ट्रेंडिंग:

>> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति
सम्पादकीय

प्रदेश सरकारको कमजोर प्रतिवद्धता !

२७ भाद्र २०८०, बुधबार ०६:१९
२७ भाद्र २०८०, बुधबार ०६:१९

गत बैशाख १५ गते पद तथा गोपनियताको सपथ लिदै गर्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले एक बर्षमा दुईलाख रोजगारी सिर्जना गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाएका थिए । बिडम्वना रोजगारीको कुरा त धेरै टाढाको कुरा– मुख्यमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिन समेत सकेका छैनन् । प्रदेश सरकार आफै लंगडो बनेको छ । मन्त्रिपरिषदले पूर्णता नपाउँदा मन्त्रालय कामविहीन जस्तै बनेको छ । त्यसमाथि मुख्यमन्त्रीका महात्वाकांक्षी योजना हावासरी गफमै सीमित हुने हो कि भन्ने चिन्ता छ । प्रदेश सरकारले सुशासन, विकास र सम्मृद्धिमा जोड दिएको आफ्नो प्रतिवद्धतामा उल्लेख गरेको थियो । सम्मृद्धिका लागि रोजगारी सिर्जना गर्ने सरकारले घोषणा गरेको थियो तर सरकार बनेको साढे चार महिना हुँदापनि सरकारले गति लिन सकेको छैन । सरकार मूकदर्शक जस्तै बनेको छ । सबैलाई रोजगारीका अवसर प्रदान गर्ने, दीर्घकालीन आर्थिक वृद्धिको वातावरण तयार पार्ने र श्रम गर्ने उमेरका नागरिकलाई उत्पादनशील काममा अवसर प्रदान गर्न सवैभन्दा पहिले सरकार प्रभावकारी रूपमा चलायमान हुनुपर्दछ । बजेट खर्च बढ्नुपर्दछ । तर सरकार विनियोजित बजेट समेत अहिलेसम्म खर्चमा कमजोर बनेको छ । साढे चार महिनामा कम्तिमा ३० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने हो तर प्रदेश सरकार १० प्रतिशत खर्चमै खुम्चिएको छ । यसरी प्रदेशमा रोजगारी सिर्जना कसरी होला ? मुख्यमन्त्रीले जादुको शैलीमा रोजगारी सिर्जना कहाँबाट गर्नुहुन्छ ? चिन्ताको बिषय छ ।

नेपालमा बार्षिक रूपमा ५ लाख युवाहरू रोजगारीका लागि तयार हुन्छन । ५ लाख युवालाई रोजगारीमा जोड्ने कुरा संघीय सरकारका लागि चुनौतिको बिषय हो । त्यसमाथि लुम्बिनी प्रदेश सरकारले दुईलाख रोजगारी सिर्जना गर्ने कुरा आकासको फल आँखातरी मर जस्तै हो । विना योजना हचुवाका भरमा घोषणा गरेर प्रदेश सरकारले कहाँबाट युवालाई रोजगारी दिन्छ ? अहिलेसम्म कति युवाहरू प्रदेश सरकारको कार्यक्रमबाट रोजगारीमा जोडिएका छन ? यो गंभीर बिषय हो । केवल लोकप्रियताका नाममा घोषणा गर्ने र पछि असफल भयो भने सबै दोष केही न केही बहानाबाजी गरेर उम्किने खेल संघीयदेखि प्रदेश सवैतिर हुँदै आएको छ । निश्चितरूपमा प्रदेश सरकारले दुई लाख हाराहारीमा रोजगारी सिर्जना गर्ने कुरा भनिरहँदा प्रदेश सरकारप्रति सवैका आशा र विश्वास सिर्जना भएको थियो । तर, सरकार बनेको लामो समय बित्दा समेत सरकारले आफै पूर्णता पाउन सकेको छैन । सरकार आफै हातखुट्टा बाँधिएको जस्तो छ । अनि कहाँबाट रोजगारीको अवसर सिर्जना होला ? सोचनीय बिषय हो । खासगरी युवा जोश, जाँगर र शक्ति विदेशी भूमिमा सिंचित गर्दै आएका छन । यस्तो अवस्था सिर्जना हुनुका पछाडिका कारण र यसका समाधानका विषयमा छलफल केन्द्रित गर्नुपर्ने अवस्था छ । श्रम बजारमा सधैं उत्पादक श्रमिकको माग हुन्छ ।

हामीसँग भएका श्रमशक्ति प्रायः अदक्ष छन् । यस्तो श्रमशक्तिको आावश्यकता रोजगारदातालाई पर्दैन । देशमा आर्थिक क्रियाकलापमा वृद्धि हुन सकेको छैन । आर्थिक वृद्धिदर न्यून छ । राजनीतिक अस्थिरताका कारण सरकार कमजोर छ । एक दशक लामो द्वन्द्वले देशभित्र कानुनी शासनको जग नराम्ररी खलबल्याइदिएको छ । दण्डहीनताको अवस्था दिनानुदिन सुदृढ हुँदै छ । वैदेशिक लगानी आकर्षित मात्र गर्न नसकिएको होइन स्वदेशी लगानीकर्तासमेत बाहिरिने क्रम जारी छ । यसबाट देशभित्र आर्थिक क्रियाकलाप घट्दै गई बेरोजगारीको समस्या अत्यन्त बढिरहेको छ । निजीकरणलाई उपयुक्त हिसाबले अघि बढाउन नसक्दा यो क्षेत्र नकारात्मकरूपमा प्रभावित भएको छ । सबैभन्दा बढी रोजगारी प्रदान गर्ने कृषि क्षेत्रको आधुनिकीकरण हुन सकेको छैन । अनि कसरी होला रोजगारी सिर्जना ? अन्ततः प्रदेश सरकारले जनताको आँखामा छारो हाल्ने काम नगरोस् । मुख्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिदै गर्दा जुन प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो, कम्तीमा त्यो प्रतिवद्धता अक्षरशः नभएपनि क्रमशः पूरा गर्नेतर्फ ध्यान देओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?