ट्रेंडिंग:

>> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान >> मंगलबार सुन तोलामा ९ सय बढ्यो

थानकोटबाट झर्दै गर्दा

२० आश्विन २०८०, शनिबार
२० आश्विन २०८०, शनिबार

उहिलेको कुरा हो यो । मिथक नै भन्नुस् । शायद पन्ध्र सोह्र पुस्ता पहिलेको ।
पश्चिम उत्तरको रुकुम, रोल्पा र डोल्पातिरबाट आहार र ओतको खोजीमा फिरन्तेजस्तो भई हिँडेको आदिवासीको एउटा समूह लामो र कष्टप्रद यात्रापछि बागलुङ गलकोट, रिघा, पाण्डव खानी, राङखानी क्षेत्रको सेरोफेरोमा आइपुग्यो । समूहमा बूढा बूढी, तन्नेरी र केटाकेटीहरू थिए । तिनले आफूसँग तामा र माटाका भाँडाकुडा, भाङ्ग्राको घरबुना कपडा, भेडी ऊनका काम्लो र कम्बल, नुन र मरमसला, आगो बाल्ने चकमक आदिका साथै भेडाको बथान पनि लिएर आएका थिए ।
त्यो समूह निकै समय त्यही क्षेत्रमा रह्यो । लेकमा उपलब्ध खर्कहरू तिनका भेडाहरूका लागि राम्रो चरन सावित भए । तिनले लेकमा खोरिया खने र खेतीपाती गर्न थाले । तिनले त्यहाँ बारीहरू बिराए । दार र खर प्रयोग गरेर घरहरू बनाए । भेडाहरूका लागि खोर बनाए । गाईवस्तु पाल्नका लागि गोठहरू बनाए । यसरी केही वर्षमा नै लेकको त्यो सेरोफेरोमा पातला घरहरूसहितका गाउँहरूको निर्माण भयो ।
ती आदिवासीले उत्तरतिरको विशाल लेकमा कन्दमूल र जंगली जडीबुटीको खोजी गरे । भेडा पालनलाई बढाए । खेतीपातीमा पनि प्रशस्त समय र श्रम दिन थाले । समय क्रममा ती बाहिरी दुनियासँग पनि सम्पर्कमा आउन थाले । परिवारका मुखियाहरू जीविकाका सामाग्री बटुल्न लागि टाढा टाढासम्म पुग्न थाले । सभ्यताको एउटा चरण पार गरिसकेकाले ती फेरि फर्केर आफ्नै थातथलोमा आए । पुर्खाहरूको घुमन्ते जीवनले त्यसरी एउटा स्थायी वतन कायम गयो ।

कैयौं पुस्तापछि कतिले आफ्नै श्रम र सीप प्रयोग गरेर आफ्ना क्षेत्रहरूमा खानी खन्न थाले । खानीबाट निस्केको तामा र फामको धाउ विनिमयको महत्वपूर्ण माल थियो । फलामको धाउ कृषि औजार र हात हतियारको लागि प्रयोग हुन्थ्यो । तामाको धाउ भाँडाकुँडा बनाउन प्रयोग हुन्थ्यो । समय क्रममा यही भूगोलमा कतै नेपाल भन्ने मुलुक छ र नेपालमा राजा छन् भन्ने तिनले थाहा पाए । कालान्तरमा खानी खने वापत नेपालका राजालाई धाउ दिनु पर्दछ भन्ने नियममा तिनलाई बाँधियो र ती खानी कर तिर्न बाध्य भए ।

