ट्रेंडिंग:

>> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत >> ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या >> बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने >> आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु >> सिधाकुरामा प्रसारित अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश >> एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ >> तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने >> बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप >> पामिर एकेडेमीले ग-यो वार्षिक क्यालेण्डर सार्वजनिक >> बझाङमा २६७ मतले एमालेका दमन भण्डारी विजयी >> आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त, उच्च सावधानीका लागि आह्वान >> श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला >> कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकताको उजुरी >> पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक >> रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने >> बझाङ १ (१) मा कांग्रेस झिनो मतान्तरले अगाडि >> देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना >> इपिएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने >> इलाम–२ मा सुहाङ करिव दुई हजारले अगाडि >> दमकलको बाटो नहुँदा सिंगो गाउँ नै खरानी >> अन्तर्राष्ट्रिय लगानी सम्मेलन र अपेक्षा >> प्रदूषणको चपेटामा पर्यटन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लक्ष्मण पाण्डेले ल्याए “हाँसेबोले आनन्द हुनी’ >> धादिङको किम्ताङ खोलामा आर्मीले बनायो बेलिबृज >> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते >> राजपुरमा भीषण आगलागी, २५ घर–गोठ जलेर नष्ट >> बेलबास–बेथरी सडक निर्माण छिटो सक्न संघर्ष समिति गठन >> इलाम २ मा कांग्रेसको शुरुवाती अग्रता, रास्वपा चौथो >> लुम्बिनी केबलकार बैशाख १७ र १८ गते बन्द

एनजी मार्केटको बम्पर उपहारमा योगेन्द्रले पाए डेढ करोडको घर

किया ब्राण्डको कार, बुलेट बाइक र भेस्पा स्कुटर सहित ९९९ वटा पुरस्कार ग्राण्ड ओपनिङमा वितरण गरिने
२ बैशाख २०८१, आईतवार
२ बैशाख २०८१, आईतवार

तिलोत्तमा,२ बैसाख ।   रुपन्देहीको मणिग्राममा सञ्चालित एनजी मार्केटले डेढ करोड मूल्य बराबरको पहिलो पुरस्कार सार्वजनिक गरेको छ । मार्केटले आफ्ना एक हजार जना ग्राहकलाई दश प्रकारका उपहार दिने गरी अफर ल्याएको थियो ।

उपहार योजनाको पहिलो पुरस्कार अर्थात बम्पर उपहारमा भलबारीस्थित एनजी आवासमा १० धुर जग्गामा निर्माण हुने १ हजार ६ सय स्क्वायर फुटको साढे २ तले घर रहेको थियो ।

यो पुरस्कार तिलोत्तमा १ ड्राइभरटोलका योगेन्द्र बस्नेतले पाएका छन् । बस्नेतले एनजी मार्केटमा चारपटकमा करिब ४० हजारको सामान खरिद गरेर ४ वटा लक्की ड्र कुपन पाएका थिए । शनिबार पत्रकार र एनजी मार्केटमा सामान खरिद गरेका ग्राहकको रोहबरमा खोलिएको लक्की ड्र मार्फत योगेन्द्रले पुरस्कार पाएका हुन् । बस्नेत क्रिमसन कलेजका प्राध्यापक हुन् ।

लक्की ड्र खोलेर विजेता घोषणा गर्दा योगेन्द्र भने नयां वर्ष मनाउन पोखरा घुम्न गएका थिए । डेढ करोडको घर पाउने भएपछि योगन्द्रले आफू भाग्यमानी भएको प्रतिक्रिया दिए ।

‘मैले चार पटकमा करिब ४० हजारको सामान किन्दा ४ वटा कुपन पाएको थिएं,त्यसमध्ये २०८० साउन ९ गते सामान किन्दा पाएको कुपनले मलाई डेढ करोडको घर दिलायो’ –न्युज बुटवलटुडेसंग कुरा गर्दै उनले भने–‘आफ्नै नगरमा झण्डै २ अर्ब लगानी गरेर स्थानीय युवाले सञ्चालन गरेको सुविधासम्पन्न मार्केटलाई प्रोमोट गर्नुपर्छ भन्ने मान्यताले सामान खरिद गर्न जाने गरेको थिएं, भाग्यले डेढ करोडको घर पनि पाएको थाहा पाउदा खुशीको सीमा रहेन ।’    आफ्नो घर बनिसकेकाले उपहार पाएको घर के गर्ने भन्ने अझै निर्णय गर्न नसकेको योगेन्द्रले बताए ।

मार्केटमा चाहे अनुसार सामान उचित मूल्यमा पाउनुका साथै रमाउन र भुल्न क्याफे,रेष्टुरा,बाल उद्यान लगायत पुर्वाधारले सपिङको नौलो अनुभुति पनि मिलेको बस्नेतले बताए ।
उपहार सार्वजनिक कार्यक्रममा बोल्दै मार्केटका अध्यक्ष नारायण बन्जाडेले ग्राहकको सन्तुष्टीलाई पहिलो प्राथमिकतामा राखेर ब्राण्डिङ पनि गर्ने उद्देश्यले पहिलो पुरस्कार घर सहित एक हजार वटा पुरस्कार वितरण गर्ने योजना रहेको बताए ।

बांकी ९९९ वटा पुरस्कार मार्केटको ग्राण्ड ओपनिङमा वितरण गरिने उनले बताए । एनजी मार्केटमा एकपटकमा ५ हजार वा पटक पटक १० हजार रुपैयांको सामान खरिद गर्दा एउटा–एउटा कुपन पाइन्छ । ती कुपन जम्मा गरेर राखिने र लक्की ड्र मार्फत सार्वजनिक गरिने उनले बताए । उपहार योजनामा मार्केट सञ्चालक र कर्मचारी सहभागी हुन नपाउने र पूर्णत पारदर्शी एवं विश्वसनीय ढंगले उपहार सार्वजनिक गरिने मार्केटका प्रबन्ध निर्देशक आवास बन्जाडेले बताए ।

उपहार योजनाअन्तर्गत अब पछि हुने ग्राण्ड ओपनिङमा एक जनालाई किया ब्राण्डको कार, एक जनालाई रोयल इनफिल्ड ३५० सीसीको बुलेट मोटरसाइकल, एक जनालाई भेस्पा स्कुटरसमेत प्रदान गरिनेछ ।

यस्तै १५ जनालाई एक टन क्षमताको एयर कन्डिसनर, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई टप लोड वासिङ मेसिन, २५ जनालाई ५५ इन्चको टेलिभिजन, १२५ जनालाई राइस कुकर र ८०१ जनालाई क्लोथ आइरन गरी १ हजार जना ग्राहकलाई उपहार प्रदान गरिनेछ । उपहार योजनामा सहभागी हुन दैनिक घरायसी सामान खरिद गर्दा एनजी मार्केटको ग्राहक सदस्यता लिनुपर्ने नियम बनाइएको छ ।

उपहार सार्वजनिक कार्यक्रममा मार्केटका व्यवस्थापक दीपक भट्टराई,सञ्चारकर्मी खेमराज रेग्मी लगायतले स्थानीय युवा उद्यमीले ठूलो लगानी गरेर ,थुप्रैलाई रोजगारी समेत दिएको मार्केटलाई दीगो सञ्चालनमा सबैको साथ र सहयोग हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?