ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

राष्ट्रले चिन्न नसकेका राष्ट्र गुरु योगी नरहरिनाथ

२२ फाल्गुन २०८०, मंगलवार
२२ फाल्गुन २०८०, मंगलवार

आज फाल्गुन कृष्णदशमी,राष्ट्रका निधि, माता सरस्वतीका वरदपुत्र, गुरुत्व भएका राष्ट्रगुरु योगी नरहरिनाथको नश्वर शरीर पञ्चमहाभूतमा मिली अजर, अमर आत्माब्रह्ममा मिलन भएको पुण्यतिथि । योगी नरहरिनाथले जानिएको यस शरीर वि. सं. १९७१ फाल्गुन महिनाको १७ गतेका दिन नेपालको कालिकोट जिल्ला अन्तर्गत लालु गाउँमा पिता ललितसिंह र माता गौरादेवी थापाका १२ सन्तानहरूमध्येमा माइलो सन्तानका रूपमा भएको थियो । भारद्वाज गोत्रीय कुलमा जन्मिएका योगी नरहरिनाथको बाल्यावस्थाको नाम भने बलवीरसिंह थियो । पछि गोरक्षनाथ परम्परामा गुरु क्षिप्रनाथ योगीबाट दीक्षित भइसकेपछि भने उहाँको नाम योगी नरहरिनाथ रहनपुगेको थियो । बलवीर सिंहलाई अक्षरारम्भको कार्य उनकै माताले गराएकी थिइन् । यसपछिको अध्ययन भने उहाँकै गुरु क्षिप्रनाथको सहयोगले नेपाल र भारतका विभिन्न शैक्षिक संस्थामार्फत् भएको थियो । भारतमा रहँदा त्यहाँको अङ्ग्रेज भगाओ आन्दोलनमा भाग लिई जेलनेल व्यहोरेका योगी नेपालमा आइसकेपछि यहाँको इतिहास आदि विधामा अनुसन्धान गर्न लाग्नुभयो । विदेशीहरूले बङ्गाएर उल्टो पुल्टो पारेका विषयलाई सच्चाई नेपालको वास्तविक इतिहासका बारेमा सबैका सामु छर्लङ्ग पारिदिनुभयो । आफूले मिहिनेत गरी अनुसन्धान गरी प्रकाशन गरिदिएको विषयको पत्यार नलागी विदेशीले भनेका कुराहरूलाई नै आप्तवचन मान्ने त्यतिखेरका सरकार एवं जनताहरूलाई उहाँले यसरी भन्नुहुन्थ्यो –
विदेशीको सिको गरिकन स्वदेशीहरू पनि
उपन्यासैलाई सकलि इतिहासै हुनभनी ।
पढी लेखी घोकी अरूकन बुझाई सब कुरा
अपुरा ती मिथ्या जब हुनगए भ्रान्त जनता ।।
असल वैदिक शिक्षाद्वारा नै मानव जीवनका प्रत्येक पाटामा सुधार ल्याउन सकिन्छ भन्ने मान्यता राख्दै उहाँले मानव सभ्यताको प्राचीन भाषा संस्कृतको अध्ययन÷अध्यापनमा विशेष जोड दिनु्भयो । त्यसैले उहाँबाट नेपालमा संस्कृत विश्वविद्यालय खोल्ने कार्य भएको हो । विदेशीले हामीलाई उल्टापुल्टा कुरा सिकाई मतिभ्रम गराइदिने हुनाले हामीले हाम्रो सभ्यता, हाम्रो संस्कार, हाम्रो धर्म, हाम्रो कर्तव्य जान्न आफुलाई चिन्न संस्कृतको नै अध्ययन गर्नुपर्दछ भन्नुहुन्थ्यो । उहाँद्वारा पटक पटक दोहो¥याइरहने पद्यांश थियो – शिक्षासुधारे सकलसुधारः शिक्षाविकारे सकलविकारः । अङ्ग्रेजहरूले भारतलाई कसरी गुलाम राखेका थिए भन्ने कुरालाई राम्ररी जानेका योगी शिक्षाका नाममा लिइने विदेशी अङ्ग्रेजी मोडलको बाँदरलाई पुर्खा मान्ने खाइसारे र लाइसारे शिक्षाले विकार मात्र ल्याउने भएकाले हामीले ऋषिमुनीहरूलाई पुर्खा मान्ने, विश्वको कल्याण सोँच्ने ज्ञान र विज्ञानले भरिपूर्ण हाम्रै वैदिक शिक्षामा ध्यान पुयाए मात्र सबै क्षेत्रको कल्याण हुने वकालत गरेर जीवनपर्यन्त हिँड्नुभयो । विदेशीका भ्रमपूर्ण इतिहास पढेर आफुलाई वाँदर ठान्ने एवम् तिनीहरूकै योजनामा आफुलाई विदेशबाट भागी यहाँ आइबसेको ठान्ने टपरटुइँया विद्वानहरूलाई यस किसिमका कविताद्वारा ठाडो चुनौति पनि दिनुभयो –
नभालु भ्यागुत्तावनकर न वानर्न त अरू
थिएपूर्खा हाम्रा ऋषिमुनी र द्यौतामनुहरू ।
नहामी आएका भटकि कहिँबाटै प्रकट यो
हिमालै हो हाम्रो उदयहिमधु हिन्दुहरूको ।।
