ट्रेंडिंग:

>> लुम्बिनीमा ‘शान्ति घन्टी’ को उद्घाटन, पर्यटनमन्त्रीले भने –‘बुद्धको सन्देश विश्वरभर फैलाऔं’ >> भैरहवा मेलामा बुधबारदेखि कुस्ती प्रतियोगिता हुँदै >> देशभरका कारागारमा योग शिविर सञ्चालन हुने >> काेशीलाई हराउँदै आर्मी सेमिफाइनलमा >> लैंगिक हिंसाविरुद्ध सामूहिक प्रतिवद्धता >> कैदीबन्दीलाई योगाभ्यास संस्कृतिमा जोड्दै सरकार >> लुम्बिनी प्रदेशकी सृजनासहित चार जना ढाका कबड्डी लिगमा >> कर्णालीमा विकास बजेटको खर्च सुस्त >> रामघाटमा व्यावसायिक ड्रागन फ्रुट >> गौतमबुद्ध विमानस्थल छिटो सञ्चालनको पहल गर्न देउवासँग व्यवसायीको माग >> गुल्मीमा बालिकाको बलात्कारपछि हत्या आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान >> लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा >> सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख १७ हजार ७ सय >> आज सातै प्रदेशका गृहमन्त्रीले प्रहरी समायोजनको माग गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्ने >> नेपाली विद्यार्थी बिपीन जोशीलाई मुक्त गर >> महिला हिंसाबिरुद्वको अभियान र सेतो रिबनको सन्दर्भ >> लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अघिल्लो सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्षहरुद्वारा सर्वोच्चमा रिट >> पहाडी भूभागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना >> पढाइसँगै सीप सिकाउँदै शान्ति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी र मधेश प्रदेशको जित >> जनताले फालेको राजतन्त्र अब फर्कदैनः देउवा >> तिलोत्तमा मेलामा पान, गुट्खा खुलेयाम बिक्रीः सकिनै लाग्दा समेत अधिकांश स्टल खाली >> विश्वभर द्वन्द्व अन्त्यको नेतृत्व नेपालले गर्नुपर्नेमा विज्ञहरुको जोड >> गृह जिल्लामा विप्लवको सप्ताहव्यापी कार्यक्रम >> बसले माेटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा एक विद्यार्थीको मृत्यु >> अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा >> अहिलेको सरकार विघटन गर्नुपर्छ : प्रभु साह >> पुषको तेस्रो साता प्रदेशस्तरीय ब्याडमिन्टन हुदै >> उद्घाटन खेलमा रुपन्देही र पाल्पा भिड्ने >> भूकम्पपीडित सुत्केरीको चिसोले मृत्यु >> सामाजिक सुरक्षा कोषमा ९ लाखभन्दा धेरै श्रमिक, ४४ अर्ब ८५ करोड जम्मा >> पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते >> मधेश प्रदेशविरुद्ध नेपाल पुलिस विजयी, केशल भुर्तेलको शतक >> किसान ठगिदा बिचौलियालाई मालामालः ५ रूपैयाँमा लिएर १०० मा बिक्री >> रामग्राम स्तुप क्षेत्रमा ऐतिहासिक प्रमाण फेला >> भ्रष्टाचारको बढ्दो ग्राफले बढाउँदै चिन्ता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सस्कृति संरक्षण समाज बुटवललाई उपाधि >> साना किसान कृषि सहकारीको १९ औँ साधारण सभा >> स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा. गोविन्द केसीको माग >> गैरीखुट्टा–रुपन्देही समाज गठन >> सर्भिस लेनको डिजाईन फेर्न बुटवल उपमहानगरले ग–यो यस्तो प्रस्ताव >> टेम्पो सञ्चालनमा स्थानीय सरकारको ज्यादतीः ब्यवसायीले गराए दलहरुको ध्यानाकर्षण >> रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको अध्यक्षमा काफ्ले र महासचिवमा पाण्डे चयन >> दाङ—रुपन्देही सम्पर्क समाज गठन >> केपी ओली कप : गण्डकी र लुम्बिनी तथा मधेस र पुलिस क्लब खेल्दै >> सांस्कृतिक कार्यक्रमले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै >> गुल्मीमा सत्यवती मेला >> रित्तिदै गाउँ, ६० प्रतिशत गाउँबाहिर, उब्जाउ भूमि बाँझै
सम्पादकीय

पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं

१० आश्विन २०८०, बुधबार ०५:४५
१० आश्विन २०८०, बुधबार ०५:४५

‘पर्यटनमा हरित लगानी’ भन्ने नाराका साथ विश्व पर्यटन दिवस नेपालमा पनि आज बुधवार विभिन्न कार्यक्रम गरी मनाईदैछ । हरेक बर्षको सेप्टेम्वर २७ लाई विश्व पर्यटन दिवसको रूपमा मनाउने परम्परा अनुसार नेपालमा पनि औपचारिक रूपमा यो दिवस मनाईदैछ । पर्यटन दिवसको अवसरमा नेपालका विभिन्न स्थानमा विशेष कार्यक्रम गरि पर्यटकहरूको स्वागत गरिदैछ । नेपालले विगतको कोरोना कालका कारण पर्यटन क्षेत्रमा ठूलो नोक्सानी बेहोरेको छ । अव पर्यटन पुनरुत्थानमा जोड दिनु जरुरी छ । अहिले कोरोना पूरै अन्त्य भएको छ तर कोरोना प्रभावको अवशेष अझै बाँकी छ । जसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रले भोगिरहेको छ । नेपाल सरकारले अव पर्यटन क्षेत्रलाई कसरी माथि उठाउने भन्ने बिषयमा गंभीर भएर सोच्नु जरुरी छ । पर्यटन दिवसकै सन्दर्भमा सरकारका तर्फबाट त्यो घोषणा होस् । संघीय सरकारले मात्र होइन प्रदेश सरकारले पनि पर्यटन क्षेत्रको उत्थानका लागि ठोस काम अघि बढाउन अव ढिलाई गर्नुहुँदैन । सम्मृद्ध नेपालको आधार पर्यटन क्षेत्र पनि हो । पछिल्लो सन्दर्भ पर्यटन दिवससंग केन्द्रित भएकोले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सरकारले ठोस पहल गर्नु जरुरी छ । पर्यटन दिवसकै अवसरमा पर्यटकहरूका लागि विशेष प्याकेजको घोषणा गर्नुपर्दछ । लुम्विनी प्रदेशको पर्यटन मन्त्रालयले गत बर्ष पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघ–संस्थाको सहकार्यमा पर्यटकहरूका लागि नयाँ प्याकेजको घोषणा गरेको थियो । होटल व्यवसायी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल्स लगायत संघ संस्थाको सहकार्यमा भएको राहत प्याकेजको घोषणाले पर्यटन क्षेत्रमा खासै उत्साह बढाउन सकेन । अव प्रदेशले नयाँ शिराबाट पर्यटन प्रवद्र्धनको कार्यक्रम घोषणा गर्नुपर्दछ ।

पर्यटक हाम्रा अतिथि र पाहुना हुन । त्यसैले पर्यटन दिवसको अवसरमा नेपाल आउने पर्यटकलाई स्वागत गर्नु हाम्रो कर्तब्य हो । त्यसो त सरकारले प्रत्येक बर्ष पर्यटन दिवसको पर्यटकलाई स्वागत गर्दै आएको छ । यो औपचारिकमात्रै भैरहेको छ । यसलाई अझ आकर्षित गर्ने ढंगले सोच्नु जरूरी छ । हरेक वर्ष लाखौँ पर्यटक नेपाल आउन थालेका छन । पर्यटकको यो संख्या बढाउन अतिथि देवो भव भनेजस्तै पर्यटकलाई फेरी पनि नेपाल जाउँजाउँ गराउनु पर्दछ । पर्यटक सम्मान कार्यक्रमले विश्वका पर्यटक नेपालमा आकर्षित हुनेछन् । नेपालको नाम विश्वमा चिनाउन अझै सहयोग पुग्नेछ । अवका दिनमा नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको समेत महत्वपूर्ण भूमिका हुने भएकोले पर्यटक आगमनलाई बढाउनेतर्फ हामी सवैको प्रयास हुनुपर्दछ । पर्यटन दिवसको अवसरमा रूपन्देहीका होटलहरूले पर्यटकहरूलाई विशेष छुट दिनुपर्दछ ।

अव संघीय र प्रदेश सरकारले पर्यटन ब्यवसायीका कार्यक्रमलाई थप टेवा पु¥याउनेतर्फ पहल गरोस् । गत बर्षमात्रै सरकारले नेपाललाई गन्तब्य दशक घोषणा गरेको छ । कताकता यो कार्यक्रम ओझेलमा परेको छ । विगतमा नेपाल भ्रमण बर्ष घोषणा भएको हो तर त्यो प्रभावकारी हुन सकेन भन्ने गुनासो छ । अवका दिनमा नेपाललाई पर्यटन गन्तब्य बनाउन आकर्षक कार्यक्रम घोषणा हुनुपर्दछ । विश्वकै अग्लो हिमाल, दर्जनौं हिम श्रृंखलाहरू, बुद्ध जन्मस्थल लुम्बिनी, शिकार आरक्ष, निकुञ्ज, पर्यटकीय शहर पोखरासंग जोडिएका दर्जनौं गन्तब्य, रारा, आदि सयौं पर्यटन तथा धार्मिक गन्तब्य छन् । अव तिनको अन्तर्राष्ट्रिय स्तरमै पहिचान गराउने गरि सरकारले पर्यटन प्याकेज घोषणा गरोस् । अनिमात्र पर्यटन दिवस मनाउनुको सार्थकता रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?