ट्रेंडिंग:

>> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी >> ‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य

प्राचीन सभ्यता खोज्दै रोहिणी सरकार

११ भाद्र २०८०, सोमबार
११ भाद्र २०८०, सोमबार

नवलपरासी, ११ भदौ । रूपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी किनारमा बुद्धपार्क बनाउने योजना अगाडि सारेको छ । प्राचिन सभ्यता बोकेको रोहिणी नदी बौद्ध सभ्यतासँग जोडिएको नदी हो । रोहिणी नदीको नामबाट पालिकाको नाम नामाकरण भएको थियो । रोहिणी नदीको तत्कालिन कोलिय र शाक्य राज्यका जनताले बाँडफाँड गर्ने बेला विवाद भई युद्ध हुने अवस्थासम्म पुग्न थाले पछि श्रावस्तीको जेतवन विहारमा रहेका भगवान बुद्ध विवाद सुल्झाउन आएको इतिहास भेटिन्छ । उक्त स्थानलाई पार्कको स्वरूप दिने गरि योजना अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।

बौद्धकालिन प्राचिन शाक्य राजाहरूको कपिलबस्तु राज्य र कोलिय राजाहरूको कोलिय गणराज्यको सीमा निर्धारण गर्ने रोहिणी नदीलाई प्राचिन सभ्यता र संस्कृति अनुसार पुर्नउत्थान गर्ने उद्देश्यले रोहिणी गाउँपालिकाले उक्त कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष विद्या यादवले बताए । रोहिणी बौद्धकालिन प्राचिन इतिहास बोकेको स्थान हो, उनले भने, त्यही प्राचिनतालाई झल्काउने उद्देश्यले यो गाउँपालिकाको नाम पनि रोहिणी राखिएको छ । रोहिणी नदी किनारमा रहेको यो गाउँपालिकाले नै जिम्मेवारी बोध गर्दै प्राचिन रोहिणी सभ्यताको पनि खोजी गर्दै छ ।
त्यसका लागि बौद्ध अध्ययेताहरूलाई लगाइएको उनले सुनाए । अहिले तत्कालन भैरहवा —भुमही राजमार्गमा पर्ने रोहिणी नदीको पुल देखि दक्षिणमा रहेको वृक्षरोपण क्षेत्रलाई रोहिणी सभ्यता बुद्धपार्कको रूपमा विकास गर्ने गरि नगरपालिकाले योजना बनाएको उनले बताए । सो क्षेत्रलाई पार्कको रूपमा बिकास गर्नेछौ , उनले भने, रोहिणी नदी किनारमा कोलिय र शाक्यहरू भेला हुने स्थानको पनि ब्यवस्थान गरिने छ । सो राजमार्गमा हिँड्ने यात्रु र पर्यटकलाई समेत केही समय विश्राम गर्ने गरि उक्त पार्कको विकास गरिने उनको भनाइ थियो । पार्कको होर्डिड्ड बोर्ड केही दिन भित्रै राख्छौ, उनले थपे, तत्पश्चात सो क्षेत्रमा पार्क विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने छ । डिपिआर अनुसारका कार्य निरन्तर गर्दै जाने र त्यसमा विभिन्न दातृनिकाय, बौद्ध अध्ययेतालाई समेत समेट्दै अगाडि बढ्ने योजना उनले सुनाए ।
गत बर्ष रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यता र संस्कृति अनुसारको ऐतिहासिक तथा पुरातात्विक पहिचानको खोजका लागि गाउँपालिकाले बजेट नै विनियोजन गरि कामको जिम्मेवारी बौद्ध अध्ययेताहरूलाई जिम्मा लगाइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले जानकारी गराए । बौद्ध साहित्यमा रोहिणी नदीको कुरा उल्लेख भएको पाइन्छ । भगवान बुद्ध बेला बोला यहिँ रोहिणी नदीमा आउने कुराहरू पनि उल्लेख भएको भईन्छ । विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पाउ परेको स्थान रोहिणी नदी आफैमा एक पवित्रा बोकेको स्थान हो । जहाँ भगवान बुद्ध पुगेर विभिन्न धर्मोपदेश गरेका हुन् ।

