ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

विद्युतीय सामानको अवैध आयात रोक्न व्यवसायीको माग

१० चैत्र २०८०, शनिबार
१० चैत्र २०८०, शनिबार

बुटवल, १० चैत ।  खुला सिमाका कारण चोरी पैठारी र भन्सारमा कडाई नहुंदा अण्डर बिलिङ भएर हुने आयातले नेपाली व्यवसायीहरु मारमा परेको विद्युतीय व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले खुला सीमा र भन्सार नाकामा कडाई गर्न सरकारसंग माग गरेका छन् ।
रुपन्देही विद्युतीय व्यवसायी संघको १२औं साधारणसभा तथा सातौं अधिवेशनमा बोल्दै विद्युतीय व्यवसायी महासंघका कन्द्रीय अध्यक्ष रेशम देवकोटाले व्यवसायीहरु अप्ठेरो परिस्थिति र मारमा परेकाले स्वदेशी उत्पादन र व्यवसायीलाई संरक्षण गर्न खुला सीमाबाट हुने भन्सार छली र चोरी पैठारी रोक्नुका साथै व्यसायीमैत्री नीति नियम र कानून बनाउनुपर्ने माग गरे ।

उपभोक्ताले गुणस्तरीय विद्युतीय सामान मात्र प्रयोग गर्न पाउन् भनेर महासंघले सम्बन्धित सरकारी निकायमा ज्ञापनपत्र दिने र डेलिगेसन गएर नेपाल गुणस्तर चिन्ह वा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण पत्र प्राप्त सामान मात्र विक्रि वितरण गर्न पाउने व्यवस्था मिलाउन पहल गरिरहेको बताए ।

अध्यक्ष देवकोटाले आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई बैंक ब्याज दरमा सहुलियत दिन र स्वदेशी विद्युतीय सामानको प्रयोगलाई प्राथमिकता दिन सरकारसंग माग गरे । अध्यक्ष देवकोटाले आफ्नै सचिवालय भवन र किरियापुत्री भवन समेत बनाएको र नगर तथा गाउंपालिकामा समेत शाखा विस्तार गरी देशमै उत्कृष्ट शाखाको रुपमा काम गरेको भन्दै सराहना गरे ।

संघका जिल्ला अध्यक्ष लोकनाथ पोख्रेलले स्थानीय तहले व्यवसाय करमा छुट दिनुपर्ने, कर लिने एकद्वार प्रणाली गर्नुपर्ने, विद्युतीय सामानको कारोबार गर्ने व्यवसाय दर्ता गर्न संघको सिफारिस अनिवार्य गनुपर्र्ने, घर निर्माणमा विद्युतीय वायरिङको नक्साङकन स्थानीय तहबाट अनिवार्य गरिनुपर्ने माग गरे । विद्युतीय सामानको कारोबार संवेदनशील र जोखिम भएकाले गुणस्तरीय सामान मात्र विक्रि वितरण गर्न अध्यक्ष पोखरेलले व्यवसायीलाई आग्रह गरे । विद्युतीय सामानको गुणस्तर परीक्षणका लागि प्रयोगशाला (ल्याब) स्थापना गर्न, कम विद्युत खपत गर्ने विद्युतीय सामान आयातमा भन्सार दर कम गर्न पनि उनले माग गरे ।

कार्यक्रममा महासंघ पुर्व अध्यक्ष तेजनारायण खरेल, उद्योग व्यापार संघ बुटवलकी महिला उपाध्यक्ष अन्जु पाण्डे, रुपन्देही ब्यापार संघका सचिव मनहरि बस्याल,होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, विद्युतीय व्यवसायी संघ चितवनका अध्यक्ष नवराज सुवेदी र कार्यक्रम संयोजक एवं नव निर्वाचित अध्यक्ष शान्ताराज खरालले व्यवसायीको हक हितका लागि एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए ।
सो अवसरमा उत्कृष्ट शाखाका रुपमा तिलोत्तमा, दोस्रो स्थानमा सैनामैना कन्चन गाउंनगर र तेस्रो स्थानमा देवदह नगर समितिलाई पुरस्कृत गरिएको थियो ।
संघको अधिवेशनबाट अध्यक्षमा शान्ताराज खराल,वरिष्ठ उपाध्यक्षमा केशवकुमार सिंह (सुजित),प्रथम उपाध्यक्षमा सुर्य कुंवर र ७ जना कार्यसमिति सदस्यहरुमा गणेश पन्त,रामप्रसाद गैरे, गौरव जयसवाल,चिरन्जिवि गैरे, उपेन्द्रप्रसाद अधिकारी,विष्णुप्रसाद पाण्डे र जीवनप्रसाद उपाध्याय सर्वसम्मत निर्वाचित भएका छन् । अन्य पदमा भने सहमति हुन बांकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np