ट्रेंडिंग:

>> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

शालिन मृत्यु प्रकरण छिटो सार्वजनिक गर

२२ फाल्गुन २०८०, मंगलवार
२२ फाल्गुन २०८०, मंगलवार

चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको मृत्यु कसरी भएको हो भन्ने बिषयमा अहिलेसम्म सत्यतथ्य कुरा बाहिर आईसकेको छैन । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ । शालिनका परिवारले बलात्कारपछि हत्या गरिएको आरोप लगाएपनि पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको देखिएपछि शालिन मृत्यु प्रकरण जटिल विषय वनेको छ । शालिन पोखरेलको मृत्यु घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ । यो घटनाले नेपालीको शिर झुकाएको छ । बलात्कार पश्चात हत्या गरिएको भन्ने परिवारको आरोपको गहिरो छानबिन जरुरी छ । प्रधानमन्त्री प्रचण्डले समेत घटनामा संलग्नमाथि सशक्त कारबाही हुनुपर्ने आवाज उठाउनु भएको छ । शालिनको मृत्यु प्रकरण हत्या होस या आत्महत्या, यो घटनाले हाम्रो समाज कति बिकृत बन्दै गएको छ भन्ने छर्लङ्ग भएको छ । नेपालका विभिन्न स्थानमा बारम्बार दोहोरिरहेका यस प्रकृतिका घटनाले नेपालीको मन बिक्षिप्त वनाएको छ । साथै दण्डहीनता यसैगरी मौलाउनुका पछिको कारण खोजी जरुरी छ । त्यसबीच शालिन पोखरेलको मृत्यु बलात्कारबाट नभएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ । उनको मृत्युको बिषयमा अनेक आशंका उठिरहेको बेला झुण्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरिएपछि रिपोर्टलाई समेत आशंकाको घेरामा राखिएको छ । पोष्टमार्टम रिपोर्टप्रति शालिनको परिवार विश्वस्त हुन सकेको छैन । अव यो गम्भीर विषयमा सम्बन्धित निकायले निष्पक्ष ढंगले अनुसन्धान गर्नु जरुरी छ । शालिन मृत्युको घटनामाथि निष्पक्ष छानबिनको मार्दै विभिन्न संघ संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । शालिनको मृत्यु रहस्यमै छ ।

अर्कोतर्फ विगत ५ बर्ष अघि भएका यसै प्रकृतिसंग मिल्ने घटनाले सिंगो मुलुकलाई नै स्तब्ध बनाएको हो तर उक्त घटना पनि अहिलेसम्म रहस्यमै छ । यस्ता धेरै घटना भएका छन, जसले नेपाली समाजलाई स्तब्ध बनाएका छन । शालिन पोखरेलको मृत्यु प्रकरणलाई अझै गंभीरताका साथ छानवीन गर्नु जरुरी छ । शालिनको मृत्युपछि पनि जिल्ला प्रहरी कार्यालय चितवनले चार दिनसम्म जाहेरी लिन अस्वीकार गर्नु भनेको त्यसभित्र गंभीर कुरा छ भन्ने हो । अर्कोतर्फ उनले आत्महत्या नै गरेको हो भने पनि स्कुल प्रशासनले उनको दुरुस्त छानवीनका लागि सवैलाई बोलाउनु पथ्र्यो तर हतार हतारमा उनको शव उठाउने काम भएकोले धेरै आशंका उत्पन्न भएको छ । अर्कोतर्फ शालिन बाबु आमाको स्नेहबाट सानै उमरेदेखि टाढै थिइन । बाबु आमाको सम्वन्ध विच्छेदका कारण शालिनको मनोविज्ञानमा ठूलो असर परेको यो घटनाक्रम साक्षी छ । अर्कोतर्फ विगत केही दिनयताका घटनाक्रमले के देखाएको छ भने महिलामाथि जघन्य प्रकारका अपराध हुन थालेका छन । त्रासमा पिल्सिएका महिलामाथि घरेलु हिंसाको चरम यातना त छँदैछ त्यसका साथै बलात्कार, अपहरण र हत्याको मारमा परेका छन् । नेपाली समाज महिलामाथि हुने हिंसाका घटनाले सवैलाई विक्षिप्त तुल्याएको छ । शालिन मृत्यु प्रकरण त्यसको एक उदाहरण हो । दण्डहीनताको संस्कृतिले जरो गाडदै गएको कारणले गर्दा नै जसले जे गरे पनि हुन्छ भन्ने मानसिकताका कारण अपराध दिनानुदिन बढ्दै गइरहेको छ तर त्यसप्रति कसैको ध्यान जान सकेको छैन । शालिन मृत्यु प्रकरणको रहस्य अझै गर्भमै रहेकोले छिटो भन्दा छिटो छानवीन गरि सत्यतथ्य सार्वजनिक गर्नेतर्फ ढिलाई नगरियोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?