ट्रेंडिंग:

>> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८०

नदी दोहन नियन्त्रणमा ध्यान जाओस्

१ चैत्र २०८०, बिहीबार
१ चैत्र २०८०, बिहीबार

हरेक बर्ष जस्तै यो बर्ष पनि लुम्बिनी प्रदेशमा रहेका नदीहरूबाट बालुवा, गिट्टी र ढुंगा तथा मिस्कट दोहन गर्ने काम सुरु भैसकेको छ । नदी दोहनको काम बुटवलमा पनि भैरहेको कुरा गत महिना सार्वजनिक भएको हो । फरक के छ भने केही पालिकामा नदीभित्रै जेसिबी र टिप्पर कुदिरहेका हुन्छन भने केही पालिकाका नदी किनारमा घाटगद्दी गरेर दोहनको काम हुन्छ । खासगरी नदी किनारका स्थानीय बासिन्दाहरूले रूपन्देही र पश्चिम नवलपरासीका धेरै क्षेत्रबाट दोहन भएको र पालिका तथा प्रशासनले नियन्त्रणमा ध्यान नदिएको गुनासो गर्दै आएका छन । चुरे किनारका नदीहरूबाट माटो सम्याउने नाममा ढुंगा, गिट्टी र बालुवा उत्खननको काम हुँदै आएको छ । यस्तै प्रकृतिको घटना पश्चिम नवलपरासी, रूपन्देही र कपिलबस्तुमा हुँदै आएको छ । देशका धेरैजसो नदीहरूमा सरकारले ब्यापारीको मिलेमतोमा बालुवा, ढुंगा, गिट्टीजस्ता पदार्थ उत्खनन् गर्न दिई बाढी, पहिरो, भूक्षयजस्ता बिपत्तिलाई प्रश्रय दिइरहेको छ । विशेषगरी भित्री मधेश र तराई क्षेत्रमा नदीबाट यस्ता वस्तु निरन्तर निकालिएका छन् । केही व्यापारीको मिलेमतोमा नदीजन्य बस्तु भारतमा निकासी भैरहेको देखिएको छ । प्राकृतिक स्रोत–साधन दोहन गरी तस्कर मोटाउने खालका यस्ता काम कदापि स्वीकार्य हुनुहुन्न । हरेकजसो नदीबाट गिट्टी, बालुवा तथा ढुंगा उत्खनन् गरी प्राकृतिक स्रोत–साधन दोहन भएको कुरा बेलाबेलामा संसदमा उठेपनि केन्द्र सरकारपनि मूकदर्शक बन्दै आएको छ । अहिलेपनि दिनदहाडै नदी दोहन भैरहेको छ । पालिकाहरूले नदी दोहनका घटना नियन्त्रणमा चासो नदिएको घटनाहरूले पुष्टी गर्दै आएका छन ।

हरेक बर्ष माघ फागुनदेखि असारसम्मै नदी दोहनको कामले निरन्तरता पाउनेगर्दछ । गिट्टी, बालुवा, ढुंगाजस्ता पदार्थ चोरीका कामबाट सरकारलाई राजस्वमा ठूलो नोक्सानी हुँदै आएको छ । यस बिषयमा सरकारको ध्यान जानुपर्दछ । यो बर्षको प्रि मनसुनको समय सुरु भैसकेको छ । तसर्थ खोला दोहनमा प्राथमिकता दिएर नदी तटीय क्षेत्रलाई जोखिममा नधकेलियोस् । बालुवा, ढुंगा, गिट्टीजस्ता नदीजन्य पदार्थ उत्खनन्का कारण केवल समग्र जिल्लाको सिंचाईमा मात्र प्रभाव पर्दैन, नदीबाट जति मात्रामा नदीजन्य पदार्थ उत्खनन भयो त्यति नै बढी माथिको चुरे तटीय क्षेत्र जोखिममा पर्दछ । वातावरणविदहरू नदीको तल्लो तटीय क्षेत्रको संरक्षणसंगै माथिल्लो चुरे क्षेत्रको संरक्षण पनि उत्तिकै आवश्यक रहेको बताउँछन । नदीजन्य पदार्थको अधिक दोहनले नदी गहिरिँदै माथिल्लो क्षेत्रको अस्तित्व समेत संकटमा पर्ने अध्ययनले देखिएको छ । ठेक्का लागेका नदीहरूबाट समेत मापदण्ड भन्दा बढी दोहनको घटना धेरै पहिलेदेखिको समस्या हो । तसर्थ अव भित्री मधेश र तराई क्षेत्रका नदीबाट दोहन गरिने बस्तुका कारण प्राकृतिक बिपत्तिको जोखिम बढिरहेकोले यसतर्फ सम्वन्धित निकायको ध्यान जाओस् । अर्कोतर्फ लुम्बिनी प्रदेश राजधानी दाङका कतिपय नदीहरूबाट समेत नदीजन्य पदार्थ दोहन भैरहेको समाचार आईरहेको छ । लुम्बिनी सरकार सत्ता जोगाउने कसरतमा लागिरहँदा नदीजन्य पदार्थको दोहन नियन्त्रणमा ध्यान दिएको छैन । राप्तीको माथिल्लो तटीय क्षेत्रदेखि तल्लो सिमा क्षेत्रसम्मको नदी किनारका पालिकाहरूले नदी दोहनका घटना नियन्त्रणमा चासो दिनु जरुरी छ । प्रदेश राजधानी किनारको राप्तीमा भैरहेको नदीजन्य पदार्थको दोहन नियन्त्रणका लागि तत्काल प्रदेश सरकार र पालिकाहरूको ध्यानाकर्षण होस् । नदी दोहन हुँदै जाने र पालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरू थाहा पाएरपनि बेखबर जस्तै गर्ने विगतको परम्परा यसपटक तोडियोस् । पालिकाहरूमाथि लाग्दै आएको दोहनको आक्षेप यस पटकदेखि मेट्ने काम होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?