ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
सम्पादकीय

बजार अनुगमन प्रभावकारी बनाऊ

८ आश्विन २०८०, सोमबार ०६:०२
८ आश्विन २०८०, सोमबार ०६:०२

नेपाल सरकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित अनुगमन औपचारिक रूपमै सुरु गरेको छ । असोज १ गतेदेखि सुरु भएको अनुगमनको पहिलो औपचारिकता चिनी गोदाममा सिलबन्दी गरेर सुरु गरिएको छ । विभागका अनुसार खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग, आन्तरिक राजस्व विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, पशुपन्छी विभाग, कृषि, पशु विभाग, पर्यटन विभाग तथा जिल्ला प्रशासनका प्राविधिकसँगको छलफलबाट संयुक्त बजार अनुगमन गर्ने यसअघिको निर्णय अनुरूप अनुगमन सुरु भएको हो । यो अनुगमनलाई औपचारिक बनाउने कि प्रभावकारी ? बाणिज्य विभागकै हातमा छ । विगतको जस्तो अनुगमनले निरन्तरता पायो भने त्यो हास्यास्पद हुनेछ । बर्षमा एकपटक भएपनि बाणिज्य विभागले अनुगमनको औपचारिकता पूरा गर्छ । यसअघि उजुरी, गुनासोसहित दैनिक तीन÷चार वटा टोलीमार्फत अनुगमन गर्दै आएको विभागले चाडपर्वमा बढी खपत हुने खाद्यवस्तु, माछामासु, लत्ताकपडा, भाँडावर्तन, फलफूल, तरकारीलगायतमा अनुगमनलाई केन्द्रित गरेको जनाएको छ । यद्यपि विभागले यो बर्ष अनुगमन सुरु गरेयता औपचारिकताभन्दा पनि केही कृयाशीलता देखाएको छ । असोज १ यता कुल ६४ वटा व्यावसायीक फर्मको अनुगमन गरेकोमा १२ वटा फर्मलाई जरिवाना गरिएको छ ।

विभागले अनुगमन सुरु गरेपनि बजारमा उही पुरानै प्रकृतिका समस्याहरू अहिलेपनि देखापरेका छन । यसले नेपालको बजार ब्यवस्थामा सुधार ल्याउन कठिन रहेको स्पष्ट हुन्छ । गैरव्यवसायीक क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित क्रियाकलाप, बिलबीजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तुको बिक्री वितरण लगायतका काम बर्षौदेखि हुँदै आएको छ । उता ब्यवसायीले भने अनुगमनका नाममा धम्क्याउने गरिएको गुनासो गर्दै आएका छन । त्यसै त कोरोना कालपछि उद्योगी व्यवसायी थला परेका छन । त्यसमाथि स्थानीय तहले बजार अनुगमन गर्ने नाममा व्यवसायीलाई आतंकित वनाउने काम गरिरहेको ब्यापक गुनासो आएको छ । उता सरकारी निकाय वाणिज्य विभागले मात्र होइन, स्थानीय संघ संस्थाहरूले समेत बजार अनुगमन सुरु गरेका छन । दशैं तिहारको मुखमा मात्र सल्बलाउने हाम्रो बाणिज्य विभागले वर्षको एकपटक अनुगमनको प्रकृया पूरा गर्छन र ११ महिना निदाउँछन । निश्चितरूपमा प्रभावकारी अनगुमनले उपभोक्ताको हित गर्छ र मानव स्वास्थ्यका लागि राम्रो हो तर अनुगमनको प्रकृया पूरा गर्ने जुन पद्धती छ त्यो गलत छ भन्ने हो ।

बजारमा म्याद नाघेका उपभोग्य सामाग्री बर्गेल्ती देख्न पाईन्छ । तर, अनुगमनले त्यस्तो काम गर्ने कम्पनी वा उद्योगमाथि गरेको कारवाहीका बिषयमा भने अहिलेसम्म खासै सन्तोष मान्ने अवस्था छैन् । जेहोस स्थानीय निकायहरूले समेत अनुगमनमा चासो देखाएका छन । यो राम्रो कुरा हो । सकिन्छ भने अनुगमनलाई बाह्रै महिना निरन्तरता दिनुपर्दछ भन्ने हो । अनिमात्र जनताले राहतको महसुुस गर्नेछन् । एक दिन वा एक महिना दुई महिनामात्र होइन जनतालाई राहत दिने हो भने बजार अनुगमनलाई अझै प्रभावकारी वनाउँदै निरन्तरता दिनुपर्दछ । सशक्त अनुगमनको प्रकृयालाई प्रभावकारी बनाउने हो भने त्यसले उपभोक्तालाई राहत दिनेछ । अनुगमनको औपचारिकता वन्द गरिनुपर्दछ । यस बिषयमा सम्वन्धित निकायको ध्यान जाओस् । पछिल्लोसमय उपभोक्ता हित संरक्षण मञ्चले पनि अनुगमन गर्दै आएको छ । स्थानीय पालिकाहरूसंगको सहकार्यमा हुने अनुगमनले निश्चय नै परिणाम दिएको छ । मञ्चको पछिल्लो केही महिनायताको अनुगमनको कृयाशीलता आशालाग्दो रहेको छ । तसर्थ बजार अनुगमनमा सरकारी तथा नीजि संघ संस्थाको सहकार्य आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?