ट्रेंडिंग:

>> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

हवाई दुर्घटनाबाट पाठ सिक्ने कहिले ?

३ माघ २०८०, बुधबार
३ माघ २०८०, बुधबार

गत बर्षको माघ १ गते । आम नेपाली जनता माघी अर्थात खिचडी पर्व मनाईरहेका बेला पोखरामा यति एयरको जहाज दुर्घटनामा नेपाली र विदेशी गरि ७२ जनाको मृत्युको खबर सुन्न विवस भएका थियौं । नेपाली आकासमा आन्तरिक उडानतर्फ भएको त्यो अहिलेसम्मकै ठूलो जहाज दुर्घटना थियो । चालक दलका सदस्यसहित ७२ जनाको मृत्युको घटनाले सिंगो देश आजसम्म पनि शोकमग्न वनेको छ । त्यो पीडादायी घटनाको सोमबार एक बर्ष पूरा भएको छ तर नेपालीको मन र मुटुबाट त्यो ह्दयविदारक घटनाको पीडा बिस्मृत भएको छैन । सेतीको खोँचमा भएको दुर्घटनाको उद्धारमा कठिनाई हुँदा दुर्घटनामा ज्यान गुमाएका आफन्त परिवारले समयमै शव पाउन समेत कठिनाईको अवस्था उत्पन्न भएको थियो । यति एयरको जहाज दुर्घटनाले सिंगो देशलाई शोकमा परिणतमात्रै गरेको थिएन, देशका होनहार नागरिकको अवसानले ठूलो क्षति भएको कुरा कहिल्यै बिर्सन सकिदैन् ।

बिमान दुर्घटनाको एक बर्ष पूरा हुँदै गर्दा नेपाली आकास अभै सुरक्षित हुन नसकेको त्यसपछिका विभिन्न उडानहरूले स्पष्ट गरेका छन । यति, श्री र बुद्ध तथा गुण एयरका उडानहरू सुरक्षित नरहेको कुरा उडान हुँदै गर्दाका उदाहरणले स्पष्ट गरेकै छन । तसर्थ नेपाली आकासलाई सरक्षित गराउने काममा ढिलाई भैरहेको छ । यति जहाज दुर्घटनाको १८ महिना अघिपनि पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परेको थियो । त्यसैगरी नेपालको आन्तरिकतर्फका धेरै जहाज दुर्घटनामा परेको उदाहरण र इतिहास नेपालको उडड्यन क्षेत्रमा छन् । जहाज दुर्घटनामा नेपालले ठूलो मानवीय क्षति बेहोर्दै आएको छ । तसर्थ अव नेपाल सरकारले नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित र भरपर्दो वनाउन नेपालमा पुराना र जीर्ण भएका जहाजको विस्थापन अर्थात विकल्प खोज्नुपर्ने भएको छ । विदेशमा चलाएर पत्रु परेका जहाज लिलामीमा नेपालमा आउने र ती नेपाली बायुसेवा कम्पनीले चलाउने गरेको उदाहरण अहिलेका जहाज हुन भन्दा अन्यथा हुँदैन । तसर्थ नेपालमा अव थोत्रा र पुराना जहाज चलाउनै प्रतिवन्ध गर्नुपर्दछ । नेपाल सरकारले कति बर्ष पुराना जहाज चलाउन रोक लगाउने हो, त्यसमा अव एउटा ठोस निर्णय गर्नैपर्दछ । जहाजको आन्तरिक परिक्षणमा पनि ध्यान दिनेतर्फ सोच्नु जरुरी छ । सरकारले आन्तरिक उडान अनिवार्य जाँच गरेरमात्र उडाउन दिने निर्णय त गरेको छ तर त्यो निर्णय अहिले कार्यान्वयनमा छैन । नेपालमा घटना भएपछि मात्रै छानबीन गर्ने र प्रतिकृया जनाउने वा लिने परम्परा छ । त्यसमा अव सुधार जरुरी छ । सरकारले अहिलेदेखि नै यो क्षेत्रमा गंभीर ढंगले कदम चालोस् ।

सरकारले दुर्घटना भएपछि छानविन समिति गठन गरेको थियो । त्यो समितिले केही महिना अघि आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै दुर्घटनालाई मानवीय त्रुटी भनेको छ । तर, त्यतिमात्र होइन । यति एयरको जहाज विदेशमा असफल भएपछि नेपाल ल्याइएको त्यतिबेलै पुष्टी भएको थियो । अव विदेशबाट खरिद गरेर ल्याउने जहाजका विषयमा पनि अव खोज अनुसन्धान गरेरमात्र उडान अनुमति दिनुपर्ने देखिन्छ । यतिको जहाज भारतमा समेत चलेको थियो तर त्यहाँ समस्या देखिएपछि सन. २०१९ मा यति एयरले नेपाल ल्याएर चलाएको थियो । बाहिर असफल भैसकेका जहाजलाई नेपालमा उडानको अनुमति दिनु नै गलत हो । यतिमात्र होइन त्यस्ता धेरै जहाज छन, जो बाहिर असफल भएपछि नेपाल आकासमा उडाउने गरिएको छ । नेपाल सरकारले नेपालको उडड्यन क्षेत्रलाई सुरक्षित वनाउने हो भने धेरै सुधारको पहल लिन जरुरी छ । दुर्घटना भएपछि छानवीन समिति गठन गरेर मात्रै हुँदैन । नेपाली आकासलाई सुरक्षित वनाउने हवाईजहाजलाई मात्र उडान अनुमति दिनुपर्दछ । यति जहाज दुर्घटनाको एक बर्ष भैसकेको अवस्थामा अव त्यस्ता घटना सुन्नु र देख्नु नपरोस् । नेपालको हवाई यात्रा सुरक्षित वनाउन सम्बन्धित पक्ष सवैले पहल गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?