ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते

त्रासदीका बीच राष्ट्रिय भूकम्प सुरक्षा दिवस

२ माघ २०८०, मंगलवार
२ माघ २०८०, मंगलवार

जाजरकोट भुकम्पले दिएको त्रासदी र पीडाका बीच आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईदैछ । जाजरकोट भुकम्पको पीडा सेलाउन नपाउँदै मुलुक एकपटक भुकम्पको सुरक्षाका बिषयमा गंभीररूपमा बहस गर्नुपर्ने संघारमा आईपुगेको छ । निश्चितरूपमा जाजरकोट भुकम्पको घाउ अझै पुरिएको छैन । पीडितहरू अझै अस्थायी आवासमा बस्न विवस छन । त्यसबीचमा आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईदैछ । वि.सं. २०९० सालमा गएको ठूलो भुकम्पका कारण ज्यान गुमाएका नेपालीहरूको स्मृतिमा पहिलोपटक नेपालमा भुकम्प दिवस मनाउन थालिएको हो । पछि, त्यसलाई राष्ट्रिय भुकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालियो । भुकम्प सुरक्षा दिवसको अवसरमा देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम समेत आयोजना हुने भएका छन । त्यसो त नेपालमा २०७२ सालमा आएको भुकम्पपछि जनतामा केही जागरण अवश्य आएको छ । भुकम्पछि मापदण्ड अनुसारको घर निर्माण गर्ने क्रम बढेको छ । यद्यपि नेपाल अहिलेपनि भुकम्पीय जोखिमका हिसावले अत्यन्त जोखिममा पर्दछ । भुकम्प आएपनि त्यसबाट बच्ने उपाय र आधारका रूपमा हामीसंग सशक्त पूर्वाधार छैन । तथापि जनतामा आएको जागरणले भुकम्पबाट बच्न सकिने आधार स्थापित भएका छन । यसलाई पनि नेपालको हकमा सन्तोषजनक नै मान्नुपर्दछ । भुकम्पको चुनौतिकै कुरा गर्दा अहिलेपनि प्राकृतिक सम्पदाहरू जोखिममा छन । तिनको समयमै पुनर्निर्माण सम्पन्न नहुँदा ऐतिहासिक धरोहरहरू ढल्ने अवस्थामा छन ।

अर्को गंभीर कुरा के छ भने नेपालको पश्चिम क्षेत्र भुकम्पीय जोखिमका हिसावले अत्यन्त सम्बेदनशील मानिएको छ । तसर्थ यस क्षेत्रका जनताले भुकम्पीय सुरक्षाका सवै संयन्त्र प्रयोग गर्नु जरुरी छ । भुकम्प कहिले आउँछ भन्ने कुनै निश्चित नभएपनि त्यसबाट जोगिनको लागि पूर्व सचेतना आवश्यक रहेकोमा भने भुकम्पवीदहरूले सचेत गराएका छन । उनीहरूका अनुसार अहिलेपनि नेपालले भुकम्प आईहालेमा जोगिने उपायका लागि प्रभावकारी संयन्त्र निर्माण गरेको छैन । उही कमजोर व्यवस्थापनले भुकम्पको चुनौति कम हुन सक्दैन । नेपाल आफैमा भुकम्पको लागि जोखिमको देश हो भन्दा अत्युक्ति नहोला । अर्कोतर्फ विश्वका ठूला बैज्ञानिकहरूले पश्चिम नेपालमात्रै होइन नेपाल नै भुकम्पका कारण जोखिममा रहेको चेतावनी दिदै आएका छन् ।

समयक्रमसंगै भुकम्पको सामना गर्नुपर्ने बाध्यता आईरहेको छ । नेपालको २०९० सालको भुकम्प होस वा त्यसपछि विभिन्न समयमा गएका भुकम्प नै किन नहुन, भुकम्पबाट जोगिने बिषयमा सरकारी स्तरबाट खासै प्रभावकारी योजना निर्माण गरेको देखिएको छ । चाहे त्यो ०९० सालको भुकम्प होस वा आठ वर्ष अघिको वा त्यसपछिका अनेकौं पराकम्प नै किन नहुन । नेपालले भुकम्पवाट बच्न त्यस किसिमको सुरक्षा व्यवस्था गर्न सकेको छैन । केवल नारामा मात्र दिवसको सार्थकता खोज्ने कामले औपचारिकता पाईरहेको छ । पूर्व तयारी, जोखिमबाट बच्ने उपाय, उद्धारका सामाग्रीहरूको व्यवस्था छैन । तसर्थ यस विषयमा पनि सरकारको ध्यान जानु जरुरी छ । अनिमात्र दिवस मनाउनुको सार्थकता रहला । मंगलवार मनाउँदै गरिएको भुकम्प दिवसको अवसरमा सवैमा भुकम्पबाट बच्न सोही अनुसारको मापदण्ड प्रयोगमा ध्यान दिनु अव अत्यावश्यक भैसकेको छ । जाजरकोट भुकम्पले दिएको पीडा र घाउ पुरिएको छैन । त्यसअघि २०७० सालको भुकम्पले पु¥याएको भौतिक र मानवीय क्षतिबाट मुलुकले ठूलो नोक्सानी बेहोरेको थियो । अहिलेफेरी बैज्ञानिकहरू पश्चिममा भुकम्पको खतरा औंल्याईरहेका छन । यदी फेरीपनि शक्तिशाली भुकम्प आईहालेमा कमभन्दा कम क्षति हुनेगरी तयारी गर्नु जरुरी छ । नेपाल सरकार, प्रदेश र पालिकाहरूले पनि भुकम्प सुरक्षा दिवस मनाईरहँदा यो बिषयलाई नजरअन्दाज गर्नु हुँदैन । त्यसका साथै नागरिक स्वयं पनि आफू सचेत बन्नु जरुरी छ । भुकम्पको संभावित जोखिमबाट बच्न भुकम्प प्रतिरोधी घर निर्माणमा कमी आउन नदिऔं । राष्ट्रिय भुकम्प सुरक्षा दिवसले हरेक नागरिकमा यो जागरण सिर्जना गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?