त्यो बेलासम्म लाहुर जाने प्रचलन शुरु भएको थिएन । पढ्नु पर्छ भन्ने ज्ञान त्यहाँ कसैलाई थिएन । न कतै स्कुल चाहिन्छ भन्ने नै कसैलाई लाग्यो । न त्यहाँ वेद पुगेको थियो, न त्यसपछिका कुनै पुराण । न मनु स्मृति पुगेको थियो, न जंग बहादुरको मुलुकी ऐन । ती आदिवासीहरू रुखको पूजा गर्थे । माटोको पूजा गर्थे । घामको पूजा गर्थे । नदीको पूजा गर्थे । झाँक्रीको पूजा गर्थे । ती भूतप्रेत र पिचाश हुन्छन् भन्ने कुरामा विश्वास गर्थे । ती वायुमा विश्वास गर्थे । विरामी हुँदा लामा झाँक्रीकोमा जाने वा तिनलाई आफ्नो घरमा डाक्ने गरिन्थ्यो । अस्पताल भनेको के हो, कसैलाई थाहा थिएन ।

घाम झुल्केर धर्तीमा उज्यालो खसेपछि गाउँलेहरू गाई डिंगा र भेडाहरूको बथान लिएर गोठाला जान्थे । कोही खोरिया खन्न जान्थे । कोही खेतीपातीमा व्यस्त हुन्थे । त्यसैले दिनको समयमा गाउँका घर घरमा बूढाबूढी र केटाकेटीहरू मात्र देखिन्थे । उसै पनि हरेक गाउँमा आवादी धेरै पातलो हुने गर्दथ्यो ।

वर्षाको चट्याङलाई गाउँलेहरूले ‘बिजुली चम्केको’ भन्दथे तर तिनलाई बिजुली बत्तीको बारेमा थाहा थिएन । धेरै जस्तो गाउँहरू डाँडामा थिए त्यसैले ती गाउँहरूमा पानीको दुःख थियो । वर्षामा गाउँलेहरू बलेनीको पानी थापेर खान्थे । हिउँद र गर्मीका दिनमा भने खेतबारी, घरगोठ वा रनवनको काम भन्दा पहिले पानी बोक्ने काम गर्नु पर्ने हुन्थ्यो । त्यसपछि हुन्थ्यो ढिकीजाँतोको काम । बिहान हुन थालेको थाहा पाउनका लागि त्यसबेला कसैसँग घडी हुने कुरै थिएन । गाउँलेहरूले भाले बास्न थालेपछि बिहान हुन थालेको अड्कल काट्थे र पानी लिनका लागि डोकोमा गाग्री राखेर घरबाहिर निस्किन्थे ।

घुम्टे–लेकको सेरोफेरोको त्यस्तै एउटा गाउँको कथा हो यो ।
गाउँ दरम खोला वारि थियो । पानीको पनेरा थियो दरम खोला पारि । दरम खोलाको साँघु तरेपछि पनेरामा पुगिन्थ्यो । गाउँकी एउटी गृहणी भालेको बाससँगै सँधै झिसमिसे बिहानमै पानी लिन पनेरा जान्थिन् । आएर ढिकीजाँतो र लिपपोत गर्थिन् । घरधन्दा भ्याउँदासम्म घाम एक जुवा आइसकेको हुन्थ्यो । त्यसपछि रनवन र मेलापातको काममा जान्थिन् ।

उनी पनेरा पुग्दा कोही पानी उघ्याएर फर्किसकेका हुन्थे, कोही पानी उघ्याउन पालो कुरिरहेका हुन्थे ।
सदा झैं त्यसदिन पनि भाले बास्यो । जसै भाले बासेको आवाज उनको कानमा प¥यो, उनका आँखाका ढकनी खुलिहाले । उनी हतार हतार ओच्छ्यानबाट उठिन् । आङको कपडा मिलाइन् । कम्मरमा कन्नानी कसिन् । चोयाको डोकोमा तामाको गाग्री राखिन् । नाम्लो लाएर बोकिन् । संघार नाघिन् र बाहिर निस्किइन् ।

