ट्रेंडिंग:

>> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी >> ‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य

हामी कुन युगका मानव ?

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

केही दिन पहिले अठार पुराण मध्येको एक पद्म पुराण अध्ययन गर्ने अवसर जुरेको थियो । यस पुराणमा विभिन्न रोचक कथाहरू रहेका छन् । जसमध्येमा विष्णु र कृष्णका सम्वन्धमा लेखिएका कथाहरू अत्यधिक रोचक रहेका छन् । हुन त कृष्ण चरित्र र महाभारतमा कृष्णको वारेमा लामा लामा कथाहरू लेखिएका छन् । त्यसमध्येमा महाभारतको युद्ध समाप्त भएपछि धृतराष्ट्र र गान्धारीका साथमा कुन्ती समेत एकान्त वासमा जाने भए । यही समयमा सयभाई कौरवहरूको जुन महाभारतको युद्धमा निधन भएको थियो उनीहरूको अन्त्यष्टि भएको थिएन । कृष्णले धृतराष्टलाई आफ्ना सन्तान र कौरवको पक्षमा लाग्ने विभिन्न राज्यका सेनाको समेत अन्तिम संस्कार गर्न आग्रह गरे । उनीहरू सबैजना कुरुक्षेत्र जहाँ १८ दिनसम्म महाभारतको युद्ध भएको थियो त्यही मैदानमा पुगे । कुरुक्षेत्रमा भएको युद्धमा मरेकाहरूको लाशको थुप्रो नजिकमा पुगेपछि गान्धारीले कृष्णलाई गान्धारीले तिमिले चाहेको भए यो युद्ध रोक्न सक्ने थियौ तर तिमीले किन यत्रो नरसंहार गरायौ ? भनेर प्रश्न गरिन । (महाभारतको युद्धमा कौरव परिवारमा धृतराष्ट्र र गान्धारी बाहेक सबैको निधन भइसकेको थियो ।) प्रश्नको उत्तर दिन नपाउँदै गान्धारीले कृष्णलाई तिम्रो पनि यसैगरी वंश विनाश होस् भनेर श्राप दिइन । कडा श्राप दिएको भनेर पाण्डप पक्षबाट गुनसो आयो तर कृष्णले गान्धारीलाई रोक्न चाहेनन् । उनले मनमा आएजतिको श्राप दिइन ।

कृष्णको अन्तिम अवस्थातिर यादवहरू मदिराले लठ्ठीएर प्रवासमा आपसमा युद्ध गरेर सबैको विनाश भयो भनिएको छ । यो युद्ध पनि कृष्णले रोक्न चाहेनन् अनि यादवहरूको आपसमा घोर घमासान युद्ध हुँदाको समयमा कृष्ण गोकुल छोडेर एकान्त वनमा पुगेका थिए । त्यही मौका छोपेर एकजना व्याधा वनमा पुगेर कृष्णको खुट्टालाई मृगको कान हो भन्ने ठानेर वाण प्रहार ग¥यो । यसैको कारणले कृष्णको समेत अन्तिम अवस्था आयो भनिएकोछ । पुराण अनुसार विष्णुको अर्को रूपमा राम र कृष्ण हुन भनेर व्याख्या गरिएको छ । रावणको ज्यादतिले पृथ्वीलाई निकै भार हुन गएका कारणले रामको अवतार लिएर रावणको विनाश गरेको कथा छ भने अधर्मीको विनासको लागि कृष्णको रूपमा पृथ्वीमा जन्म लिएको भन्ने भनाई रहेको छ । हरेक स्थानमा राम र कृष्णलाई भगवान भनिएको छ । उनको शक्ति अपार रहेको वर्णन गरिएको छ । यहाँनेर एउटा आश्चर्य लाग्ने विषय के भने त्यो अपार शक्ति भएकोलाई पनि एउटा नारीको श्रापले वनवास जानु पर्ने र अर्काको वंश विनाश हुनुपर्ने साथै एउटा व्याधाको वाणले उनको अन्तिम अवस्थामा पु¥याउनु यी कथा निकै रोचक लाग्दछन् ।

कृष्ण शान्तिदूत बनेर कौरवको सभामा पुगेका थिए उनले अन्तिम विकल्पको रूपमा पाण्डवहरूका लागि पाँचगाउँको प्रस्ताव गरेका थिए । यही समयमा कुन्तीले पाँच गाउँमा मान्न हुँदैन । वरु युद्धमा जानु पर्छ भनिन् यसैले पनि महाभारतको युद्ध भएको हो भन्ने जस्ता कथाहरू पनि रहेका छन् । महाभारतको युद्ध हुनुमा एक होइन अनेक कारण रहेका छन् । त्यस मध्यको कुन्तीको एउटा प्रस्ताव र अर्को शान्तिदूत बनेर गएको समयमा कृष्णको अपमान गर्नु नै हो भन्ने लाग्दछ । हुन त यसप्रकारका कुराहरू भीमसेनलाई विष खुवाउने देखि लिएर कपटी पासा खेलाएर वनवास पठाउने सम्मका कथाहरू समेत जोडिएका छन् ।

कृष्ण चरित्रका कथामा कृष्णलाई परम शक्तिशाली, दूरदर्शी लगायतका विभिन्न उपमा दिइएको छ । उनलाई भगवानको उपाधि दिए पछि त त्यो भन्दा तलको कुरा गरेर पनि केही सार भएन । कृष्णको पराक्रम त पुतना, अकासुर, वकासुर लगायत दैत्यको हत्या गर्नु र गोवर्धन पर्वत उठाएर गोकुलका वासिन्दालाई बचाएको कथाबाट पनि जान्न सकिन्छ । कृष्ण चरित्रमा कृष्णका एक होइन अनेक यस्तै रोचक कथाहरू रहेका छन् । यस्तैरोचक कथा पद्मपुराणमा पनि रहेको पाईयो । श्रीमद्भागवतका धेरै प्रशंगमा कृष्णको चरित्रको वारेमा उल्लेख गरिएको छ । चाहे गोपिनीसंगका कुरा होउन चाहे मामा कंशको वधका कुरा होउन ।

