ट्रेंडिंग:

>> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

विद्यालयमा टिप्परको धुलो, धुवा र ध्वनी

५ फाल्गुन २०७८, बिहीबार
५ फाल्गुन २०७८, बिहीबार

विद्यालय हातामा हर्न निषेध, गति कम गर्ने विषयमा सहमति हुन्छ तर भोलिबाट जस्ताको तस्तै हुन्छ । आफ्नै गाउको खानी उद्योग वरदान भन्दा अभिशाप भएको स्थानिय बासिन्दाहरु बताउँछन । सिगों गाउमा एउटा मात्र मा.वी तहको विद्यालय छ ।

000

निस्दी गाउपालिका ज्यामिरेको जनप्रिय मा.विको परिसर हुदै चुन ढुगां बोकेर गुड्ने सयौं टिप्परको ध्वनी प्रदुषणका कारण विद्यालयमा पढन पाठनमा असर पुग्ने गरेको छ । विद्यालय देखि सय मिटर दुरीमा रहेको होङशी सिमेन्ट उद्योगको कच्चा पद्धार्थ ढुवानी गर्ने सयौं टिप्परको ध्वनी प्रदुषण सगैं धुलोका कारण पढन पाढन अवरुद्ध हुने गरेको विद्यालयका सहायक प्र.अ यम बहादुर आलेले बताए । साघुरो सडकमा सयौं टिप्पर तिव्र गतिमा विद्यालय परिसर बाट गुड्ने टिप्परका कारण दुर्घटनाको भय पनि बढदै गएको छ । स्थानिय बासिन्दा अभिभावक, विद्यालयको आवाज कसैवाट सुनुवाइ नभएको बताएका छन् ।

सिमेन्ट उद्योगको कच्चा पदार्थ सडक मापदण्ड भन्दा बढि २० देखि २५ टन सम्म ढुवानी गर्ने सवारीका साधनका कारण विद्यालयका झण्डै तिन सय बालबालिकाको भविश्य माथि खेलवाड भएको छ । गति कम गर्ने सवालमा खानी सञ्चालक टिप्पर चालक, स्थानिय सरकार, समक्ष पटक पटक आवाज उठाउँदा पनि अहिलेसम्म कहि कतैबाट सुनुवाई भएन । नजिकमा विद्यालय छैन । तिव्र गतिका कारण दुर्घटनाको भय, त्यसै माथि ध्वनी प्रदुषणको कारण बालबालिकाले अध्ययन गर्ने वातावरण नभएको स्थानिय अभिभावक गुनीसरा बि. कले गुनासो पोखिन ।

यस विषयमा सम्बन्धित निकास संग पटक पटक वार्ता नभएको पनि होइन । विद्यालय हातामा हर्न निषेध , गति कम गर्ने विषयमा सहमति हुन्छ तर भोलिबाट जस्ताको तस्तै हुन्छ । आफनै गाउको खानी उद्योग वरदान भन्दा अभिसाप भएको स्थानिय बासिन्दाहरु बताउँछन । सिगों गाउँमा एउटा मात्र मा.वी. तहको विद्यालय छ । त्यो पनि टिप्परका कारण विद्यालयमा भर्ना भन्दा छाड्ने क्रम बढि छ । विद्यालय अन्यत्र स्थानान्तरणका लागि पनि उपयुक्त स्थान नजिक छैन । दैनिकरुपमा तिन पटक धुलो नियन्त्रणका लागि पानी राख्ने सहमति खानी उद्योग संग भएको हो । तर सहमति भएको विषयमा कार्यान्वयन नभएको वडा अध्यक्ष गगन कुमार सोती बताउछन ।

यही टिप्परका कारण विद्यालयमा बालबालिका नियमित आउदैनन । आज लगाएको डे«स धुलोका कारण भोलि लगाउन मिल्दैन । प्राय सबैको दुई जोर डे«स हुदैन । एक दिन डे«स धुनै भनेर घर बस्ने गर्दछन । फेरी खानीका कारण पानीको श्रोत सुक्दै गए पछि कपडा धुन दिनै बिताउन पर्दछ । यो बाल बालिको रहर भन्दा बाध्यता भएको विद्यालयका शिक्षक बिष्णु खनाल बताउँछन  ।