बाहिर पूर्ण चन्द्रको जून थियो । जूनको उज्यालोमा ठमठम हिड्न गाह्रो थिएन ।
उनले आफ्नो आँगन पार गरेर कान्लाको पहिलो ढिक टेक्दा नटेक्दै घरको ढोकाबाट एउटा आकृति बाहिर निस्कियो । त्यो आकृति उनको चार वर्षीय बालक छोराको थियो । छोराले उनलाई पच्छाएको थियो । तर उनले पछाडि फर्केर नहेरेकोले छोरालाई देखिनन् । बालक छोरा भने आमालाई जोडबल लगाएर पच्छाइरहेको थियो ।

जूनको उज्यालोमा छोराले आमालाई लगातार पच्छयाइरहयो । कहाँ चार वर्षको बालक, कहाँ वयस्क युवती ! घरबाट आमा छोरा लगभग एकै समयमा निस्केको भए पनि दुईका बीचमा दूरी बढ्दै गयो ।
आमा दरम खोलाको साँघु तरेर पनेरा पुगिन् । पनेरा खाली थियो । कोही आइपुगेका थिएनन् । चराचुरुंगीहरू जागिसकेका थिएनन् । सर्वत्र एक किसिमको डरलाग्दो सुनसान थियो । त्यो सुनसानमा झ्याइँकिरीका झ्याइँ झ्याइँ र दरम खोलाको एकोहोरो सुस्याइ बोकेर चिसो हावा चलिरहेको थियो ।

वर्षौदेखि परिचित त्यो पनेरा पहिलो पटक उनलाई अपरिचित जस्तो लाग्यो । कता कता डर डर लागेर आयो । शिर उठाएर उनले एकपटक आकाशमा टहटह जून हेरिन् ।
मेरी आम्मै ! जून मामा त आकाशको बीचमा नै छन् त ! उजेलो हुन थालेको भए त आकाशको पल्लो कुनातिर पुगि सकेको हुनु पर्ने !
तर त्यो भालेको बास !!

उनको शरीरमा अचानक काँडा उम्रियो । उनले छिटो छिटो मगले पानी उघ्याउँदै गाग्रीमा भर्न थालिन् । गाग्री भरियो । नाम्लो लगाएर बोकिन् । र छिटो छिटो पाइला चाल्दै फर्किन थालिन् ।

उनी फर्केर दरम खोला साँघुको पल्लो छेउ आइपुग्नु र उनलाई पछ्याउँदै आएको बालक छोरा वल्लो छेउ आइपुग्नु सँगसँगै जस्तो भयो । जूनको उज्यालोमा साँघु पारि उभिएको आकृतिलाई उनले कुनै भूतप्रेत जस्तो मानिन् । त्यो आकृति साँघुतिर बढ्दै उनीतिर नै आउँदै थियो । उनको खुट्टा साँघु पारि नै जाम भयो । हक्क न बक्क उभिएर जूनको उज्यालोमा आफूतिर आउँदै गरेको आकृतिलाई आँखा झिमिक्क नगरी हेरिरहिन् ।
त्यो सानो आकृतिले आधा साँघु पार गरिसकेपछि उनलाई के लाग्यो भने उनले त्यो आकृतिलाई कहीं देखेकी छिन् । खोलाको एकोहोरो सुसाई छिचोलेर हावामा एउटा सानो आवाज फैलिइरहेको थियो । त्यो आवाज त्यही आकृतितिरबाट आएको थियो । रुवाइमिश्रित त्यो आवाज उनले सुनिन् । त्यो आवाजले उनलाई नै पुकारिरहेको थियो ।

“जेई ! जेई !… जेई ! जेई !..”
उनको दिमागमा मानौं फलामे घन बज्रियो । ओहो ! यो त मेरै बाबु पो रहेछ !
जाम भएको उनका खुट्टाहरू अचानक खुले । उनी दौडेर साँघुतिर लम्किइन् । उताबाट छोरो पनि लगभग दौडेर नै आइरहेको थियो । आमा छोराको भेट हुन शायद केही सेकेण्ड बाँकी थियो, एउटा अकल्पनीय दुर्घटना घटित भइहाल्यो ।
छोरा साँघुबाट हुत्तिएर खोलामा खस्यो ।