राम आफ्नो समयका नायक थिए । यस्तै कृष्ण पनि आफ्नो समयका नायक थिए । नायकको वर्णन जहिले पनि र जहाँ पनि उच्च स्तरबाट गरिन्छ । कहिलेकाँही नायकले गरेका सामान्य गल्ती कमजोरीको वारेमा चर्चा गरिदैन बरु त्यसलाई शक्तिमा लगेर हेर्ने गरिन्छ । हामीले अहिले अध्ययन गर्दा उहिलेका कुरा आश्चर्य लाग्दा र अपत्यारिला लाग्ने गर्दछन् तर यस्तै आश्चर्यजनक कथाहरू पुराणमा मात्र नभएर हाम्रै समाजमा हिंजो पनि थियो र आज पनि विद्यमान रहेका छ । यदि यस्तो प्रथा नभएको भए एउटै व्यक्ति एउटा दल भित्र कोही डेढ दशक र कोही तिन दशक भन्दा लामो समय नायक भएर रहने थिएनन् । हिंजो जसरी कृष्णको पूजा गरियो आज पनि वर्षौसम्म उच्च पद हत्याउन सफल नायकहरूलाई हामीले स्वागत सत्कार गरिरहेको छौं । यो पनि एक प्रकारको पूजा जस्तै हो । त्यतिमात्र नभएर ति नायकको विकल्प छैन समेत भन्ने गरेका छौं । हिंजो अति उचाइमा देखेका रहेछौं अनि उनैका नामबाट विभिन्न पथ समेत जोडन पुग्यौं । पथ समेत जोडेर पूजागर्न समेत तयार भएको समयमा हामी आफै उन्मत्त भएर कहिले संस्कृत भाषा मृतभाषा भनेर संस्कृत भाषामा लेखिएका अति उच्च स्तरका ग्रन्थहरू जलाउन पुग्यौं अनि कतिजनाका जनै र टुप्पी काट्न समेत पछि परेनौं । यो उन्माद थियो कि थिएन यसको विश्लेषण कहिल्यै गरेनौं । नायकको कार्यशैलीमा असहमत जनाउन हुने रहेनछ तर केही जनाले कार्यशैली मनपराएनौ र । असन्तुष्टि जनाउने हामी मध्य केहीजना विस्तारै किनारा लाग्दै गयौं । तर नायकको नाएकत्व स्विकार गर्नेको संख्या घटाउन सकेनौ । आफै किनारा लाग्ने अवस्था आए पनि कहाँबाट नायकको कार्यशैलीमा औंला ठढ्याउनु ? पछाडिबाट हस हजुर भन्नेको संख्यामा कमी रहेन ।

हिंजो कृष्णको शक्तिलाई देखेर धेरैले उच्च स्तरमा देख्न चाहे अनि उनको कार्यशैलीको निकै मिठो श्वरमा वर्णन गरे । हिंजो र आज हामीले त्यही तरिकाबाट त्यही मार्ग पच्छ्याईरहेका छौं अनि उनीहरूलाई निर्विकल्प देखिरहेका छौं । तर आज हामी हिंजोका कृष्ण मिथ्या थिए आजका हाम्रा नायक अति सच्चा भन्न चुकेका छैनौं । यसैको परिणाम नागरिकको वलिदानीबाट प्राप्त लोकतान्त्रीक व्यवस्थामा समेत प्रश्न चिन्ह लाग्ने अवस्था आएको छ । मानिस सम्यम हुनु सक्छ । तर उसले जे गर्छ र जस्तो गर्छ त्यो सर्बमान्य हुन्छ भन्ने हुँदैन । सर्बमान्य त्यतिवेला हुन्छ जतिवेला सबैको माझमा विषयवस्तु राखेर छलफल हुन्छ र सबैको चित्तले ठीक भन्ने ठानेमा मात्र सर्बमान्य हुन्छ । अहिले पनि यो सर्बमान्य बनाउने परिपाठीको विकास भएको पाइदैन ।

हामीले कृष्णको वाणिलाई मिथ्या भन्यौं । रामको सादगी चरित्र र उनको पराक्रमलाई मिथ्या कथाको रूपमा मात्र लियौं । जसको कार्य शैलीबाट केही शिक्षा पाइन्थ्यो, जीवन वदल्ने एउटा सुत्र पाइन्थ्यो । जसको कार्यशैलीले आदर्शको पात्र बन्न सकिन्थ्यो उसैलाई मिथ्या कथामा बदल्यौं । जसले बलियो दललाई छिन्न भिन्न पार्न चाह्यो र पुन आफू नायक बन्ने सपना देख्यो अनि जसले नागरिकको वलिदानीलाई कौडीको मूल्य जति पनि ठानेन साथै वर्तमान व्यवस्थामा आँच आउँदा समेत आफ्नो जयगान गराउन छोडेन हामी उसैका पछाडि दौडन र उसैलाई मालिक ठानेर स्यावासी दिन छोडेका छैनौं । हामीले एक्काइसौं सताब्दीका मानव भन्छौं तर हाम्रो समग्र व्यवहार दास युगको भयो कि वर्तमान सभ्य समाजको जस्तोभयो ? हामी कुन युगका मानव हौं ? आफै विश्लेषण गर्ने समय आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?