ट्रेंडिंग:

>> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी >> ‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य >> तिलोत्तमा–३ मा ७ दिने उदघोषण तालिम सकियो

एकादेशको कथा जस्तो ‘सह्रसधारा मेला’

१ माघ २०८०, सोमबार
१ माघ २०८०, सोमबार

बुटवल, १ माघ । कस्तुरीले आफनो नाभीमा रहेको बिणाको बारेमा चाल पाउदैन । मिठो बास्ना खोज्दै जंगलमा भौतारिने गर्दछ । रुपन्देहीबासी पनि आफनो वरपरका धेरै धार्मिक पर्यटकिय स्थलको पहिचान, संरक्षण र प्रचारप्रसारमा पछि गरेका छौ । यहाको धार्मिक महत्वलाई बुझेर भारतका विभिन्न शहरबाट धार्मिक पर्यटकहरु भित्रने बुटवल उपमहानगरपालिका वडा नं ३ र पाल्पा क्षेत्रमा पर्ने सह्रसधाराको बारेमा स्थानियहरु नै अनविज्ञ छन । सह्रसधारा पथ निवासी ८० वर्षिय केशव पौडेल (चश्मे हल्दार) सह्रसधारा मेलाको साक्षी हुन । उनी युवा अवस्था हुदा मेलामा साथीभाईसंग रमाईलो गर्थे । धार्मिक पर्यटकको भिड लाग्ने सह्रसधारामा उनी सहयोगीका रुपमा खटिने गर्दथे । ‘कुनै समय धार्मिक स्थल सह्रसधारामा ठूलो मेला लाग्ने गर्दथ्यो ।’—उनले भने । बर्षेनी माघे संङक्रान्तिको दिन स्नान र पुजा पाठ गर्ने आन्तरिक र बाह्य पर्यटक र ब्यापारीहरुको भिड लाग्ने गर्दथ्र्यो । कतिपय मेला भर्न तराईबाट आउने भिड लाग्ने गर्दथ्यो । पसलेहरुलाई ब्यवस्थित गर्ने, धार्मिक पर्यटकहरुलाई सहज दर्शनको ब्यवस्थापनको काममा पौडेल साथिहरुसंग खटिन्थे । ‘बाटैभरि पुजा सामग्री, मिठाई, मालाका परिकारहरु राखिन्थ्यो ।’–उनले भने । पत्रे चट्टानमा पर्ने यो झरना भासिदै गएको छ । नया पुस्तालाई यो विषयमा खासै ज्ञान छैन ।

पछिल्लोसमय माघे संघ्रान्ती मेलालाई जगाउन स्थानियहरु लागेका छन । सह्रसधारा शिवालय मन्दिर समितिका अध्यक्ष राजकुमार पाण्डेले ससाना सहयोग जुटाएर पुर्वाधार विकास र पुजालाई निरन्तरता दिदै आएको बताए । सो स्थानमा स्थानिय समाजसेवीको अगुवाईमा १० वर्ष अघि मन्दिर निर्माण भएको छ । विशेष गरि माघे संङक्रान्ति र शिवरात्रीमा यहा पुजाआजा गरिदै आएको छ । पुजाआजाबाट उठेको रकमबाट संरक्षणको काम हुँदै आएको छ । सरकारबाट ब्यवस्थापनको पाटोमा काम सुस्त हुदा ओझेलमा परेको उनले दुखेसो गरे । ‘बर्सेनि स्नान गर्न आउने पर्यटकहरुलाई भने सास्ती छ ।’—उनले भने । प्रत्येक वर्ष अस्थाई पुल निर्माण गर्ने काम स्थानिय युवाहरुले गर्दै आएको छ । यो काममा न्युनतम २२–२५ हजार रुपैया खर्च हुन्छ । मन्दिर समिति र युवाहरुको श्रमदान गरेर काठबाट अस्थाई पुल बनाउने काम गर्दै आएको उनले बताए । मन्दिर ब्यवस्थापन समितिबाट दर्शनार्थीहरुलाई तातो चिया, तरुल, प्रसाद बितरण गरिदै आएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकालले सह्रसधाराको ऐतिहासिक, धार्मिक महत्व रहेको बताए । पाल्पा र रुपन्देही जिल्लाको समन्वयमा दीर्घकालिन योजनासहित डिपिआर बनाएर यो क्षेत्रको विकास गर्न जरुरी रहेको उनले बताए । प्रचार बिना नै यहा पर्यटकहरु आउने भन्दै यहा लाग्ने मेलालाई संरक्षण गर्दै जगाउने तर्फ लाग्नुपर्ने उनले बताए ।

सह्रसधाराको धार्मिक महत्व छ । किवदन्ती अनुसार यस भुमिमा सिद्धयोगीहरुको बास भएको स्थलको रुपमा परिचित छ । तिनाउ नदी पारी एकान्त, शान्त मनोरम वातावरणमा योगीहरु ध्यानमा बस्ने गरेका थिए । यहाँ एउटा गुफा छ । झरनाको तल्लो स्थानमा रहेको गुफासंगै तातो पानीको मुहार पनि छ । जहाँबाट गर्मीमा चिसो र जाडोमा तातो पानी आउने गर्छ । आज नुहाउदा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । बुढापाकाहरु यहाँ सत भएको मान्छन । माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् । आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?