ट्रेंडिंग:

>> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने

सरावलमा ‘मधेश साँस्कृतिक पार्क’

होलीको दिन कुस्ति, मटकीभोड लगायतका विभिन्न खेलकुदका कार्यक्रम आयोजना गरिने गरेको छ । त्यसै गरि मधेशी नृत्य,गित संगित,स्थानीय होरी गित,फागुवा,चैता गितहरू जस्ता मधेशी संस्कृतिक कार्यक्रम गरि मनाईने तयारी छ ।
७ चैत्र २०८०, बुधबार
७ चैत्र २०८०, बुधबार

नवलपरासी, ७ चैत । जिल्लाको सरावल गाउँपालिकाले ‘मधेश साँस्कृतिक पार्क’ को मधेशको मुख्य सांस्कृतिक पर्व होली (फागु पूर्णिमा) को अवसर पारेर औपचारिक रूपमा सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाका अनुसार वडा नं. ४ ललितपुर र मंगलापुर गाउँ नजिकै मधेश साँस्कृतिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार निर्माण कार्य शुभारम्भ गरिन लागेको हो ।

थारुको प्रमुख पर्व माघे सँक्रान्ति (माघी) को अवसर पारेर गाउँपालिको वडा नं. २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउने कार्य शुरु गरेको र अहिले मधेशको प्रमुख पर्व होलीको अवसर पारेर मधेश साँस्कृतिक पार्क निर्माण कार्य शुरु हुने गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । उनका अनुसार थारु साँस्कृति पार्कको योजना अगाडि सार्दा गाउँपालिका अध्यक्ष थारु भएर थारुलाई महत्व दिइने गरेको भन्दै प्रतिकृया आउन थाले पछि मधेश साँस्कृतिक पार्कको पनि योजना अगाडी सारेका थिए । अहिले मधेश साँस्कृतिक पार्कको निर्माण नेतृत्व गाउँपालिकाका प्रवतmा समेत रहेको वडा नं.४ का अध्यक्ष शुरेस यादव भई रहेको छ, अध्यक्ष चौधरीले भने, होली मधेशको महान पर्व पनि हो, होलीको अवसरमा मधेश महोत्सवको रूपमा मधेश साँस्कृतिक पार्कमा होली मनाउनुका साथै अन्य मधेशका सँस्कृति झल्किने गरि साँस्कृतिक कार्यक्रम हुने छ । मधेश साँस्कृतिक महोत्सवका लागि मात्रै दुई लाख वडास्तरिय र दुई लाख पालिका स्तरिय बजेट बिनियोजन समेत गरिएको बताएका थिए ।

होलीको दिन कुस्ति, मटकीभोड लगायतका विभिन्न खेलकुदका कार्यक्रम गरिने छ, उनले भने, त्यसैगरि मधेशी नृत्य, गित संगित, स्थानीय होरी गित, फागुवा, चैता गितहरू जस्ता मधेशी सांस्कृतिक कार्यक्रम गरि मनाईने छ । मधेश पार्कको पनि सोही समारोहमा शुभारम्भ गरिने छ । पार्कको बार्षिकी पनि हुने र बर्षेनी मधेश साँस्कृतिक महोत्सव पनि आयोजना हुने गरि कार्यक्रम हुनेछ । बाँकी समयमा पनि सो पार्कमा मधेशका जन्म देखि मृत्युसम्मका अन्य संस्कार र संस्कृति तथा रितिरिवाजको संरक्षण र पहिचान हुने गरी जैविक प्रविधिले पार्कलाई सजाईने छ । यसका लागि स्थानिय विज्ञ, जानकारलाई समेत सहभागि गराईने उनको भनाई थियो ।

