ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

लोप हुन लागेको मारुनी नाचको संरक्षणमा जुट्दै मगरहरु

२३ फाल्गुन २०८०, बुधबार
२३ फाल्गुन २०८०, बुधबार

नवलपुर, २३ फागुन ।

लोक संस्कृतिको जगेर्ना हुुन नसक्दा मौलिक परम्पराको रुपमा मगर समुदायको सबैभन्दा महत्वपूर्ण मानिने मारुनी नाच बिस्तारै हराउन थालेपछि जिल्लाका बुढापाका मगरहरु यसको जगेर्ना गर्न अहिले कम्मर कसेर लागेका छन् ।

मगर जातिको पुस्तौदेखिको महत्व राख्ने मारुनी नाच अहिले मगर समुुदायमा नै हराउन थालेपछि यसको सँरक्षणमा बुढापाका मगरहरु लागि परेका बुलिङटार २ का भुपाल थापा मगरले बताए । “यो मारुनी नाच मगर समुदायमा कौरा नाच भन्दा पनि रमाईलो र महत्व झल्कने नाचका रुपमा लिईने गरिन्छ”– थापा मगरले भने ।

“मारुनी नाचले मगर जातीको भेषभुषा, सँस्कृति मात्र झल्कन्न, यसले मगर समुुदायको लोक सँस्कृति र परम्परालाई जीवित राख्ने समेत गर्दछ”– मगर अगुवा कमानसिंह थापा मगर बताउँछन् । मगरको पोशाकमा यसको अनिवार्यता झल्कन्छ र यो नाच केही खर्चिलो भए पनि अत्यन्तै मगर जातीको सँस्कृति नै यसले झल्काउने गर्दछ ।

हरेक बुढापाकाहरुले मगरको पोशाकमा यसलाई अहिले अगाडि बढाईरहेका छन् र अहिले मगरहरु गाउँबस्तीबाट विस्थापति भै शहर पस्न थालेपछि यो नाच नै लोप हुुन्छ कि भन्ने चिन्ताले पनि यसको संरक्षण र जगेर्ना गर्दै मारुनी नाचप्रति आकर्षण बढाउन बिशेष गरी गाउँपालिका नगरपालिकाहरुले सहयोग गर्न थालेका बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताए ।

पुर्वी नवलपरासीको गैंडाकोट, नगरपालिका, बुलिङटार, बौदीकाली, हुप्सेकोट, बिनयीत्रिवेणी गाउँपालिकामा मगर जातीको बाक्लो बस्ती रहेको छ । यो जिल्लामा बाहुन क्षेत्री संगसंगै मगरको बाहुल्यता रहेको छ र यहाँको समाजमा कौरा, झाम्रे, मारुनी नाच मगरहरुको बिशेष नाचका रुपमा लिईने गरिन्छ । तर झाम्रे र कौरा नाच भन्दा पनि मारुनी नाच को महत्व बढी भएकाले यसलाई अब बढी प्रचलनमा ल्याईने गरी गाउँपालिकाले सहयोग गर्ने बुलिङटार गाउँपालिकाका अध्यक्ष सुनारी मगरले बताए ।

मगर जातीलाई चिनाउने र मगरको पहिचानको महत्वपूर्ण अंग र परापुर्व कालदेखि प्रचलनमा आएको मारुनी नाचको जगेर्ना आवश्यक भएको बुलिङटार ४ का वडाध्यक्ष मिनबहादुर आले मगरले बताए ।

मगर जातीको संस्कृती, भेषभुषा र परम्पराको जगेर्ना गर्दै समाजमा यसको महत्व झल्कने गरी अहिले लोप हुुन लागेको मारुनी नाच, झाम्रे नाच र कौरा नाचको सरंक्षणका लागि अघि बढेको मगर समुदायका अगुवा दुर्गाबहादुर रानामगरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?