ट्रेंडिंग:

>> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान

क्यालेण्डरमै सीमित लगानी सम्मेलन

२२ कार्तिक २०८०, बुधबार
२२ कार्तिक २०८०, बुधबार

लुम्बिनी प्रदेश सरकारले संघीय संरचना बनेर प्रदेश सरकार वनेपछि हरेक बर्ष लगानी सम्मेलन गर्ने भन्दै बार्षिक नीति तथा कार्यक्रममै प्राथमिकता दिदै आएको छ । लुम्बिनी प्रदेश सरकार बनेको ६ बर्ष भैसक्यो । यसबीचमा चारवटा प्रदेश सरकार बने । हरेक प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमै लगानी सम्मेलन गर्ने घोषणा सहित कार्यक्रम समावेश गर्दै आएका छन तर अहिलेसम्म लगानी सम्मेलनले सार्थकता पाएको छैन । लगानी सम्मेलन क्यालेण्डरमै सीमित भएको छ । लुम्बिनी प्रदेशको सवैभन्दा पहिलो मुख्यमन्त्री शंकर पोखरेल सरकारले ल्याएको पहिलो नीति तथा कार्यक्रममा समावेश गरिएको लगानी सम्मेलनको कुरा पछिल्लो डिल्लीवहादुर चौधरी नेतृत्वको प्रदेश सरकारले पनि प्राथमिकतामै राखेको छ तर लगानी सम्मेलन हुन सकेको छैन । बरु बासु घिमिरे नेतृत्वको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर नयाँ सन्देश दिएको विर्सन सकिदैन ।

नेपालको अर्थतन्त्रले अझैपनि आशातीत परिणाम दिन नसकेको अवस्थामा लगानी सम्मेलन संघीयदेखि प्रदेश सरकारका लागि पनि महत्वपूर्ण सरोकारको बिषय थियो । लगानी सम्मेलनवाट बैदेशिक लगानी भित्रिने आशा राख्नु अन्यथा होइन तर लगानी सम्मेलन नै गर्न नसक्नु चाहिँ बिडम्वनाकै बिषय हो । त्यसै त मुलुकमा राजनीतिक खिचातानी र जालझेलका कारण अहिले मुलुक दिशाहीन भैरहेको छ । जसको प्रत्यक्ष असर लगानीमा परिरहेको छ । विदेशका लगानीकर्ताहरू नेपालमा लगानीको सुरक्षित वातावरणको अवसरमा छन तर त्यो अवसरको उपयोग गर्न नपाउँदा केवल निरासावाहेक केही छैन । नेपालमा जारी राजनीतिक अस्थिरताका बीचमा लगानीकर्ताहरू लगानी गर्न हिचकिचाईरहेका छन् । उद्योगी मैत्री वातावरण मुलुकमा छैन । २०५२ सालयता मुलुकमा सञ्चालनमा रहेका उद्योगहरू समेत धरासायी बन्दै गएका छन् । कतिपय त थेग्न नसकेर बन्द समेत भए । बडो दुःखका साथ भन्नुपर्छ ऋण धन गरेर लगानी गरेको उद्योग व्यवसाय बन्द गर्नुपर्दा उद्योगीहरूको अवस्था कस्तो हुन्छ ? सायदै कल्पना गर्न सकिन्छ । यो अवस्थामा बन्द भएका उद्योग व्यवसायलाई लगानी सम्मेलनका माध्यमबाट पुनः सञ्चालनको बाताबरण बनाउन सकिन्छ । तर, त्यसमा पनि सम्वन्धित निकायको ध्यान जान सकेको छैन । बैदेशिक लगानी भन्दा पनि नेपालकै लगानीकर्ताहरूलाई सुनिश्चितता सहितको प्रतिवद्धता दिएर स्वदेशकै लगानीलाई प्राथमिकता दिनु सर्वाधिक महत्वको कुरा हो ।

मुलुकको आर्थिक विकासमा ठूलो योगदान गर्न सक्ने नीजि क्षेत्रको विकास तथा विस्तारमा सरकारले समयमै सोँच्न जरुरी छ । सरकारले उद्योग व्यवसायमा भएको लगानी संरक्षण गर्ने गरी ऐन कानुनहरू वनाउने र भएका ऐन कानुनको सहज कार्यान्वयन मात्रै गर्ने हो भने पनि उद्योग व्यवसायको विकासमा एउटा ईटा पक्कै थपिने छ । तर सरकारमा सहभागी दल र तिनका नेतृत्वकर्ताहरूले आर्थिक अवस्थाको यो भयावहताप्रति गंभीर हुन ध्यान दिइरहेका छैनन् । यो अवस्थामा केवल लगानी सम्मेलनवाट मात्र मुलुकको विकास खोज्ने सरकारी प्रवृत्ति गलत छ । तर, पनि घोषित लगानी सम्मेलन समेत गर्न नसकेर सरकार तथा प्रदेश सरकार कमजोर बन्दै गएका छन् । लगानी सम्मेलनले औद्योगिक जागरण सिर्जना हुने भएकोले अव ढिलाई नगरी प्रदेश सरकारले त्यसतर्फको काम अघि बढाओस् । होइन भने बर्षौदेखि नीति तथा कार्यक्रममा समावेश लगानी सम्मेलनको कुरा हटाउने काम होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?