ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते

तिलौराकोट अब विश्व सम्पदा सूचीमा

२१ कार्तिक २०८०, मंगलवार
२१ कार्तिक २०८०, मंगलवार

गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको सुन्दा कपिलवस्तुका मात्रै होइन, लुम्बिनी प्रदेशकै जनतालाई खुसी बनाएको छ । तिलौराकोट नेपालकै ठूलो खुला संग्रहालय हो । अहिलेसम्म तिलौराकोट सम्पदा क्षेत्रको संरक्षणमा ध्यान नदिँदा त्यहाँ रहेका ऐतिहासिक तथा पुरातात्विक बस्तुहरू त्यत्तिकै नष्ट र खेर गैरहेका छन । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको जवाफ पर्खिरहेको सुन्दा लुम्बिनी प्रदेशबासी गौरवान्वित हुने अवस्था आएको छ । अहिलेसम्म तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट गौतमबुद्धको राजप्रसाद रहेको पुरातात्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको प्रमाणित भए अनुसार संरक्षित क्षेत्रका रूपमा सूचीकृत गर्ने काम भइरहेको बताइएको छ । तिलौराकोट अहिलेसम्म पनि विश्व सम्पदा सूचीमा सूचिकृत नहुनु बिडम्वनाको कुरा थियो । तर अव पुरातत्व विभाग समेत तातिएकोले सन् २०२४ सम्ममा सूचीकृत गर्ने तयारी अनुसार युनेस्कोले पठाएको जवाफ अनुसार तयारी गरेर आगामी विश्व सम्पदा सम्मेलनमार्फत थप प्रक्रिया अघि बढाइने भएको छ । मठ मन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार देखिएको छ । यसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीसंगै बुद्धले बिताएको २९ बर्षे शैशवकालको पहिचान र संरक्षणमा ठूलो उपलब्धि हासिल हुनेछ ।

यसअघि कपिलवस्तुको राजप्रासाद क्षेत्र तथा शुद्धोधनको ऐतिहासिक राजप्रासाद दरवार रहेको प्राचीन तिलौराकोटमा यसअघि भएको उत्खननले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत हुन महत्वपूर्ण सहयोग प्राप्त भएको हो । अहिलेपनि तिलौराकोट उत्खननका क्रममा महत्वपूर्ण ऐतिहासिक भग्नावशेषहरू प्राप्त भएका छन । ती भग्नावेशषले प्राचीन तिलौराकोटको राजधानी कपिलवस्तु नै रहेको प्रमाणित गरेका छन । उत्खननवाट प्राप्त बुद्धकालीन ऐतिहासिक वस्तुहरूले अव भगवान गौतमबुद्धले विताएको शैशवकालका २९ वर्ष अन्य कहीं नभएर यहीं तिलौराकोट नै हो भन्ने प्रमाणित भैसकेको छ । यद्यपि तिलौराकोटमा यसअघि पनि उत्खनन् नभएको होइन । प्रत्येक वर्ष हुने उत्खननवाट प्राचीन तिलौराकोट दरवार क्षेत्रमा नयाँ नयाँ ऐतिहासिक वस्तुहरू प्राप्त भैरहेका छन र ती वस्तुहरूले समग्र कपिलवस्तुकै ऐतिहासिक गरिमा अभिवृद्धिमा सघाउ पु¥याएका छन । बर्षौंदेखि जीर्ण र ओझेलमा पर्दै आएको तिलौराकोट क्षेत्रमा अहिले भैरहेका गतिविधिले निश्चितरूपमा यस क्षेत्रको विकास संभव छ भन्ने पुष्टी भैरहेको छ । खासगरी भगवान बुद्धले विताएको २९ वर्षे बाल्यकाल तिलौराकोट दरवार यही क्षेत्र हो भन्ने विश्वले प्रमाणित गरिसकेको छ । अव कोही कसैले दाबी गर्दैमा प्राचीन तिलौराकोटको अस्तित्व हराउन सक्दैन । भारतले नक्कली कपिलवस्तु वनाएको भन्ने भ्रममा विदेशी पर्यटकहरूलाई गुमराहमा पार्ने प्रयास नभएको होइन तर विश्वका वरिष्ठ पुरातत्ववीदहरूले तिलौराकोट नेपालकै कपिलवस्तुमा पर्दछ भन्ने प्रमाणित गरिदिएका छन र भ्रममा कोही पर्नुपर्ने अब कुनै कारण र आवश्यकता पनि छैन । अव खाँचो छ त केवल कपिलवस्तुको समग्र विकास र तिलौराकोटको भग्नावशेषहरूको समुचित उत्खनन् । त्यो पनि अव छिटै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचिकृत भएपछि संभव हुने कुरामा दुई मत हुनै सक्दैन । तिलौराकोट दरबार क्षेत्र अहिलेसम्म आँखाको कसिंगर मात्रै भएको थियो । तिलौराकोट मात्र होइन कपिलवस्तुमा दर्जनौं ऐतिहासिक स्थान छन जहाँ बुद्धकालीन अवशेषहरू लोप हुँदै गएका छन । तिनको खोजीनीति गर्ने कार्य भैरहेको छैन । अब मात्र तिलौराकोटको उत्खननले मात्रै अव पुग्दैन । कपिलवस्तुको विकास तवमात्र संभव छ जब समग्र बुद्धकालीन ऐतिहासिक क्षेत्रहरूको विकास र उत्खननमा सरकारले ध्यान दिनेछ । तसर्थ अब तिलौराकोटको उत्खननसंगै बुद्धकालीन दुई दर्जन बढी ऐतिहासिक सम्पदाहरूको संरक्षणमा ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?