ट्रेंडिंग:

>> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

सडक र पुल निर्माणका विषयमा काँग्रेसले गरायो ध्यानाकर्षण

१० माघ २०८०, बुधबार
१० माघ २०८०, बुधबार

पाल्पा, १० माघ ।

नेपाली काँग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । काँग्रेसले गुल्मी जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरोन्नती र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य समयमा नभएकाले त्यस क्षेत्रका आम जनताहरु समस्यामा परेको भन्दै सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।

बुुुधबार पार्टी सचिव जगदीश भट्टराई, काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति पारिश्वर ढकालले संयुक्त रुपमा सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख इं.बाबुराम सापकोटालाई सडक र पुल निर्माणका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले कार्यालयमै गएर डिभिजन प्रमुख सापकोटालाई रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरोन्नती र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य रोकिएका कारण सडक अस्तव्यस्त हुुनुुको साथै पुल नहुँदा स्थानीयले सास्ती खेप्नुु परेकाले तत्काल काम अगाडि बढाउनका लागि विभागमा पहल गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । रुद्रवेणी–वामीटक्सार हुँदै ढोरपाटनसम्मको सडक यस क्षेत्रकै सबैभन्दा धेरै सवारी र मालवाहक यातायातका साधनहरु चल्ने पुरानो सडक भएकाले प्रत्येक वर्ष बजेट परेर ठेक्का समेत हुुने तर निर्माण कार्य समयमा नहुँदा जनताले सास्ती भोग्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

रुद्रवेणी–वामीटक्सार सडक अन्तर्गत विभिन्न ठाउँहरुमा गएका पहिराहरु र कज्बेहरुको समयमा मर्मत सम्भार नहुँदा कठिनाई भएकाले तत्काल काम अगाडि बढाई दिन पार्टी सचिव जगदीश भट्टराईले डिभिजन प्रमुख सापकोटालाई आग्रह गरे । उनले रुद्रवेणी–वामीटक्सार सडक अन्तर्गत बादरे पहिरो, जोहाङ्ग–खैरेनी बजारको साघुरो बाटोको बैकल्पिक व्यवस्थाका लागि आवश्यकता अनुसार पहल गरी कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

यस्तै सो सडक खण्डा अन्तर्गतको नादेवा खोला, डहरे खोला, भार्से खोला, गेदी खोलामा पक्की पुल निर्माणको लागि ठेक्का भइसकेको तर काम समयमा सुरु नभएका कारण समस्या भएकाले सो तत्काल गर्नु÷गराउनुहुन क्षेत्रीय सभापति ढकालले डिभिजन प्रमुखसँग आग्रह गरे । उनले सिंचाई अन्तर्गत रहेको कुलोका लागि सडक डिभिजन कार्यालयले समेत समन्वय गरिदिन आवश्यक रहेको बताए ।

क्षेत्रीय सभापति ढकालले स्थलगत अवलोकन गरेरै भए पनि यथाशक्य छिटो काम अगाडि बढाउन डिभिजन प्रमुख सापकोटालाई आग्रह गरे । ध्यानाकर्षण पत्र बुझ्दै डिभिजन प्रमुख सापकोटाले सडक र पुल निर्माणका विषयमा भएको ध्यानाकर्षणलाई आफुले सक्दो पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np