ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

बुटवललाई पर्यटकिय गन्त्ब्य बनाउन एकिकृत योजना जरुरी

पश्चिम नेपाल बस ब्यवसायी प्रालिले बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
३ कार्तिक २०८०, शुक्रबार
३ कार्तिक २०८०, शुक्रबार

बुटवल, ३ कार्तिक । सामरिक, ऐतिहासिक, धार्मिक महत्व बोकेको बुटवललाई पर्यटकिय गन्त्ब्य बनाउन एकिकृत योजनासहित अघि बढ्नु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । बुटवल आसपासमा रहेका पर्यटकिय स्थलहरुलाई जोड्ने गरि यहाका ब्यवसायिक संस्थाहरु समन्वय र सहकार्यका योजना बनाउनुपर्ने उनिहरुले सुझाव दिए । नेपालको पर्यटन क्षेत्रमा योगदान दिदै आएको पश्चिम नेपाल बस ब्यवसायी प्रालिले शुक्रबार विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले बुटवललाई पर्यटक गन्तव्यका रुपमा पहिचान गराउने गरि अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले यातायात ब्यवसाय कुनै बेला निक्कै गर्वको विषय रहेको भन्दै अहिले त्यो अवस्था नरहेको दुखेसो गरे । बुटवलको विकाससंग यहाका ब्यवसायी संघसंस्थाहरुको योगदानबारे प्रकाश पार्दै उनले फेरी पनि एकिकृत विकासको योजनासहित अघि बढ्न जरुरी रहेको बताए । ‘यातायात ब्यवसायी यहाको विकासको पर्यावबाची हो ।’— उनले भने । बसपार्कलाई नमुना बसपार्क बनाउने लक्ष्यसहित कोसेली घर, क्यान्टिन निर्माण, शौचालय लगायत निर्माणमा स्थानिय सरकार अघि बढेको उनले बताए । बुटवलको पहिचान हुने गरि सबै संघसंस्थाहरु मिलेर सरकारसंग योजना अघि बढाउन उनले आग्रह गरे ।

कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले सडकको दुरावस्थाकै कारण ब्यवसायीहरु पिडामा रहेको भन्दै आम उपभोक्ताको हितको पक्षलाई मध्येनजर गरि सेवा दिदै आएको बताए । हिजोको दिनमा जस्तो लालायित पेशा नरहेपनि आम उपभोक्ताहरुको सुविधालाई मध्येनजर गर्दै संस्थाबाट नै खर्च उपलब्ध गराएर संचालन गर्दै आएको उनले बताए । ‘चाडपर्वको अवसरमा प्रत्येक यातायात ब्यवसायीलाई १० हजार रुपैया दिएर सेवालाई निरन्तरता दिदै आएको छौ ।’—उनले भने । समाजमा देखिएका सबैजसो कमजोरीहरुलाई खोजी गर्दै पत्रकारहरु आलोचनात्मक समाचार निरन्तर दिनुपर्ने उनले सुझाव दिए । यात्रुहरुलाई गन्तव्यसम्म पुर्याएर दशै मनाएमात्र आफुहरु आर्शिवादको योग्य हुने उनले बताए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले दुर्घटनाका कारण खोजी गरि त्यसलाई रोक्ने अभियान चलाएको बताए । आँखा परिक्षण, मेकानिकल जाँच कार्यलाई जोड दिएको उनले बताउदै सडक जाचभन्दा पनि सुरक्षामा जोड दिएको बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले आआफ्नो जिम्मेवारीपुर्वक कर्तब्य पुरा गरे दुर्घटना कम हुने र यात्रा सुरक्षित हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, पश्चिम नेपाल बस ब्यवसायी प्रालि संचालक रामचन्द्र भुषालले ब्यवसायिक संघसंस्थाहरुबिच भाईचारा र सहकार्य गर्ने गरि कार्यक्रम गर्दै आएको बताए ।
यसैबिच प्रालिले बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?