ट्रेंडिंग:

>> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी >> ‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य >> तिलोत्तमा–३ मा ७ दिने उदघोषण तालिम सकियो

वसन्तपुर ‘हाईकिङ’

२९ पुष २०८०, आईतवार
२९ पुष २०८०, आईतवार

बुटवल, २९ पुस ।  पुस महिनाको चिसो, हुस्सुले ढाकिएको बुटवल । केवलकारको सुबिधा छोडेर युवाहरू हाईकिङ हँुदै कामाख्या दर्शनमा निस्किए । बुटवलको बमघाटदेखि बसन्तपुरसम्म पुग्ने पुरानो गोरेटो बाटो खोजी गर्दै युवाहरू हाईकिङ प्रवद्र्धन गर्ने लक्ष्यसहित जम्मा भएका थिए । पुरानो बाटो पहिल्याउनु भने सहज थिएन । राष्ट्रिय युवा संघ नेपाल रूपन्देही जिल्ला कमिटीको आयोजनामा समृद्धिको लागि पर्यटन प्रवर्द्धन भन्ने मुल नारासाथ बुटवल (गोलपार्क) देखि बसन्तपुरसम्मको बृहत ह्याईकिङ्ग कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागी थिए पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष बिष्णु पौडेल । बिहान ७ बजे हिँड्ने भनिएपनि जुट्दा ८ बज्यो । युवासंगै कार्यक्रममा रूपन्देहीका शिक्षण, पत्रकार, ब्यवसाय पेशाका साथै राजनीतिक नेताहरू गरि गर्ने करीब २ सय सहभागी थिए ।
हौसिएर शुरुवात भएको यात्रा चौपारीसम्म पुगेपछि गति कम भयो । पूर्वअर्थमन्त्री पौडेल आफै सहभागी भएको हुँदा पनि कार्यक्रममा आकर्षण थियो । सबै खाले उमेरका सहभागी रहेको यात्रामा गोरेटो बाटो पहिल्याउनु चुनौती बन्यो ।

पर्यटन ब्यवसायी तथा होटल एशोसियसनका केन्द्रिय सदस्य गोपाल राना लुम्बिनीको पर्यटनमा हाईकिङलाई जोड्नुपर्ने बताउँछन । घुम्न मन पराउने उनी देशको आर्थिक विकासको आधार पर्यटन भएको बताउँछन । ‘हामीले लोकललाई नै प्राथमिकता दिनुपर्छ ।’—उनले भने । प्राकृतिक गोरेटो बाटोमा मानिसहरू कम हिँड्ने र वर्षेनि पहिरोले गर्दा धेरै ठाउँमा गोरेटो बाटो खोज्न कठिन भएको उनले बताए । अब बाटो पहिचानको कामलाई जोड दिनुपर्ने उनले सुझाव दिए ।

सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख चित्र बहादुर केसीले बुद्धजन्मस्थल लुम्बिनीमा वार्षिक भित्रने पर्यटकको बसाइँ लम्ब्याउने गरि योजनाहरू बनाउन जरुरी रहेको बताए । बुद्धजन्मस्थलसँगै अन्य धेरै पर्यटकिय सम्भावना बोकेको क्षेत्रहरूमा साहसिक खेलहरूलाई जोडेर लैजानुपर्ने सुझाव दिए ।

हाईकिङ रमाईलो लिएका प्राध्यापक बाबुराम बन्जाडेले यस क्षेत्रको अर्गानिक विषयलाई जोडेर पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने बताउँछन । ‘हामीसँगै धेरै कला, संस्कृतिहरू छन ।’—उनले भने । यसैलाई नै पर्यटकमाझ पस्कन सके आर्थिक रूपमा आयआर्जन हुने उनले बताए ।
राष्ट्रिय युवा संघ रूपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले युवाहरूमार्फत नै देशमा धेरै परिवर्तन आएको भन्दै अब आर्थिक विकासमा युवाहरूको अग्रसरता जरुरी रहने बताए । प्रचारका रूपमा गरिएको कार्यक्रमले अब भने यस क्षेत्रका पर्यटन ब्यवसायीहरूलाई बाटो खोल्न मद्दत मिल्ने उनको दाबी छ । देशको आर्थिक समृद्धिका लागि पर्यटनको बिकल्प नरहेको उनले बताए ।

समृद्धिको लागि पर्यटन प्रवर्द्धन भन्ने मुल नारासहित साथ बुटवल (गोलपार्क) देखि बसन्तपुरसम्मको बृहत ह्याईकिङ्ग कार्यक्रम भब्य रूपमा सफल भएको उनले बताए । पदयात्रामा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरी, माधव शर्मा, खिमलाल भट्टराई, केन्द्रीय सदस्य सावित्रा अर्याल, गोमा देवी आचार्य, प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, युवा संघका नेता तथा कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?