ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

शिवरात्री पर्वको तयारी तीव्र

२१ फाल्गुन २०८०, सोमबार
२१ फाल्गुन २०८०, सोमबार

दाङ, २१ फागुन ।

महाशिवरात्री पर्वका अवसरमा दाङको धारापानीमा लाग्ने महाशिवरात्री मेला तथा शिवपुजन व्यवस्थापन कार्यको तयारी तीव्र पारिएको छ ।

यही फागुन २३, २४ र २५ गते तीन दिन सम्म लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । घोराही पनौरादेखि धारापानी सम्मको सडक मर्मत गरिएको छ भने मन्दिरलाई थप आर्कषित बनाउन रंङरोगन गरिएको छ ।

२५ गते महाशिवरात्रीको दिन नेपाली सेनाबाट विश्वकै अग्लो त्रिशुलमा सलामी, शिव भगवानको पुजा आरधना तथा भजनकृतन सञ्चालन हुने समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए ।

मेलामा विभिन्न विकृतीजन्य क्रियाकलाप तथा अन्य नकारात्मक गतिविधि हुन नदिन सुरक्षाकर्मी, स्थानीय टोल विकास संस्था, व्यापारी लगायत संग तयारी बैठक समेत गरिएको छ । यस्तै मेलामा पार्किङ व्यवस्थापन, यातायात, पुजा व्यवस्था लगायतका काम गर्न बिभिन्न उपसमिति गठन गरिएको छ ।

जसमा समितिका सचिव विष्णुराम आचार्यको संयोजकत्वमा सूचना प्रचारप्रसार उपसमिति, शारदा पोख्रेलको संयोजकत्वमा पुजा व्यवस्थापन उपसमिति, टेकनाथ आचार्यको संयोजकत्वमा सुरक्षा उपसमिति, विवेक श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, रेवबहादुर बुढाथोकीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र शंकर गौतमको संयोजकत्वमा स्वागत सम्मान उपसमिति गठन गरिएको छ ।

यस्तै सदस्य बलिराम भुसाल गोपालको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति, मधुसुधन पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, विमल अधिकारीको संयोजकत्वमा आर्थिक सहयोग उपसमिति, ऋषीदेव शर्माको संयोजकत्वमा अनुगमन उपसमिति, शिवशंकर देवकोटाको संयोजकत्वमा पानी व्यवस्थापन उपसमिति, यज्ञश्वरी चन्दको संयोजकत्वमा फुलमाला व्यवस्थापन उपसमिति, निमबहादुर चौधरीको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, बुद्धिराम भण्डारीको संयोजकत्वमा भजनकृतन उपसमिति, श्यामप्रकाश आचार्यको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति र गोविन्द खड्काको संयोजकत्वमा सरसफाई व्यवस्थापन उपसमिति गठन गरिएको छ । यसैविच तीन दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन सवै भक्तजनहरुमा समितिले आग्रह गरेको छ ।

समितिका अध्यक्ष गणेशकुमार अधिकारी र सचिव विष्णुराम आचार्यले सोमबार एक बिज्ञप्ती प्रकाशित गरी मेलामा सहभागी हुन सवैमा अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?