आमाको पिठ्यूबाट गाग्रीको डोको खस्यो । आमाले कुनै प्रतिक्रिया जनाउन नभ्याउँदै एउटा चमत्कारजस्तो गरी जूनको उज्यालोमा छाया पार्दै एउटा भीमकाय गिद्धजस्तो पक्षी खोलामा उत्रियो । पानीमा खसेर छट्पटिदै गरेको उनको बालक छोरालाई त्यो पक्षीले आफ्ना दुबै पञ्जाले टिप्यो । र जूनको उज्यालोमा उत्तरतिरको लेकतिर उडान भ¥यो ।
पूर्णेको एउटा मध्य रातमा त्यो सदूर लेकमा त्यस्तो घटना घट्यो ।

आमा छोराको वियोगमा विह्वल भइन् । रोइन् । कराइन् । हार गुहार गरिन् । गाउँलेहरूले चार चौरास खोजतलास गरे तर पक्षीले लिएर उडेको छोरा भेटिएन । गाउँलेहरूले बालक फर्किएला भन्ने कुराको बिस्तारै आशा मारे । कतिले त बालकलाई गिद्धले लुछीचुँडी खायो होला भन्ने सम्म अनुमान गरे ।
तर आमाको मन न हो ! आमाले पिँढीमा बसेर रातरातसम्म आँगनको डील कुरिन् । आँगन छेउको कान्लाको ढिक हेरिन् । घण्टौसम्म दरम खोलाको साँघुमा बसेर छोरालाई पक्षीले उडाइ लगेको आकाश हेरिन् । तर छोरा फर्किएन । वर्षौसम्म कुर्दा पनि छोरा फर्किएन ।
भन्छन् नि त्यो, बाह्र वर्षमा खोला पनि फर्किन्छ । बाह्र वर्षपछि आखिर एकदिन ठीक त्यस्तै भयो !
गोधुलिमा गाइडिंगा लिएर गाउँलेहरू फर्किसकेका थिए । घाम अस्ताचलबाट ओरालो झरिसकेका थिए । भेडाहरू खोर पसिसकेका थिए । गाउँलेहरू चुल्हे धन्दामा व्यस्त थिए ।

ठीक त्यही बेला एउटा किशोर साधु कान्लाबाट उक्लिएर आमाको आँगनमा उभिन आइपुग्यो । दैलो अघि उभिएर उसले बारबार बोलायो– “जेई !..ए, जेई !.. ”
आमाले बाहिरबाट कसैले बोलाएको सुनिन् । टुकी लिएर बाहिर आइन् । टुकीको उज्यालोमा आमाले अर्को एउटा उज्यालो देखिन् ।
साधु भेषको किशार अरू कोही थिएन । त्यो उनकै छोरा थियो । १२ वर्ष अघि पक्षीसँगै हावामा उडि गएको छोरा !
छोराको आँखा उस्तै चिम्से थियो । थेप्चे नाक र चौडा निधार उस्तै थिए । सुलुत्त परेका पिपलपाते ओंठ उस्तै थिए । उसका लामा कपाल भने अझै लामो भएको थियो । धेरै लामो । लामो भएर कपालमा लट्टा परेको थियो ।

यसरी हरायो भनेको छोरा दिव्य बाह्र वर्षपछि आमाको अगाडि उभिएको थियो ।
त्यसदिन आमाको अनुहार सबैभन्दा उज्यालो भयो ।
टुकीको प्रकाशभन्दा उज्यालो ।
पूर्णेको जूनभन्दा उज्यालो ।
बिस्तारै छिमेकीहरू जम्मा भए । नातागोताहरू जम्मा भए । भएभरका गाउँलेहरू जम्मा भए । ती सबैको अनुहारमा हराएको मान्छे फर्की आएकोमा निश्छल खुसी फैलिएको थियो । तर तिनका आँखामा जिज्ञासाका अनन्त प्रश्नहरू पनि उठिरहेका थिए ।
तिनका जिज्ञासाहरू शान्त पार्ने कथा यस्तो थियो ।

