ट्रेंडिंग:

>> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

बढ्दो अपराधीकरणको गम्भीर चुनौति

१७ कार्तिक २०८०, शुक्रबार
१७ कार्तिक २०८०, शुक्रबार

कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक गुडूँ भनिने रूपेश सर्राफको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । रूपेशमात्र होइन सुदूर पश्चिमको मुगुमा समेत एकै परिवारका चारजनाको हत्या भयो । यी दुई पछिल्लो उदाहरणमात्र हुन । पछिल्लोसमय हिंसाजन्य घटनामा बृद्धि भैरहेको छ । नेपालमा पछिल्लोसमय हत्याका घटना बढ्दै गएको छ । यस्तो लाग्दैछ नेपाली समाज बिद्रुप बन्दै गैरहेको छ । सामान्य निहुँमा प्रेमीकाले प्रेमीको हत्या गरेको घटना सुन्न र पढ्नु परिरहेको मात्रै छैन, अरू धेरै घटनाहरू यस्ता छन जुन मानव समाजलाई नै कलंकति वनाउने प्रकृतिका छन र तीनले मानवीय समबेदना विर्सेको प्रतीत हुँदैछ । श्रीमान र श्रीमतिबीचको झगडाले परिवार नै सखाप बनेको घटना त सामान्य बन्दै गएको नेपाली समाजले भोग्नुपरेको विवस र पीडादायी यथार्थ हो । सामान्य झगडाको निहुँमा ज्यानै लिनेसम्मका घटना अव सामान्य जस्तै वनेका छन । देशैभरी अहिले घरेलु हिंसाका घटना बढिरहेका छन् । हिंसा पनि अपराध नै हो । हिंसाको परिभाषामा विगतमा महिला हिसालाई मात्र समावेश गरिन्थ्यो तर पछिल्लोसमय पुरुषमाथि हुने हिंसालाई पनि हिंसाकै प्रकारका रूपमा ब्याख्या गर्न लागिएको छ । समय परिवर्तनशील छ र हरेक पल हिंसाका परिभाषामा पनि परिवर्तन भैरहेको छ । जनसुकै कारणले भएपनि प्रायः यस्ता घटना महिलासँग सम्बन्धित हुने गर्दछन् । महिला भएकै कारणले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिसाजन्य कार्य नै महिला हिंसा हो । तर पछिल्लोसमय महिलामाथि हुने हिंसामात्र होइन पुरूषपनि हिंसाको अनेक शिकार वनेका घटना बढ्दै गएका छन । विशेषतः पितृ सत्तात्मक मूल्य र मान्यतामा आधारित असन्तुलित सामाजिक संरचना नै महिला हिंसाको प्रथम पुस्ताको कारकको रूपमा देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय साधारण सभाले सन. १९९३ मा पारित गरेको महिलाविरुद्धको हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र अनुसार पनि महिलाविरुद्धको हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो ।

नेपाली समाजमा अपराधीकरण बढ्दै गएको छ । अपराध अव सामान्य जस्तै बनेको छ । धेरै पहिले अपराध र मानव हिंसाका घटनाको उदाहरण दिनुपर्दा भारतको दिने गरिन्थ्यो तर पछिल्लोसमय नेपालमा धेरै गंभीर प्रकृतिका अपराध हुन थालेको छ । सामान्य निहुँमा श्रीमानले श्रीमतिको हत्या गरेको हरेक दिनजसो सुन्नु परिरहेको छ । यातना यति धेरै बढेको छ कि यसले नेपाली समाज कहाँ जाँदैछ ? भन्ने उदाहरण दिन कहिँ जानुपर्दैन । घरेलु हिंसाबाट पीडितहरू शारीरिक, मानसिक, आर्थिक वा यौनजन्य पीडा सहनुपरेको देखिएको छ । यस्ता पीडाबाट आत्महत्या, पारिवारिक हत्यादेखि सुकुम्बासी जीवनसम्म जिउनुपर्ने परिणाम आउने गरेको छ आजको यथार्थ पनि हो । पछिल्लो प्रतिवेदनले विश्वका ८० भन्दा बढी देशमा घरेलु हिंसाविरुद्धका कानुन बनिसकेको उल्लेख गरेको छ । अव संस्थागत रूपमा महिला हिंसा र घरेलु हिंसाका घटना न्यून गर्न र सदियादैखि महिलामा भएको परावलम्बी सोचमा परिवर्तन ल्याउन महिला शिक्षामा जोड दिने काम अघि सार्नु जरुरी भैसकेको छ । नेपाली महिलाले परम्परागत रूपमा भोग्दै आएका विभिन्न किसिमका हिंसाको अन्त्य गर्ने प्रयास स्वरूप नेपाल सरकारले अहिले कानुनी मात्र नभएर संस्थागत व्यवस्था पनि गर्दै आएको छ । तर अव हिंसाजन्य घटना नियन्त्रण नगर्ने हो भने नेपाल भारतजस्तै अपराधीकरणको अर्को देश बन्ने छ । पछिल्लो समय हिंसा न्यूनीकरणका लागि धेरै प्रयास भएका छन तर ती परिणाममा शून्यको अवस्था छ । अहिलेपनि सुन्दा पनि पत्याउनै नसकिने अपराधका घटना रोकिएको छैन । अव यसका लागि फेरी पनि प्रयास गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?