ट्रेंडिंग:

>> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च

पश्चिम नेपाल बस व्यवसायीमा खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा

१३ चैत्र २०८०, मंगलवार
१३ चैत्र २०८०, मंगलवार

बुटवल , १४ चैत– पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को आशन्न निर्वाचनमा दधिराम खरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा गरिएको छ । यहि चैत १६ र १७ गते हुने अधिवेशनको लागि अध्यक्षमा तेस्रो पटक पुनः खरेल प्यानलले चुनावी घोषणा गरेको हो ।
प्रा.लि.को दोस्रो अधिबेशनमा ‘जसको नीति उसको नेतृत्व’ भन्ने नारा सहित खरेलको नेतृत्वमा सक्षम, दुरदर्शी, अनुभवी संयुक्त व्यवसायीहरूको प्यानल घोषणा गरिएको हो ।

बुटवलमा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको संयुक्त प्यानलबाट हालका अध्यक्ष दधिराम खरेललाई प्रा.लि.को अध्यक्षमा अघि सारिएको छ । त्यस्तै प्रा.लि.को सञ्चालक समितिमा रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण भण्डारी, नारायणप्रसाद घिमिरे, गोपालबहादुर पौडेल, चेतनारायण बेलवासे (गोली नारान), रामचन्द्र भुसाल, सुरेन्द्र श्रेष्ठ, मोहन पि.एस., जिवनकुमार बन्जाडेको उम्मेदवारी सार्वजनिक गरेको छ ।

प्यानल घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार दधिराम खरेलले प्रा.लि.लाई अझ सक्षम र सुदृढ बनाउंन आफ्नो उम्मेदवारी रहेको बताए । समितिबाट कम्पनी जाँदा धेरै ठुलो आर्थिक भार परेको अवस्थामा त्यसलाई समाधान गरेर कम्पनीलाई सक्षम बनाएको बताए । दुर्घटना न्यूनीकरण, सवारी साधनको विमा पोलिसलाई अझ चुस्त बनाउन आफ्नो नेतृत्वको टिमले काम गर्ने सो अवसरमा उनले प्रतिबद्धता जनाए ।
उनले कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायिकको पक्षमा काम गर्न समितिकै सदस्यहरूले दिएको जिम्मेवारी पूरा गर्न अध्यक्षमा पुनः उम्मेदवारी दिएको बताए । कम्पनी सफल हुनुमा नेतृत्वकर्ताको मात्र भूमिका नहुने उल्लेख गर्दै खरेलले स्प्रीडमा काम गर्ने सक्षम नेतृत्व टिम आफु संग रहेको बताए । व्यवसाय सञ्चालन नगर्ने तर नेतृत्वमा आउन खोज्नेहरूबाट कम्पनीले उल्लेख्य सफलता हात नपर्ने भन्दै खरेलले आफ्नो टिम व्यवसायीहरूको मात्र टिम रहेको बताए ।

संयुक्त प्यानलका चुनाव प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सापकोटाले जुझारु र युवा नेतृत्वको टिमलाई कम्पनीलाई गतिशिल बनाउँदै व्यवसायीको पक्षमा काम गर्ने बताए । २ दिन सम्म चल्ने अधिबेशनमा कम्पनीमा आबद्ध २ हजार २ सदस्यले मतदान गर्नेछन् ।

गाहाले पनि गरे घोषणा

उता अर्को समूहले पनि उमेद्बारी घोषणा गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ अध्यक्ष पदमराज गाहको नेतृत्वमा समावेशी प्यानल घोषणा गरिएको हो । गाहाको प्यानलमा कृष्ण प्रसाद पाण्डे, रमेश प्रसाद अधिकारी, महेश कुमार कोईराला, मोति कुमार उपाध्याय(पौडेल), कुश्माखर रेग्मी, प्रेम गौचन, मञ्जु कुमारी गाह, ऋषिराम पाठक, नारायण अधिकारी र राजेश लामा रहेका छन् ।

घोषणा सभामा बोल्दै गाहले संघको गरिमा कायम राख्दै ब्यबसायीक हक अधिकारको लागि आफू नेतृत्वको प्यानललाई बिजयी बनाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालले यो प्यानल समावेशी रहेको बताउँदै जिताउन प्रतिबद्धता ब्यक्त गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, प्रदेश सदस्य राम बहादुर कार्की, नेकपा एसका नेता चीन बहादुर गुरुङ, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, काङ्ग्रेस रूपन्देही क्षेत्र नम्बर २ सभापति प्रजापल गिरि, ब्यवसायी फर्शुराम ढकाल, मुक्तिराम खरेल, ज्योति भण्डारी लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?