ट्रेंडिंग:

>> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मानव अधिकार उल्लंघन चिन्ताको बिषय

२४ मंसिर २०८०, आईतवार
२४ मंसिर २०८०, आईतवार

‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने नाराका साथ विश्व मानव अधिकार दिवस आज आईतवार मनाईदैछ । प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरूप यो दिवस मनाउने गरिएको हो । विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणापत्र हो । तसर्थ मानव अधिकार आज विश्वव्यापी अधिकार बन्न पुगेको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष पुगेको छ तर विश्वमा मानव अधिकारको अवस्थामा भने सुधार आउन सकेको छैन । चाहे त्यो रुस युक्रेन युद्धको क्रममा भएको मानवीय विनास होस वा पछिल्लो इजरायल र गाजामा भैरहेको मानव नरसंहार होस । युद्धका बाछिटाहरूले मानव जीवनलाई ध्वस्त बनाउँदै लगेका छन । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने विगत १० बर्षको सशस्त्र द्वन्द्वले छोडेको अवशेष अझै जारी छ । १७ हजारको ज्यान जाने गरी भएको सशस्त्र द्वन्द्वका पीडितले अझै न्याय पाउन सकेका छैनन् । मर्ने त मरेर गए, बाँचेकाहरूले द्वन्द्वको अवशेष जीवनभर बोकेर बाँच्नुपरेको छ । द्वन्द्व पीडित र बेपत्ता परिवारले अझै न्याय पाउन सकेका छैनन् । बेपत्ताहरूको अवस्था राज्यले सार्वजनिक नगर्दा पीडित परिवारहरू न्यायबाट समेत बञ्चित भएका छन । अर्कोतर्फ नेपालमा अहिलेपनि जाति, धर्म, लिङ्ग, भाषा, राजनीतिक वा अन्य विचारका नाममा विभेद कायमै छ । आफ्नो अधिकारको वकालत गर्दा अरूको अधिकार हनन हुन्छ भन्ने बुझ्ने कसले ? सोचनीय बिषय छ ।

मानव अधिकार मानिसको जन्मपछि उसले पाउनु पर्ने अधिकारहरू हुन् । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरू मानव अधिकारभित्र पर्छन् तर आज मानव अधिकारको उल्लंघन भैरहेको छ । संविधानले निर्दिष्ट गरेका अधिकारको रक्षाका लागि सरकार आफै नियममा रहनुपर्नेमा तोड्ने काम भैरहेको छ । मानव अधिकार तथा शान्ति समाजले मानव अधिकारका बिषयमा बर्षौदेखि बहस र पैरवी गर्दै आएको छ तर मानव अधिकारको अवस्थामा सुधार आएको छैन । मुलुकभरी अहिले कुनै न कुनै रूपमा हिंसाका घटना बढेका छन । चाहे त्यो प्रेमीले धोका दिएको रूपमा होस या गृहणीमाथिको अत्याचार वा विवाहपछिका दाईजो लगायतका घटना नै किन नहुन । शान्ति समाजले पनि यस प्रकारका घटनाको नियन्त्रणमा जोड दिएको छ । यो राम्रो कुरा हो तर जबसम्म हाम्रो समाज सभ्य, जिम्मेवार र नैतिक हुँदैन तबसम्म यस प्रकारका घटनाले निरन्तरता पाईरहने देखिन्छ । प्रसंग र सन्दर्भ के हो भने सम्वद्ध अधिकारबादी संघ संस्थाले समय समयमा विभिन्न कार्यक्रम गरेर अपराधजन्य घटना नियन्त्रणमा चासो दिनु जरुरी छ । महिला अधिकारको कुरा अहिले कागजमै खोज्नुपर्ने अवस्था आएको छ । तराईमा दाईजोको निहुँमा ज्यूँदै आगो लगाएर हत्या गरिएका घटना नै किन नहुन, आजको विश्व मानव समाजका लागि यस्ता घटना बर्बर र आततायी छन । मानव समाजका लागि कलंक हुन । यस्तो नियति अरू नेपाली अव भोग्नु नपरोस् । हाम्रो समाजमा रुढीवादी परम्पराका कारण हुने हिंसा हुन् या गाजा क्षेत्रमा भइरहेका हिंसा वा अफगानिस्तानमा महिलामाथि भइरहेका हिंसाहरू किन नहुन्, सबै मानव अधिकारका उल्लंघनका घटना हुन् । तसर्थ आजको दिन हामीले आफ्नो तर्फबाट पनि मानव अधिकार उल्लंघनतर्फ कदम नचाल्ने संकल्प लिऔँ । दिवसलाई औपचारिक भन्दा पनि संकल्प गर्ने उत्सवको रूपमा मनाऔं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?