ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास

सञ्चार क्षेत्रको विकासमा आग्रह पूर्वाग्रह राख्दिनः मन्त्री पाण्डे

२८ पुष २०८०, शनिबार
२८ पुष २०८०, शनिबार

भैरहवा, २८ पुस ।

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले संचार क्षेत्रको विकासको लागि स्वतन्त्र ढंगले काम गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको मिडिया साक्षरता कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफु दल भन्दा माथि उठेर सबै क्षेत्रको विकासको लागि काम गरिरहेको बताए । उनले आफूले प्रतिनिधित्व गरेको पार्टी निकटका पत्रकारहरु नरहेको बताउँदै आफू कसैप्रति आग्रह वा पूर्वाग्रह राख्नु पर्ने अवस्थामा नरहेको बताए । “मेरो दल निकट कुनै पत्रकार छैनन् त्यसैले पनि मलाई सबैको पक्षमा सहज ढंगले काम गर्ने अवसर छ’’ उनले भने । उनले प्रदेश सरकारका तर्फबट बनाउनुपर्ने कानुन र अन्य सञ्चार क्षेत्रको सबलीकरणका काम गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मिडिया साक्षरता अहिलेको आवश्यकता रहेको बताए । “मिडिया कर्मी र आम नागरिकको लागि पनि मिडिया साक्षरता आवश्यक छ“ उनले भने, “समग्र मिडियाको प्रक्रियाबारे आमनागरिक पनि जानकार हुन जरूरी छ ।”

मिडियाबारे कुनै गुनासो भएको खण्डमा कसरी कानुनी उपचार खोज्ने भन्ने विषय पनि आम नागरिकले जान्नुपर्ने उल्लेख गर्दै अध्यक्ष पोखरेलले मिडिया साक्षरताले मिडियाकर्मी र नागरिकको सम्बन्धमा मजबुत बनाउन समेत सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले लुम्बिनी प्रदेश सरकारले गतवर्ष अनलाइन पत्रिकालाई दिएको अनुदान कटौती गरेकोमा दुःख व्यक्त गरे । संचारको विकासका लागि काम गर्छु भन्ने सरकारले मिडियाले पाउँदै आएको अनुदान कटौती गर्न नहुने उनको भनाई छ ।

लुम्बिनी प्रदेशका सबै जिल्लाका पत्रकारलाई मिडिया साक्षरता दिने गरी कार्यक्रम तय भएको पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, रुपन्देही शाखाका उपाध्यक्ष अमृता अनमोल, प्रदेश सदस्य मिना ढकाल लगायतले बोल्दै मिडिया साक्षरता जनप्रतिनिधिसमक्ष पु¥याउनुपर्नेमा जोड दिए । तालिममा रूपन्देही र नवलपरासीका २५ जना पत्रकार सहभागी छन् ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np