ट्रेंडिंग:

>> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा

हुलाकको इतिहास र गरिमा जोगाउँ

२२ आश्विन २०८०, सोमबार
२२ आश्विन २०८०, सोमबार

आज विश्व हुलाक दिवस । यो दिवस हरेक वर्ष ९ अक्टोबरमा मनाउने गरिएको छ । स्वीस राजधानी बर्नमा सन् १८७४ मा विश्व हुलाक संघ स्थापना भएको सम्झनामा यो दिवस मनाउने गरिएको हो । विश्व हुलाक दिवस मनाइरहँदा हुलाकको प्रयोग भने घट्दै गएको छ । यो बर्षको हुलाक दिवसको नारा विश्वासमै सहकार्य रहेको छ । पहिले हुलाकको महत्व धेरै थियो तर अहिले हुलाकको प्रयोग कम हुँदै र आधुनिक संचारको विकासले हुलाकलाई विस्थापित गर्ने अवस्था आएको छ । देश परदेश गएका लाहुरेदेखि स्वदेशकै विभिन्न स्थानसम्म चिठीपत्र पु¥याउन हुलाकले महत्वपूर्ण भूमिका खेलेको विर्सन सकिदैन । हुलाकले विश्वास आर्जन गरेको थियो । हुलाकबाट पठाएको चिठीपत्र डकुमेन्ट ढिलो भएपनि पुग्छ भन्ने विश्वास कायम भएको थियो । आजको दिन चिठी लिएर घर घरमा पुग्ने हुलाकीको सम्झना गर्ने दिन पनि हो । किनभने हुलाकको इतिहास बचाउन हुलाकीको ठूलो योगदान छ । अहिले जस्तो सहज सूचनाको पहुँच नभएको बेला त्यतिबेला हुलाकीहरू नै सूचनाको श्रोत थिए । आजपनि बिश्वभरि ५० लाख भन्दा बढी हुलाक कर्मचारीहरूले सन्देश, उपहार र सामानदेखि लिएर पैसा र औषधिसम्म विभिन्न प्रकारका अत्यावश्यक र व्यक्तिगत वस्तुहरू तोकिएको स्थानसम्म पुयाउने काम गर्दै आएका छन ।

नेपालकै सन्दर्भको कुरा गर्दा विक्रमसम्बत २०१३ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि विश्व हुलाक मानचित्रमा नेपाल आवद्ध भएको हो । यद्यपि अहिले सूचना प्रविधिमा भएको विकास र चमत्कारले अहिले हुलाकको भूमिका साँघुरिदै गएको आभाष भैरहेको छ । हुलाकको परम्परागत भूमिकामा अहिले ह्रास भएको अनुभूति भएको छ । हुलाकको काममा परिवर्तन आएपनि हुलाक सेवाले दिने भूमिका अझै बढ्दै गएको छ । विश्वका हुलाक सम्वद्ध निकायले प्रविधिको परिवर्तनसंगै त्यसको भूमिकालाई अझै विस्तार र चौडा बनाउँदै लगेका छन । नेपालले हुलाकको भूमिकालाई थप सशक्त र जिम्मेवार बनाउन जरुरी छ । त्यसका लागि सीमित घेरामा साँघुरिएको हुलाकको जिम्मेवारीलाई अझै फराकिलो बनाउनेतर्फ प्रयास गर्नु आवश्यक छ । विश्व हुलाक सेवामा आएको परिवर्तनलाई आत्मसाथ गर्दै हामीले पनि हुलाक सेवालाई

भरपर्दो, विश्वसनीय र प्रतिष्पर्धी बनाउनु जरुरी छ । त्यसका लागि हुलाक सेवाको समग्र संरचनामा परिवर्तन गर्नु जरुरी छ ।
हुलाकप्रति यतिधेरै विश्वास छ कि हुलाकको सेवाप्रति अझैपनि नेपालीहरूमा विश्वास र भरोस कायमै छ । हुलाकको संरचना देशब्यापी छ । यसलाई आगामी दिनमा अझै भरपर्दो र विश्वसनीय सेवाका रूपमा कायमै राखिनुपर्दछ । सरकारी संयन्त्रको रूपमा रहेको हुलाकको ऐतिहासिक गरिमालाई अझै उठाउन यसको श्रीबृद्धि गरेरमात्र संभव छैन । यसलाई जिम्मेवार पनि बनाउनु आवश्यक छ । आगामी दिनमा हुलाकको प्रभावकारीता बढाउने हो भने सवै सरकारी कार्यालयका दस्तावेजहरू हुलाकमार्फत नै ओसारपसारको ब्यवस्था मिलाउनेतर्फ जोड दिनुपर्दछ । हुलाक सेवालाई समयानकूल बनाउन यससंग सम्बद्ध पक्षको क्षमता विकासमा सरकारले ध्यान दिनु आवश्यक छ । विश्व हुलाक संघले समेत बेलाबेलामा हुलाकको विश्वसनीयतालाई अझै बढाउने गरी यसको भूमिका अझै प्रबल बनाउन जोड दिने गरेको छ । नेपालले पनि हुलाक सेवाको विस्थापन भन्दा पनि परिवर्तित सन्दर्भमा हुलाकको भूमिकालाई थप सशक्त बनाउँदै यसको दायरा अझै फराकिलो बनाउन आगामी दिनमा प्रयास गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np