ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते

मानबीय सहयोग र उद्वारमा सहभागी बनौं

१९ कार्तिक २०८०, आईतवार
१९ कार्तिक २०८०, आईतवार

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडालाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनका साथै ठूलो मानवीय क्षति गरेको छ । शनिवार साँझसम्म जाजरकोट र रुकुमपश्चिममा मृतकको संख्या एकसय ३६ माथि पुगिसकेको छ । राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएकोले अधिकांश सुतेकै अवस्थामा रहेकोले ठूलो मानवीय क्षति भएको हो । शुक्रवार रातीको भुकम्पले देशलाई शोकमा डुबाएको छ । दुई जिल्लामा गरि यति ठूलो मानवीय क्षति हुनु र अबौंको धनमाल नोक्सान हुनु भनेको राष्ट्रिय शोकको अवस्था हो । सरकारले मानवीय सहयोग र उद्धार तथा राहतका लागि आह्वान गरेको छ । भारत, अमेरिका लगायतका ठूला देशहरूले नेपाललाई आवश्यक सहयो गर्ने प्रतिवद्धता जनाएका छन । अहिले भुकम्पमा प्रभावित घाईतेहरूको उपचारलाई प्राथकिता दिनु सवैभन्दा ठूलो कुरा हो । तसर्थ घाईतेहरूको उद्धार र उपचारमा सम्बद्ध सवैको ध्यान जानु जरुरी छ । नेपाल सरकारको सवै फोर्स दुई जिल्लामा तैनाथ भएको छ । सरकारले घाईतेहरूको उद्धार, राहत र उपचारमा कुनै कसर बाँकी राखेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानै प्रभावित क्षेत्रमा पुगेर सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको निर्देशन अनुसार अहिले भुकम्प प्रभावित क्षेत्रमा सिंगो राज्य परिचालित भएको छ । भुकम्पमा परी सयौं घाईते भएका छन । कोही घरभित्र पुरिएको अवस्थामा छन । तिनको उद्धारमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, स्थानीय जनता कर्मचारी लगायत सवैको सकृय सहभागिता छ । रगतको अभाव हुन नदिनेगरि आकस्मिक रक्तदान गरिएको छ । हेलीकोप्टरको माध्यमबाट आवश्यक सामानको ब्यवस्था गरिएको छ । भुकम्प प्रभावितको लागि सिंगो राज्य एक भएको छ ।

भूकम्पबाट पीडितहरूको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ । भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट, रुकुमपश्चिम लगायतका जिल्लामा भएको धनजनको क्षतिको बारेमा जानकारी लिनुहुँदै राष्ट्रपतिले पीडितको, राहत तथा घाइतेहरूको शीघ्र उपचारमा तीव्रता दिन आग्रह गर्नुभएको छ । राष्ट्रप्रमुखबाट राष्ट्रिय बिपत्तीको अवसरमा गर्नुभएको आह्वान सराहनीय छ । यसैगरी विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता र संघ संस्थाहरूले समेत भुकम्प प्रभावितहरूको राहत र उपचारमा सहयोगको आह्वान गरेका छन । राष्ट्रिय विपत्तीको बेला सवै नेपाली एक हुनु महत्वपूर्ण बिषय हो ।

भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले सिंगो देश शोकाकुल भएको छ । यस घडीमा मानवीय भावले उद्धार, राहत घाइतेको उपचारमा सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आम नागरिक जुट्नु आवश्यक छ । हालसम्म जाजरकोट र रुकूम पश्चिममा जिल्लामा गरी कम्तीमा १३६ जनाको मृत्यु भएको र कैयौं घाइते भएको जनाइएको छ । त्यसका साथै नेताहरूले समेत भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफूहरू मर्माहत भएको बताउँदै विपद्को यस घडीमा मानवीय भावले उद्धार, राहत र घाइतेको उपचारमा जुटन सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आम नागरिक एकताबद्ध हुनु जरुरी छ । भूकम्प यति शक्तिशाली थियो कि त्यसको धक्का काठमाडौँका साथै देशैभरजसो महसुस भएको थियो । भुकम्पमा परि खासगरि पुराना घरहरू धेरै भत्किएको र मानिसको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली लगायत रेडक्रस लगायतका संघ संस्था लागिरहेका छन । अव राष्ट्रिय शोक र बिपत्तीको यो घडीमा घाईतेहरूको उपचार, राहत, उद्धार, सहयोग र उनीहरूको पुनस्र्थापनाको खाँचो छ । सिंगो देश यो अभियानमा सहभागी बन्नुपर्दछ । साथै यस्तो बेला राहत संकलनमा देखिने दोहोरो मापदण्ड हटाउँदै सरकारले एकद्वार नीति लागू गरोस् । भुकम्प पीडितका नाममा आएको सहयोग रकम कुनैपनि अवस्थामा दुरूपयोग नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?