ट्रेंडिंग:

>> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा

नियमनका नाममा नियन्त्रण नहोस्

११ माघ २०८०, बिहीबार
११ माघ २०८०, बिहीबार

सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न तथा सामाजिक सञ्चालको दुरूपयोगको कारण व्यक्ति र समाजमा पर्नसक्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न सरकारले नयाँ ऐन वनाउन सुरु गरेको छ । त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विधेयकमाथि सुझाव मागेको छ । कतिपयले यसलाई सूचनामाथि सरकारले नियन्त्रण गर्न खोजेको अर्थमा समेत बुझ्ने गरेका छन । विगतका धेरै घटना हे¥यौं भने स्पष्ट हुन्छ– छाडा सामाजिक सञ्जालका कारण सयौं परिवारको घरबार विग्रिएको छ । सामाजिक सञ्जाल अहिले हेर्नै नमिल्ने बनाइएको छ । सामाजिक सञ्जालकै कारण कति बालबालिका, युवायुवतीहरू मृत्युको मुखसम्म पुगेका उदाहरण हाम्रै समाजमा छन । यी सवै घटनाक्रम विश्लेषण गर्दा सरकारले सामाजिक सञ्जाललाई नियमन गर्नु आवश्यक छ । यसमा कसैको बिमति छैन तर सरकारले यही नाममा सूचनामाथि सरकारको नियन्त्रण खोजेको हो भने त्यो गलत हो । सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन, व्यवस्थापन तथा नियमन गर्ने ऐनमा उल्लेख छ । यो ऐनबाट समाज समुन्नत, जवाफदेही र जिम्मेवार बनाउन सहयोग पुग्ने कुरामा दुईमत छैन । तर, सरकारले यो ऐनलाई देखाएर आम सञ्चार माध्यमलाई नियन्त्रण गर्ने हतियार चाहिँ बनाउनु हुँदैन । यसतर्फ आम सञ्चार माध्यमको समेत ध्यान जानु जरुरी छ ।

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रमा दर्ता हुनुपर्ने ऐनमा राखिएको छ । साइबर बुुलिङ वा अनलाइन बुलिङ गर्न नहुने, बेनामी वा फेक आइडी बनाउन र प्रयोग गर्न नहुने सामाजिक सञ्जालमा सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने कार्य गर्न नहुने, महिलालाई हानि पु¥याउने सामग्री प्रकाशन वा प्रसारण गर्न नहुने, कसैको आइडी तथा सूचना ह्याक गर्न नहुने र अनुमतिबिना एकको तस्वीर अर्कोलाई दिन वा बिक्री गर्न नपाइने जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने शर्तहरू छन् । यसले निश्चितरूपमा नेपाली समाजलाई जिम्मेवार, नैतिक र अनुशासित बनाउन मद्दत गर्नेछ । निश्चितरूपमा सामाजिक सञ्जालले समाजलाई निरन्तर परिवर्तन गर्न ठूलो सहयोग गरिरहेको छ । आज सामाजिक सञ्जाल जीवन प्रणालीको अभिन्न अंग नै बनिसकेको छ । यसको विस्थापन होइन, संयमित भएर व्यवस्थापन गर्नु जरुरी छ । सामाजिक सञ्जालको सही प्रयोगले समाज उन्नत बनाउन सहयोग पुग्छ । तर, यसको दुरूपयोगले समाजलाई बिकृत र बिसंगत बनाउँछ । आज सामाजिक सञ्जालकै कारण ब्यक्तिका सन्देशहरू अरूसम्म तत्काल पु¥याउन सकिने भएको छ । त्यतिमात्र होइन, यो ज्ञान विनिमय, अवसर उपयोग र मनोरञ्जनको भरपर्दो साथी पनि बनेको छ । त्यसैले यो आधुनिक समाजका लागि निर्विकल्प बनेको छ । सामाजिक सञ्जाल मूलतः सामाजिक सम्बन्धको माध्यम र प्रविधि हो ।

अब व्यक्ति निर्धक्कसँग आफ्ना कुरा आफ्नै पेजमा राख्न सक्छ । सिर्जना सुनाउन सक्छ, संगतको दायरा फराकिलो बनाउन सक्छ । यो अभिव्यक्तिको मञ्च र माध्यम दुवै बनेको छ । सामाजिक सञ्जालकै माध्यमबाट व्यक्तिको आफ्नो पहिचान, सेवा वस्तुको ब्रान्डिङको सहज माध्यम बनेको छ । यो विज्ञापन, बजार र विनिमयको माध्यम पनि वनेको छ । तसर्थ यसको प्रयोग गर्ने नाममा स्वतन्त्रताको खिल्ली उडाउने काम स्वीकार हुन सक्दैन । सरकारले सामाजिक सञ्जाल व्यवस्थित वनाउन सुझाव मागेको छ । आम नेपाली जनताले सरकारलाई दिने सुझावले सामाजिक सञ्जाललाई थप मर्यादित बनाउने विश्वास गरिएको छ । तर, मर्यादित वनाउने नाममा संविधानले दिएको स्वतन्त्रताको अधिकारमाथि हस्तक्षेप मान्य हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?