम्पर्क समाजमा क्षेत्री

५ कार्तिक २०७९, शनिबार
५ कार्तिक २०७९, शनिबार

बुटवल, (बुटवल टुडे) ४ कार्तिक– भुर्तुड्ड छापचौर तराई सम्पर्क समाजको प्रथम अधिबेशन तथा तेश्रो साधारण सभाले २ बर्षका लागि नयाँ कार्यसमिति गठन गरेको छ ।
राजकुमार क्षेत्रीको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा मन बहादुर थापा, प्रथम उपाध्यक्षमा फटिक केसी, महिला उपाध्यक्षमा इन्द्र केसी, सचिबमा नाम बहादुर केसी, कोषाध्यक्षमा दिल बहादुर कार्की, सह–सचिवमा बिसन केसी, सह–कोषाध्यक्षमा खिम बहादुर थापा चयन भएका हुन ।
क्षेत्रीय सयोजकमा उत्तम श्रेष्ठ बुटवल, तेजबहादुर कार्की तिलोत्तमा, बिजय ढकाल सैनामैना, जड्ड बहादुर केसी रुद्रपुर, महिला सदस्य कल्पना कार्की निर्बिरोध निवार्चित भएका हुन् ।
कार्यक्रममा होटल ब्यबसायी महासंघका केन्द्रीय अध्यक्ष तथा सस्थाका सस्थापक अध्यक्ष हिराध्वज शाहले तराईमा बसोबास गर्ने छरिएर रहेका छापचौरबासीलाई संस्था स्थापना गरेर गोलबन्द गर्नु ठूलो कुरा रहेको बताए । संस्था स्थापना गरेको छोटो समयमा समाजमा पर्ने बिभीन्न सुखदुखमा सहयोगी बन्दै आएको भन्दै दुःखमा परेका र आर्थिक अभाबमा परेकाहरूलाई संस्थाले आर्थिक सहयोग समेत गर्दै आएको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरी बहादुर कार्कीले सम्पर्क समाज सबैको साझा रहेको बताए । कालीगन्डकी गाउँपालीका ७ का वडा अध्यक्ष घनश्याम थापाले भुर्तुड्ड छापचौर तराई सम्पर्क समाजले बिभिन्न समयमा जन्मस्थान छोडेर तराईमा बसोबास गर्नेहरूलाई गोलबन्द गराउँदै लगेको बताए । जन्मथलोमा हुने हरेक बिकास निमार्णका कामहरूमा समाजलाई जोड्दै लैजाने भन्दै समाजले जुनहिसाबमा काम गरेको छ त्यो सम्झन लायक रहेको बताए । आफू निर्वाचित भएपछि गाउँघरमा हुने जुवातास दिनदहाडै हुने मदिराको बिक्री बितरणलाई समय अनुसार बिर्की बितरण गर्न लगाएको भन्दै वडाले दिने सेवामा चुस्त दुरुस्त बनाएको बताए ।
नेपाल पत्रकार महासँघ रूपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले समाजको काम भनेको तराईमा बसोबास गर्ने हरूलाई पुलको रूपमा जोड्ने रहेको बताए । नितान्त सामाजिक कार्य गर्ने गरी स्थापना भएकाले यसलाई सेवामुखी बनाएर लैजान आग्रह गरे । सिद्ध कालीका मल्टीपर्पाेजका अध्यक्ष सन्तोष गौतमले समाज गठन आफैमा खुसीको कुरा भएको बताए । समाजले हरेकका सुख दुःखमा सहयोग गर्ने भन्दै पछील्लो समय भुर्तुड्ड छापचौर तराई सम्पर्क समाजले सामाजिक कार्यमा काम गर्दै आएको बताए । कार्यक्रममा बुद्ध नगर एग्रो फार्मका अध्यक्ष कुल बहादुर केसी, बिजय ढकाल, नाम बहादुर केसी, गोबिन्द गौतम लगायतले शुभकामना दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?