ट्रेंडिंग:

>> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल

विश्व ओजोन तह दिवस

३१ भाद्र २०८०, आईतवार
३१ भाद्र २०८०, आईतवार

विश्व ओजोन तह दिवस आज आईतवार विश्वभरी विभिन्न कार्यक्रम गरि मनाईदैछ । ओजोन तह दिवस मनाउँदै गर्दा विश्वमै बढ्दो तापमान मूख्य चुनौतिका रूपमा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत विश्व तापमान चुनौतिको रूपमा देखापरेको भन्दै ओजोन तह दिवसको अवसरमा तापमान बृद्धि नियन्त्रणमा प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । निश्चितरूपमा यो दिवसलाई औपचारिकमात्रै बनाउने कि परिणाममुखी बनाउने भन्ने विषय महत्वपूर्ण हो । दिवसलाई परिणामुखी बनाउने हो भने विश्वका शक्तिशाली राष्ट्रहरूले ओजोन तहलाई नियन्त्रणमै राख्नेतर्फ पहल गर्नु जरुरी छ । सन् १९८७ सेप्टेम्बर १६ मा विश्वका २४ वटा राष्ट्रले ओजोन विनासका हानिकारक तत्वहरूको उत्पादनमा कमी ल्याउने मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेको दिनको स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । यो दिवस सन् १९९५ देखि मनाउन थालिएको हो । ओजोन तह दिवस मनाउन थालिएको २८ बर्ष भयो तर यसवीचमा ओजोन तह संरक्षणको सवालमा खासै महत्वपूर्ण काम भएको छैन । ओजोन तहको विनास गर्ने हानिकारक तत्वहरूमा क्लोरोफ्लोरोकार्व, कार्बनडाइ अक्साइडलगायत अन्य विभिन्न ९४ वटा रसायन पर्छन् । तर तीनको प्रयोगमा कमी ल्याउनुको साटो झनै बृद्धि भएको पाइएको छ । ओजोन तहको विनासकै कारण जलवायु परिवर्तनको नकारात्मक असरसँगै बर्सेनी तापक्रम वृद्धि भइरहेको छ । पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमिमाथि रहेको ओजोन एउटा रक्षात्मक कवज हो । यसले सूर्यका हानिकारक किरण पृथ्वीमा प्रत्यक्ष प्रवेश गर्न रोक लगाउँछ । मानवका अप्राकृतिक क्रियाकलाप तथा वन, वातावरणीय विनाश, जल, वायु तथा विविध प्रदुषण, अव्यवस्थित सहरीकरण तथा औद्योगिकीकरण, रासायनिक पदार्थको बढ्दो प्रयोगले ओजोन तहमा प्वाल परेको छ । यसले पृथ्वीको तापक्रम वृद्धि र जलवायु परिवर्तनमा टेवा पु¥याइरहेको छ । तर विश्वका कुनैपनि देशले तापमानमा कमी ल्याउने कुनैपनि प्रकारको गतिविधि सञ्चालन गर्न सकिरहेका छैनन ।

पृथ्वीमा २० प्रतिशतले ओजोन तह विनाश भएको पाइएको छ । तर, अन्टार्कटिकाको आकाशमा ८० प्रतिशतभन्दा बढी ओजोन तह नष्ट भएको विभिन्न अध्ययनले देखाएको छ । नेपाल सरकारले विश्वकै वातावरण जोगाउँदै तापक्रम सन्तुलन तथा ओजोन तह विनास रोक्न प्राथमिकता दिएको भन्दै नीति कार्यक्रममा यो विषयलाई समावेश गरेको छ तर ठोसरूपमा यसको प्रभावकारी परिचालन हुन सकेको छैन । यी सवै विषयले समग्रमा पृथ्वीको अस्तित्व र सुरक्षामाथि चिन्ता थपेको छ । दिवसकै पूर्व सन्ध्यामा बिश्वमै बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रासका कारण नेपाल उच्च जोखिममा परेको भन्दै नेपालका वातावरणबीदहरूले ठूलो चिन्ता थपेको बताएका छन् । नेपाल विश्वव्यापी जलवायु परिवर्तनको कारण उच्च जोखिममा रहेको छ । ओजोन तह विनासको कारण जलवायु परिवर्तनमा समस्या आएको छ । बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रास हुनु अर्को ठुलो चिन्ताको विषय बनेको छ । नेपाल सरकारले यिनै चुनौतीहरूलाई ध्यानमा राखी जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकता दिनु जरुरी छ ।

आगामी दिनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले मिलेर काम गर्नुको बिकल्प छैन । खासगरी विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरूले ध्यान दिएनन भने विश्व अव खतराको सूचीमा पर्ने निश्चित छ । खासगरी गरिब, महिला र विपन्न वर्गमा जलवायु परिवर्तनले परिरहेका असरलाई सम्बोधन गर्न थप सहयोगको प्रतिबद्धता र जलवायु न्यायको प्रश्नलाई सम्बोधन गर्नु आवश्यक छ । पर्वतीय राष्ट्रहरूको समस्याको पहिचान र सम्बोधनमा विश्वको ध्यानाकर्षण गर्न ठोस पहल समेत आवश्यक रहेको छ । नेपालले उस्तै समस्या भएका पर्वतीय मुलुकहरूको समस्याहरूलाई रणनीतिक रूपमा उठान गरी पर्वतीय मुलुकहरूसँग सहकार्यको रणनीति बनाउन पनि आवश्यक छ । अनिमात्र विश्व ओजोन तह दिवस मनाउनुको सार्थकता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?