ध्यानमग्न अवस्थामा नै सिद्ध गुरुले मध्य रातमा दरम खोलाको साँघु तरिरहेको एक अद्भूत बालक देखे । साल दुई सालमा मात्रै एकाध फेरा आफ्नो अजीब मुखाकृतिमा बस्तीमा देखिने उनी एक सिद्ध तपस्वी थिए । गाउँलेहरू उनलाई सिद्ध देवता भनी पूजा गर्थे । कतिले झाक्री बाजे भनी पूजा गर्दथे ।

सिद्ध गुरुले आफ्नो ज्ञान दृष्टिले बालक अबको केही पलमा खोलामा खस्दैछ भन्ने चाल पाइहाले । उनले तत्क्षण आफ्नो देह त्याग गरे । मनचिन्ते गिद्ध पक्षीभित्र प्रवेश गरे । र, खोलातिर वेग हाने ।
बालकलाई आफ्नो पञ्जामा लिइसकेपछि उनी आफ्नो साधनास्थलमा आइपुगे ।
सिद्ध गुरुले त्यो बालकलाई हुर्काए । ज्ञान दिए । ध्यान दिए । अनवरत साधनामा लगाए । साधनाले बालकमा अद्भूत शक्तिको संचार भयो । ज्ञान र ध्यानको साधनाले त्यो बालक दिव्य १२ वर्षपछि पक्का साधु भए ।
गुरुको आज्ञाले ती तन्नेरी साधु आफ्नी आमालाई भेट्न गाउँ पुगे ।
त्यो रात बित्यो । अर्को दिन बित्यो । अझै अर्को दिन सबेरै किशोर साधु आफ्नो भिक्षा पात्र बोकेर आँगनमा निस्किए ।
आमासँग बिदा मागे ।

दिव्य १२ वर्षपछि फर्केको छोरालाई देखेर आमाको छातीमा ममताको सागर उर्लिएको थियो । स्वजनहरू गहिरो अनुरागको अनुभूतिमा डुबेका थिए । मान्छेको मन त हो ! माया र मोहको बन्धन झन पछि झन कसिएर आउँछ । बिदा माग्दै गरेको छोरालाई हेरी आमा डाँको छोडेर रुन थालिन् । नातागोता र गाउँलेहरू आँगनमा भेला भए ।

सबैले साधु किशोरलाई गृहस्थ भई आमाको ख्याल गर्न अनुरोध गरे । बिन्ती गरे । कर गरे ।
मायाको जाल बडो कष्टदायी हुन्छ । माया र मोहको जालमा पसेको मनुवा त्यो जालबाट निस्कन सक्तैन । बरु झनपछि झन् झन् जेलिदैं जान्छ र अन्तमा उसको भागमा दुःख मात्रै पर्दछ । किशोर साधुमा एक किसिमको बुद्धत्वले जन्म लिइसकेको थियो । उनी संसारिक माया मोहमा पर्ने त कुरै आउँदैनथ्यो ।

उनले आमालाई सम्झाए ।
इष्टमित्र र नातागोताहरूलाई सम्झाए ।
आँगनमा भेला भएका गाउँलेहरूलाई सम्झाए ।
साधुले आफ्नो सम्पूर्ण जीवन मानव जातिका लागि सुम्पेको बताए । आफू गृहस्थ भई बस्न नमिल्ने तर आफ्नो गाउँघरमा जुनसुकै बेला आइरहने र दुःखसुख दुबैमा गाउँलेहरूसँग आफू साथै रहने वाचा गरे ।
कसरी ?

