ट्रेंडिंग:

>> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ?

दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै

१४ चैत्र २०८०, बुधबार
१४ चैत्र २०८०, बुधबार

दाङ,१४ चैत ।

बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी दाङमा पूरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि  चौधरीले दाङमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए ।

जिल्लाका १० वटै पालिकाका २ सय ४२ वटा  विद्यालयबाट गत वर्ष दाङमा १३ हजार ४ सय ५२ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए एसइइ परीक्षामा सहभागी हुने  उनले  जानकारी दिए। इकाइ प्रमुख चौधरीका अनुसार गत वर्ष दाङमा १३ हजार ४ सय ५२ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए ।

यो बर्ष १२ हजार ८ सय ९८ जनाले परीक्षा दिदै छन् । सामुदायिक, खुला र संस्थागत गरी २ सय ४२ वटा विद्यालयबाट नियमिततर्फ १२ हजार २ सय २८ जना, प्राविधिक धारतर्फ ३ सय २३ जना र ग्रेट वृद्धितर्फ ३ सय ४७ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागी हुने कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लामा यो वर्ष ४ जना छात्र र २ जना छात्रा गरी ६ जना दृष्टिविहिन विद्यार्थी परीक्षा सहभागी हुँदैछन् । उनीहरूले सम्बन्धित विद्यालयको  सिफारिसमा कक्षा ८ पास गरी ९ कक्षामा अध्ययन गरिरहेका विद्यार्थीलाई सहयोगी राख्न पाउने छन् । परीक्षाका लागि ४७ वटा परीक्षा केन्द्र तोकिएको र सबभन्दा बढी घोराही र तुलसीपुरमा परीक्षा केन्द्र रहेको इकाइ प्रमुख चौधरीले बताए । घोराही र तुलसीपुरमा १४/१४ वटा, लमहीमा ५ , राप्ती र गढवामा ३/३, शान्तिनगर, बबई र दंगीशरणमा २/२,  बंगलाचुली र राजपुरमा १/१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा सञ्चालनका लागि सुरक्षाकर्मी बाहेक १ हजार एक सय ६५ जना जनशक्ति परिचालन गरिने भएको छ । परीक्षामा ४७ जना केन्द्राध्यक्ष, ८४ जना सहायक केन्द्राध्यक्ष, ६ सय ५१ जना निरीक्षक, एक सय २८ जना सहायक कर्मचारी, २ सय ५५ जना सहयोगी कर्मचारी परिचालन गरिने प्रमुख चौधरीले जानकारी दिए । परीक्षा केन्द्रमा विद्यार्थीको सङ्ख्याको आधारमा १० देखि १५ जना सुरक्षाकर्मी परिचालन हुने समेत उनको भनाइ छ । परीक्षार्थीका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने अन्य परीक्षा सामग्रीहरु सम्बन्धित निकायमा पुगिसकेको कार्यालयले जनाएको हो । चैत १५ गतेदेखि सुरु हुने एसइई परीक्षा २७ गतेसम्म चल्नेछ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?