सम्पूर्ण चराचर जगतको मात्र सृष्टि नभएर चराचर जगतका पिता–माताशिव र पार्वतीको प्राकट्य नै यहिँ हिमालैबाट भएको थियो र यहीँबाटै बसाइ सरेर मानवहरू टाढाटाढा गएका थिए भन्ने उहाँको मत थियो । राष्ट्रप्रेमी राष्ट्रगुरुले माता–मातृभूमिबाट टाढा टाढा गई उतै बसेकाहरूलाई यहीँ आफ्नै देशमा फर्की बस्नका लागि आग्रह गर्नुभयो भने विदेशी उपन्यासका कारणले आफूलाई भिन्न मानेकाहरूलाई एकजुट हुन यसरी आह्वान पनि गर्नुभयो –
यसैमा जन्म्यौँ यसैमा हुर्क्यौँ यसैमा विलाऊँ ।
फुटेका भाई जुटेर सबै छुटेको मिलाऊँ ।।
२००७ सालपछिको प्रजातन्त्र र त्यसपछि बनेका सरकारहरूले जनअपेक्षा अनुरूप काम नगरेका कारणले उनीहरूलाई झक्झाकाउँदै पनि आउनुभयो । त्यसैले त्यतिखेरका राजनीतिक दलले उहाँलाई राजाको मान्छे भन्न समेत भ्याए भने उहाँका ऐतिहासिक सङ्ग्रहालयमा आगो लगाउने काम समेत गरे । फेरि राजावादीहरूले चाहिँ जेलनेलसम्म राख्न भ्याए । तर उहाँ कसैको पनि नभई नेपाली आमाको सच्चा देशभक्त सुपुत्र हुनुहुन्थ्यो । राम्रा कुरालाई राम्रो र नराम्रा कुरालाई नराम्रो भन्न उहाँलाई कत्तिपनि हिच्किचाहट थिएन ।
वेदले मार्गनिर्देशन गरे अनुरूप उहाँले विश्वशान्ति र सृष्टिगतिको निरन्तरताका लागि जीवनभर वैदिक यज्ञ गर्दै आउनुभयो । सामान्य मानिसलाई एउटा पनि कोटिहवन गर्न गाह्रो पर्छ तर उहाँले आफ्नो जीवनमा १०८ भन्दा बढी कोटीहवन गर्नुभयो । यज्ञाद् भवतिपर्जन्यःपर्जन्यादन्नसम्भवः भन्ने वैदिक मान्यतामा उहाँ अडिग हुनुहुन्थ्यो । गोरक्ष परम्परा अनुरूप दीक्षित भएपनि उहाँ कहिलेपनि आफ्नो मात्र सम्प्रदायको अन्धभक्त भएर लाग्नुभएन । अनावश्यक चेलाचपेटा बनाएर मात्र हिँड्नुभएन । सबै सम्प्रदायका राम्रा कुराहरूलाई अङ्गिकार गर्नुभयो । वेद र वेदाङ्गका अपूर्व विद्वान् भएरपनि आफुलाई सधैँ एक कक्षाको विद्यार्थीका रूपमा परिभाषित गर्नुभयो । के गर्ने यस किसिमका विशिष्ट विद्वानलाई न त श्री ५ का सरकारले चिने, न त नेपाली नेताका सरकारले चिने । श्री ५ हरू विदेशी रक्सीमै डुबेर उहाँलाई चिन्न सकेनन्, उहाँले भने अनुरूप काम गर्न सकेनन् । नेताहरू विदेशीवादका कुराहरू ल्याएर जनता झुक्याउनमात्र लागे । वेद प्रतिपादित ज्ञान जसलाई गोरक्षावतार योगीद्वारा देखिएको थियो, त्यस्तो अमूल्य र अकाट्य वैदिक साम्यवाद त काङ्ग्रेसलाई कम्युनिष्टको जस्तो लाग्यो, कम्युनिष्टलाई काङ्ग्रेस जस्तो लाग्यो । श्री ५ हरूलाई फेरि कका (कम्युनिष्ट–कांग्रेस) जस्तो लाग्यो । विदेशी मोजमजामै रमेका तीनै किसिमकालाई तिरिमिरि झ्याइँ बन्यो, भेँडाका मुखमा कुभिण्डो हुनपुग्यो ।
तर अब के गर्ने, गएका कुरा गए गए तर पनि ती गएका कुराहरूको शिक्षा लिएर अझैपनि योगीद्वारा लेखिएका, भनिएका कुराहरूलाई हामी एवम् हाम्राहरूले अङ्गिकार गर्ने प्रयास गरौँ । उहाँले भनेका इतिहासका कुरा, आयुर्वेदका कुरा, शिक्षाका कुरा, राज्य प्रणालीका कुरा, सबैकुरा अत्यन्त महत्त्वपूर्ण छन् । नेपालका लागि मात्र नभएर विश्वकै शान्तिका लागि वैदिक साम्यवाद वैज्ञानिक वाद हो । त्यसैले उहाँका यी अमूल्य विषयहरूलाई अङ्गिकार गरी व्यवहारमा लागू गर्न सकियो भने २०५९ फागुन महिनाको १३ गते अर्थात् फाल्गुन कृष्ण दशमीका दिन राष्ट्रदेव पशुपतिनाथ र माता गुह्येश्वरीका काखबाट ब्रह्मलीन हुन पुग्नुभएका योगीप्रतिको सच्चा श्रद्धाञ्जलि हुन पुग्थ्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?