रोहिणी प्राचिन सम्पदा हो,यसलाई यहाँका पुर्खाले संरक्षण गर्दै आएका छन् । अहिले त्यसै प्राचिनताको आधारमा गाउपालिकाको नामाकरण हुदा त्यसको संरक्षण,प्रवद्र्धन र विकास गर्ने जिम्मेवारी पनि गाउपालिकाकै हो । वृहद लुम्बिनी र बौद्ध परिपथसँगै जोडेर यसलाई बौद्ध पर्यटनको रूपमा विकास गर्न आवश्यक छ । बौद्ध साहित्यमा उल्लेख भए अनुसार कोलिय र शाक्यहरूको प्राचिन काल देखी अन्तरसम्बन्ध भए पनि रोहिणी नदीको पानी खेतीपातीमा उपयोग हुने गरि कोलिय राज्यका जनता र शाक्य राज्यका जनताले रोहिणी नदीमा बाँध बाधेर त्यसको पानीले सिचाई गर्दै आएका थिए । पानीका कारण नदी छेउमा हुन थालेको विवाद सुनेर भगवान बुद्धले बाँध क्षेत्रमा भिच्छुसँघ सहित आएका थिए । र कोलिय राज्यका जनता र शाक्य राज्यका जनतासँग पानी र रगतको मुल्यमा कस्को मुल्य बढि छ ? भनेर सोधेका थिए । भगवानको प्रश्नमा कोलिय र शाक्य दुबै देशका जनताले पानी भन्दा रगतको मुल्य बढि छ भनेर जवाफ दिएका थिए ।

त्यसो भए रोहिणी नदीको पानीका लागि रगत बगाउने काम तर्फ किन उन्मुख भएका छौ ? भनेर प्रश्न गरे पछि दुबै देशका जनताले भगवान बुद्धको कुरा प्रति सहमत भए । युद्धको अवस्था पर सरेको थियो । युद्धको अवस्था भगवान बुद्धको एक शब्दले शान्तिमा परिणत भयो । शाक्य र कोलिय राज्यका जनता दुबैले अहंकार र प्रतिसोधको कारण रगत बग्छ । सहकार्य गरियो भने शान्ति बढछ । शान्ति पुर्ण तरिकाले दुबै राज्यका जनताले रोहिणीको पानी पालैपालो उपयोग गरे । भगवान बुद्धलाई कृतज्ञता प्रकट गर्दै अब देखी आपसमा मिलेर बस्ने प्रतिवद्धता जनाएका थिए । भगवान बुद्धले अन्य क्षेत्रमा पनि द्धन्द्धको समाधानका उपायमा रोहिणी नदी क्षेत्रमा भएका आपसी समझदारीलाई उदाहरणको प्रस्तुत गर्दै द्धन्द्ध र विवाद समेत मिलाउने गरेका थिए ।

उनले रोहिणीको बाँध क्षेत्रमा कोलिय र शाँक्य राज्यका बढापाखाहरूले विवाद समाधानका लागि बाँधमा जसरी पराल राख्ने,माटो राख्ने क्रम जोडदै बाँधको निर्माण हुन्छ । त्यसै गरि एकले आर्कालाई सहयोग गरि शान्ति स्थापनाको बाँध निर्माण हुन्छ । एक आपसको सदभाव प्रकट गरिएको रोहिणी नदी प्राचिन कालमा उदाहरणिय स्थान हो । सोही स्थानको खोज आज आवश्यक छ ,विश्व शान्तिको मुहान सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी भए पनि ति स्थान बुद्धको जन्म स्थल हो,प्रमुख प्रशासकिय अधिकृत गौतमले भने,तर बास्तविक शान्तिको सन्देश दिएको स्थान रोहिणी नदी किनार हो । जहाँबाट शान्तिको सन्देश विश्व भरिका लागि उदाहरणिय बन्न सक्छ । त्यसैले अहिले तत्काल रोहिणी नदि किनारमै रोहिणी सभ्यता बुद्ध पार्कको शुभारम्भ गर्न गाउनपालिका अगाडी सरेको छ । तर सहयोग सबै क्षेत्रबाट हुन आवश्यक रहेको उनले सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?