वायु बनेर । वायु भएर ।
साधुले सबैलाई फेरि सम्झाए । तर आमाले मानिनन् । नातागोताले मानेनन् ।
साधुलाई मायामोहको बन्धन स्वीकार्य थिएन । उनले एक फेरा उपस्थित सबैलाई शिर निहु¥याई नमस्कार गरे । विदा मागे । तिनलाई चाहेर पनि कसैले रोक्न सकेनन् । र, उनी सबैको बीचबाट हेर्दाहेर्दै गायब भए ।
कसरी ?

वायु बनेर । वायु भएर ।
त्यसरी आफ्ना प्रियजनको बीचबाट अप्रिय बिदा लिइसकेपछि किशोर साधु पुनः समाधिमा मग्न भए । उनले मानव कल्याणका लागि अनेक जडीबुटी र औषधिहरू बनाए । ज्ञान, ध्यान, गुरुको सेवा र मानव कल्याणका लागि आफ्नो जीवन सुम्पिए ।
उनको गुरुलाई सिद्ध गुरु भनियो किनभने उनले जुनसुकै रूप धारण गर्न सक्ने सिद्धि प्राप्त गरेका थिए । गुरुले साथ लिएको दिव्य १२ वर्षमा नै उनले पनि सिद्धि प्राप्त गरे र वायुको रूप धारण गर्न सक्ने भए ।
समयको चर्खा घुम्दै जाँदा सिद्ध गुरुले संसारबाट विदा लिए । वायुले पनि विदा लिए ।
तर गाउँमा एक पछि अर्को पुस्ता आयो । अघिल्लो पुस्ताबाट कथा, व्यथा र मिथकहरू पनि क्रमशः अनेक तरहले पछिल्लो पुस्तामा हस्तान्तरण हुँदै आयो ।

गाउँघरमा जुनसुकै बेला आइरहने र दुःखसुख दुबैमा गाउँलेहरूसँग आफू साथै रहने वायुको वाचालाई त्यसपछिको पुस्ताले अलिक अर्कै ढंगले बुझ्यो । कोही विरामी परेको अवस्थामा लागोभागो हेर्नेहरूले ‘गाउँमा वायु आएछ’वा ‘वायुले छोएछ’ भनेर पनि जोखना हेर्न थाले । त्यसरी ती साधु वायुको रूपबाट ‘लागो’ बनेको विश्वास गरिएछ ।
मान्छेको जात बडो अजीबको छ । कहिलेकाँही यसको एउटा विश्वास नै अन्धविश्वास हुन्छ । कहिले एउटा अन्धविश्वास नै विश्वास । उप्रान्त वायु नलागोस् भनी उनलाई खुसी पार्न पूजा गर्न थालिएछ ।
उहिलेको कुरा हो यो । मिथक नै भन्नुस् । शायद पन्ध्र सोह्र पुस्ता पहिलेको ।

“त्यसबेला देखि आजसम्म हामीले वायुको पूजा गर्दै आएका छौँ । वायुको पूजालाई कतै कतै सिद्धको पूजा पनि भन्ने चलन छ । त्यो किनभने वायुको पूजा गर्दा उनका गुरु सिद्धलाई पनि सम्झिनै पर्ने हुन्छ । पूजामा दुबैलाई प्रसाद चढाइन्छ । दुबैका लागि धुप–धुँवार गरिन्छ । हाम्रा लागि सिद्ध वा वायुको पूजा केवल ‘पूजा’ होइन, पुर्खाहरूप्रतिको हाम्रो सम्मान र श्रद्धा हो । त्यो केवल ‘पूजा’ होइन, त्यो हाम्रो संस्कार र संस्कृति हो । आउने पिँढीले आफ्नो संस्कार र संस्कृति नबिर्सिऊन् ।”
यति भनेर फोन राख्दै सुवेदार साइला बाले मिथक जस्तो लाग्ने उहिलेको कुराको बीट मार्नुभयो ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?