टिप्परका कारण निस्दीको जनप्रिय सगैं रैनादेवी छहरा गाउँपालिका सोमादीको भगवती मा.वी.मा अध्ययनरत बालबालिका पनि सर्वोतम सिमेन्ट उद्योगको कच्चा पदार्थ ढुवानी गर्ने टिप्परका कारण प्रताडित भएको विद्यालयका सुमन कुमाल बताउछन । सिद्धेश्वरबाट सिमेन्ट उद्योगको कच्चा पदार्थ बोकेर तिव्र गतिमा धुलो उढाउँदै गुडने टिप्परका कारण आफु जस्ता विद्यालयमा अध्यनरत बाल बालिकाहरुको पढन पाढनमा मात्र नभइ विद्यालय आवत जावत गर्न असजिलो भएको उनले बताए ।

तिव्र गति त्यसै माथि धुलोको कारण यहा अध्यनरत बाल बालिकालाई कहिल्यै पनि रुघा खोकीले छाड्दैन । धुलाम्मे सडकबाट जोखिमयुक्त तरबले आवत जावत गर्न परेको विद्यार्थी ज्ञानी कुमाल बताउँछिन । विद्यालय वर पर गति कम त्यस पछि टिप्पर गुडुने सडकमा धुलो नउडने गरी पानी राख्ने सवालमा पटक पटक सहमति भएको हो । दुई चार दिन सहमति कार्यन्वयन गरे जस्तो गर्दछन त्यस पछिका दिनमा जस्ताको तस्तै हुन्छ । यसको सवालमा स्थानिय तहबाट होइन ? जिल्ला तहबाट अनुगमन गर्नु पर्ने वडा अध्यक्ष जिवनाथ पोखरेल बताउँछन ।

विद्यालय क्षेत्र मात्र होइन बाल बालिका आवत जावत गर्ने सडक सुरक्षित हुन पर्दछ । यस विषयमा खानी सञ्चालक, सवारी संचालक, सवारी चालक सबै सवेदनशिल बन्न जरुरी छ । अहिलेसम्म भएका सबै सझौंता खेलौना जस्तै भएको स्थानिय बासिन्दाहरुको गुनासो रहेको छ ।

माथागढी, निस्दी, रैनादेवी छहरा गाउँपालिकामा झण्डै दर्जन खानी उद्योग संचालनमा आएका छन । ति खानी उद्योग बाट रुपन्देही नवलपरासी जिल्लाको सिमेन्ट उद्योगमा कच्चा पदार्थ ढुवानी गर्ने साधनका कारण बालबालिकाको पढन पाढनमा समस्या उत्पन्न भएको छ ।

पहिलो त दुर्घटनाको प्रवल संभावना, त्यस माथि धुलो जस्ले गर्दा बाल बालिकामा स्वाश प्रश्वाशमा समस्या देखिएको स्वस्थ्य प्राविधिकहरु बताउँछन । गाउमा सिमेन्ट उद्योगको कच्चा पदार्थको खानी छ भनेर खुसी मान्नु पर्ने अवस्था छैन । खानी उद्योगले खुशी भन्दा निरास बढि बनाएको छ ।

बिहान सफा कपडा लगाएर बच्चा स्कुल पढायो बेलुका घर फर्कदा चिन्न नसक्ने गरी धुलाम्मे भएर फर्कन्छन । यस्तो समस्या एक दिन होइन, दुई दिन होइन सधै बेर्होनु पर्ने धुलाम्मे सडकको समस्या छ नै त्यसै माथि तिब्र गतिका कारण कति बेला आफना छोरा छोरी दुर्घटनाको शिकार बन्ने हुन भन्ने मनमा सधै भय पाल्नु परेको तिनाउ गाउँपालिका कोलडाडाकी बिमला चिदी बताउछिन ।

राजनैतिक दलका नेताको आड प्रहरी प्रकाशनको समन्वयका कारण टिप्पर व्यवसायी, खानी संचालकहरुले खानी संचालन गर्दा पुरा गर्नु पर्ने माप दण्ड पुरा गरेका छैनन । त्यसै गरी सडक , सवारी क्षमता भन्दा बढि ढुवानी गर्दा तिव्र गति नियन्त्रण गर्न तर्फ पहल नभएका कारण टिप्परको सडकमा मनोमानी बढेको सरोकारवालाहरुको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?