ट्रेंडिंग:

>> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

गठबन्धनमा उलटपुलट, जनतामाथि विश्वासघात नहोस्

२३ फाल्गुन २०८०, बुधबार
२३ फाल्गुन २०८०, बुधबार

‘रात रहे अग्राख पलाए’ नेपाली उखान अहिलेको नेपालको बिद्यमान राजनीतिक उलटपुलटसंग मिलेको छ । राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भन्ने पनि पछिल्लो दुई दिनको घटनाक्रमले स्पष्ट गरेको छ । राजनीति शास्त्रको यो सिद्धान्त नेपालका राजनीतिमा संयोगमात्र होइन यथार्थ वनेको छ । प्रधानमन्त्री प्रचण्डको हरेक पटकको कुटनीति सत्ताकेन्द्रित रहेको यी घटनाक्रमले पुष्टी गर्दै पनि आएका छन । निश्चितरूपमा नेपालको राजनीति प्रचण्डकै वरिपरी घुमिरहेको छ । अर्थात ३२ सिटको माओवादीले देश नचाईरहेको छ । कहिले कांग्रेससंग मिलेर गठबन्धन अनि कहिले एमालेसंग मिलेर गठबन्धन गर्दै सत्तामा टिकिरहने दाउमा प्रचण्ड सफल भएका छन् । यद्यपि यो गठबन्धन पनि कति दिन टिक्ने भन्ने कुराको कुनै निश्चितता छैन । किनभने प्रचण्डको खेलमा भोली गज्जबको गोटी कांग्रेस हुने भयो भने अहिलेजस्तै रातारात अग्राख पलाउन सक्छ । प्रचण्डको खेलमा एमाले र कांग्रेस नाचिरहेका छन । प्रचण्डले देशलाई नचाईरहेका छन । पटकपटक भैरहेको सत्ताको उलटपुलटमा नेपाली जनताको आशा र अपेक्षामाथि तुषारापात हुने अवस्था छ । नेपाली जनताको सपना पूरा हुने अवस्था छैन । शहिदले देखाएको बाटो हिँडने काममा अलमल गरिएको छ । सत्ताको अगाडी जनताको आशा र अपेक्षा धुमिल परिरहेको छ । अहिले नयाँ गठबन्धन निर्माण भएको छ ।

यो गठबन्धनले अव बाँकी रहेको चार बर्ष देशको शासन गरोस् । प्रचण्डको स्वार्थमा गठबन्धन बनाउने र भत्काउने काम कम्तिमा अवचाहिँ नहोस् । त्यसो त नेपालमा धेरै सरकार बने, नयाँ सरकारबाट जनताले त्यही आशा र अपेक्षा गरे तर जनताका आशा र अपेक्षामाथि बिश्वासघात भएको छ । २०४६ सालयता बनेका कुनैपनि सरकारले जनताको अपेक्षा पूरा गर्न सकेनन् । बरु जनतामाथि सरकारबाटै दोहनको काम भएको छ । नेपाली जनताकै त्याग र बलिदानबाट मुलुक यहाँसम्म आइपुगेको अवस्थामा सरकारसँग यति आशा गर्नु कुनै ठूलो अपेक्षा होइन । जनताका अपेक्षा पूरा गर्ने सन्दर्भमा सरकार सधै छायाँमा पर्दै आएको छ । अहिलेको सरकार यस्तो विन्दुमा उभिएको छ, जहाँ समस्या र कठिनाइ पर्दा समाउने कुनै हाँगो छैन । भएका केही हाँगाहरूमा काँडैकाँडा छन् । किनभने मन्त्रिपरिषद पुनर्गठन भएको दुई दिन नहुँदै शक्तिशाली मन्त्रालय लिने रस्साकस्सी चलिरहेको छ ।

नेपाली जनताले यति लामो संघर्ष गरेर हासिल गरेको ब्यवस्थाबाट सन्तुष्टी हुने अवस्था देखिएन । नेताहरू देशको विकास र परिवर्तन भन्दा पनि कुर्सीको लागि र आफ्नो स्वार्थ पूरा गर्नैको लागि रहेछन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । जनताको रोजीरोटीको बिषय समाधान भएको छैन । शिक्षा, स्वास्थ्य, शान्तिपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना भएकै छैन । दिनको दुई हजार बढी युवा खाडी मुलुकमा पलायन भैरहेका छन । संघीय स्वरूपको राजनीतिक प्रणाली स्थापना भएपनि आम नागरिकको शान्ति, सुशासन र विकासको सपना केवल सपना मात्रै हुने हो कि भन्ने चिन्ता छ । फेरीपनि नेताहरू कुर्सी दौडमा लिप्त हुँदा जनताका आशा र अभिलाषा विर्सदै गएका छन । पछिल्लो सत्तापलटले जनताको आशालाई निरासामा परिणत गर्ने काम नहोस् । जनताले विश्वास गरेर पठाएका जनप्रतिनिधिहरूले जनताको विश्वास तोड्ने काम नगरुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?