ट्रेंडिंग:

>> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै

पर्यटकीय गन्तब्य बनाउन ‘निग्रोधाराम उत्सव’

१३ चैत्र २०८०, मंगलवार
१३ चैत्र २०८०, मंगलवार

कपिलवस्तु, १४ चैत ।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बुद्धस्थल कुदानमा निग्रोधाराम उत्सव मनाइएकोछ । बौद्ध धर्मावलम्बीको आस्था र महत्वपूर्ण स्थल निग्रोधारामको पवित्रता उजागर गरि पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले उत्सव गरिएको हो । पर्यटन ईलमी तथा उत्सवको परिकल्पनाकार बिक्रम पाडेँ काजीले उत्सवको परिकल्पना गरे अनुरूप कार्यक्रमले हरेक निरन्तरता पाउँदै आएको छ । परिकल्पनाकार पाडेँ काजीको परिकल्पनाले कपिलवस्तुको पर्यटकिय प्रोडक्ट बनाउन टेवा पुर्याएको भन्दै प्रशंसा गरे । सो अवसरमा बोल्दै भिक्षु मैत्री महस्तबिरले पाडेँ काजीले आफ्नै पहलमा कपिलवस्तुको पर्यटन प्रबद्र्धनमा लाग्दै आएको भन्दै उनको प्रशंसा गरे ।

गच्छामी मिडिया गु्रप र रेडियो टुरिजमद्वारा कुदानमा आयोजित उत्सवका प्रमुख अतिथि श्रीलंकाली राजदूत सुदर्शनले यो पवित्र स्थलको धार्मिक र ऐतिहासिक महत्व श्रीलंकामा निक्कै मानिने हुँदा यहाँ आएर माटो छुन पाउँदा आफू भाग्यमानी भएको बताए । यो ठाउँको विकासमा सबै लागेर बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउनु पर्ने बताए । यसको विकासका लगि आफू र श्रीलंकाली सरकार सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले सबैलाई दया, माया करुणा र आस्था जगाउने ठाउँका रूपमा निग्रोधाराम रहेकाले बौद्ध धर्मावलम्बीका लागि एउटा छुट्टै महत्व बोकेको बताए । थेरबाद र महायानी परम्परा अनुसार भिक्षु, लामागुरुले च्यान्टिङ गरि उत्सव सुरु गरिएको थियो । उत्सवमा स्थानीय लोक संस्कृति र बाजा बजाईएको थियो । राजकुमार सिद्र्धाथले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक राजधानी फर्किदाको अवस्था चित्रण गरि लघु नाटक प्रदर्शन गरिएको थियो । कपिलवस्तु नगरपालिका–२, कुदान स्थित निग्रोधाराममा बुद्धले ज्ञानप्राप्त गरेपछि पहिलो पटक राजधानी कपिलवस्तु आउँदा फागुन पूर्णिमाका दिन मातापितासंग निग्रोधाराममा भेटघाट गरेका थिए । उक्त ऐतिहासिक क्षणको महिमा फैलाउन निग्रोधाराम उत्सव गरिएको हो ।

उत्सवमा मैंत्रीभाव र सद्भाव प्रदान गर्न फूल आदान–प्रदान साटासाट गरिएको थियो । साझ ७ सय ७७ वटा द्विप प्रज्ज्वलन गरिएको थियो । होलीको शुभकामना साटासाट गर्दै अविर रंग पनि लगाईएको थियो । श्रीलंकाली राजदूत दम्पत्तीले पनि रंग अविर लगाएर खुसीयाली साटासाट गरेका थिए । साँझ शान्तिका लागि ३ वटा फलाईङ लालटेन उडाईएको थियो । अवधी संस्कृति बोकेको गोझिया, गुलगुला र नमकिन खाजा खुवाईएको थियो । पर्यटन उद्यमी तथा लुम्बिनी विकास कोषका सद्भावनादूत विक्रम पाण्डे काजीले कपिलवस्तुमा नयाँ पर्यटकीय आकर्षणका धेरै संभावना भएकाले त्यसलाई उजागर गर्न निग्रोधाराम उत्सव मनाईएको बताए । बुद्धले ज्ञानप्राप्त गरेपछि पहिलो पटक राजधानी कपिलवस्तु आउँदा फागुन पुर्णिमाका दिन निग्रोधाराममा मातापितासंग भेटघाट गरेका थिए । कार्यक्रममा बोल्दै लुम्बिनी बिकास कोषका सदस्य रामनरेश प्रसाद कोहारले उत्सवको आयोजनाले कपिलवस्तुको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताए । कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले पूर्व पर्यटनमन्त्री दिप कुमार उपाध्यायको योजना अनुसार बुद्ध परिपथले सार्थकता पाएकाले कपिलवस्तुको बिकासलाई टेवा पुगेको बताए । लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले कपिलवस्तुको बिकास तिलौराकोट सहितको बिश्वस्थलको बिकासले मात्रै सम्भव हुने भएकाले यि स्थानको महत्व उजागर गर्नु सबैको दायित्व भएको उनले बताए ।

कार्यक्रममा कोषका प्रमुख सूचना अधिकृत डा. हरिध्वज राई, सूचना राजन बस्नेत, गच्छामी मिडिया ग्रुप अध्यक्ष मनोज श्रीवास्तवले उत्सवले कपिलवस्तुको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताएका थिए । उत्सवकै अवसरमा सम्पदामा धनी कपिलवस्तु विषयक तस्बिर पनि प्रर्दशन गरिएको थियो । बुद्धस्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तुपा, जगदीशपुर र निग्रोधारामका मनमोहक र रोमाञ्चक तस्बिर प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा तराईका मानवीय जनजीवन, पुरातात्विक स्थलको पृष्ठभूमि र खुला आकाशसंगै देखिएका अन्नपूर्ण प्रथम, धौलागिरी दोस्रो, तेस्रो र चौथौं तथा गुर्जा हिमालका चित्ताकर्षक तस्विर प्रदर्शनी बुद्धस्थल निग्रोधारामा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?