आफ्नो कार्यकालमा अघिल्लो कार्यकालका प्रतिनिधिले शुरुवात गरेका बौद्धकालिन सम्पदाको संरक्षण गर्दै निरन्तरता दिनुका साथै थारु मधेशी बाहुल्य रहेको उतm गाउँपालिकामा दुबै प्रकारको साँस्कृति पार्क एक पटक शुरु गरिएको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । त्यसका साथै ब्यवस्थित खेल मैदानका छुट्टै योजना सञ्चालन गरिएका छन् । पहिला थारु साँस्कृतिक पार्कको योजना बनाउन अध्ययन शुरु गरियो, उनले थपे अहिले मधेशी समुदायको पहिचान हुने गरि मधेश साँस्कृतिक पार्कको शुभारम्भ हुदैछ । पार्क निर्माण, सञ्चालन, ब्यवस्थान कार्य निरन्तर नै भई रहने छ । उनले हुलासी घोल नजिकैको वृक्षरोपण क्षेत्र र हुलाकी केन्द्रित गरि मधेश साँस्कृतिक पार्क बनाउन बनाउने कार्य भईरहेको जनाए । पाँच विघा जग्गामा वृक्षरोपण छ, नजिकै हुलासी घोल रहेको छ । प्राकृतिक सौन्दर्यताले पनि भरिएको उतm क्षेत्रमा विभिन्न मेला महोत्सव पनि हुनेछ ।

मुस्लिम समुदायको पनि कर्बला रहेको र उतm स्थानमा मोहरम्म मेला लाग्ने, मधेशी समुदायको पनि कृष्ण जन्माष्टमी, नागपञ्चमी, दशहरा लगायतका बेला मेलाहरू आयोजना हँुदै आएको छ । यि सबै साँस्कृतिक मेला महोत्सव पनि गर्न मिल्ने र प्राकृतिक सौन्दर्यतालाई पनि संरक्षण र प्रवद्र्धन पनि गर्न सक्ने भएको हुदा मध्यदेशिय परम्परा र संस्कृतिकको संरक्षण समेत हुने हुँदा मधेशी साँस्कृतिक पार्कको निर्माण थालिएको छ । भारतिय सिमा नाका महेशपुर देखी पुर्वपश्चिम राजमार्ग जोड्ने भुतहा महेशपुर मार्ग नजिकै रहेको उतm प्रस्तावित पार्क क्षेत्र स्थानियका लागि मात्रै नभई भारतिय पर्यटकलाई पनि आकर्षित गर्नेछ । सडक पूर्वाधार मात्रै विकास होईन्, अध्यक्ष चौधरीले भने, साँस्कृति सम्पदाको संरक्षण, प्रवद्र्धन र विकास पनि उत्तिकै महवपुर्ण रहेको छ ।

आउने पुस्तालाई पनि यी कुरा आवश्यक पर्छ, उनले थपे, सरावल गाउँपालिका आफैमा साँस्कृतिक सम्पदाले परिपुर्ण रहेको गाउँपालिका हो । प्राकृतिक रूपमा पनि चुरे पर्वत देखि भारतिय सिमा दशगजासम्मको भुगोलले पनि गाउँपालिकालाई जोडेको छ । भगवात गौतम बुद्धसँग पनि प्राचिन ककरपत्त नगर, सज्जनेल नगर, कुण्डिय नगर र सायुगा नगर गरि प्राचिन नगर भएको गाउँपालिका पनि हो । जिल्लामै स्नातक तहसम्म अध्ययन हुने इस्लामिक शिक्षाको अध्ययन गर्ने थलो मधवलिया मदरसा, खुल्ला विश्वविद्यालयको परिक्षा केन्द्र खोलिएको भुजहवाले पनि थारु मधेशी र मुस्लिमको बाहुल्यता रहेको सरावल गाउँपालिकाले प्रत्येक समुदायको संँस्कृति झल्किने गरि पार्कहरूको स्थापना गर्ने लक्ष्य रहेको छ ।
यहाँका संस्कृतिहरूको पनि सुचिकृत गरि संरक्षण गर्ने योजना समेत उनले सुनाए । गाउँपालिकाले पर्यटन विकास तथा संस्कृतिक संरक्षण कोषको समेत स्थापना गर्ने लक्ष्य लिएको छ । कानुन नै बनाएर संरक्षण कोष मार्फत साँस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिने छ, उनले भने, आउने दिनमा यस गाउँ पालिकालाई नै सरावल सांस्कृतिक गाउँपालिका बनाउने लक्ष्य समेत रहेको छ । यसका पूर्वाधर विकासमा गाउँपालिका अहिले देखि नै लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?