ट्रेंडिंग:

>> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री

विद्यार्थीले देशमै भविष्य खोज्ने प्रण गर्नुपर्छः सांसद घिमिरे

८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

बुटवल, ८ साउन । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सांसद बासुदेव घिमिरेले विद्यार्थीहरूले मुलुकमै भविष्य र अवसर खोज्नुपर्ने बताएका छन् । अस्थीर सरकारका कारण सबै क्षेत्रलाई असर पु¥याए पनि सरकारलाई मात्र गाली गर्ने नभई विदेश जाने मनस्थिति त्यागेर देशमै धेरै सम्भावनाको खोजी गरी भविश्य बनाउने प्रण गर्नुपर्ने बताए ।
न्यू होराइजन इङलिस बोर्डिङ स्कूल बुटवलले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै सांसद घिमिरेले आफ्नो देशमा केही पनि छैन भनेर निराशाको खेती गर्न नहुने र सक्षम युवा विद्यार्थीलाई स्वदेशमै भविष्य देख्ने वातावरण बनाउन आफू र आफ्नो दल निरन्तर लाग्ने बताए ।
राज्यले सामुदायिक विद्यालयमा ठूलो लगानी गरे पनि केही अपबाद बाहेक सबै विद्यालयको शैक्षिक गुणस्तरमा दुर्दशा रहेको बताए । संस्थागत विद्यालयमा सरकारले कुनै सहयोग नगरे पनि विद्यार्थी र अभिभावकको आकर्षण रहेको भन्दै सांसद घिमिरेले भने – ‘सरकारले लिने दायित्व संस्थागत विद्यालयले लिएर देशकै शैक्षिक विकासमा प्रमुख भूमिका निभाएका छन ।’
सांसद  घिमिरेले न्यू होराइजन निजी र संस्थागतका लागि मात्र नभई सरकारी विद्यालयका लागि पनि राष्ट्रको सर्वोकृष्ट शैक्षिक संस्था र सिकाईको केन्द्रको रुपमा स्थापित भएको बताए ।

कार्यक्रमलाई संवोधन गर्दै विद्यालयका सञ्चालक निर्मलप्रसाद लाकौलले कक्षा ११ र १२ उत्तीर्ण गर्दा वित्तिकै विदेश जान मिल्ने नीतिमा सरकारले नियन्त्रण र परिमार्जन गर्नुपर्ने बताए ।
विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले गुणस्तरीय र उत्कृष्ट शिक्षा काठमाडौं बाहिर मोफसलमा पनि दिन सकिन्छ भन्ने उदाहरण न्यू होराइजनका विद्यार्थीले पटक पटक हासिल गरेका सर्वोत्कृष्ट नतिजाहरुले प्रमाणित गरेको बताउंदै उपयुक्त शैक्षिक वातावरणका साथ विद्यार्थीमैत्री शैक्षिक संस्था बनेको बताए ।
विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठले विद्यार्थीलाई अनुशासित, कक्षामा नियमितता र समयनिष्ट बनेर पढनुपर्ने बताए । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषय पढाउदै आएको विद्यालयमा यो वर्ष विज्ञानमा २५३ र व्यवस्थापनमा ३६० विद्यार्थी भर्ना भएको प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए । कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीलाई उत्पादनसँग जोडिन आग्रह गरे । कार्यक्रममा गायक प्रमुख खरेल सहित विभिन्न कलाकारहरुको गायन तथा नृत्यको प्रस्तुतिमा विद्यार्थीहरू भरपूर मनोरन्जन लिंदै झुमेका थिए ।

कार्यक्रममा उपप्राचार्य बालकृष्ण भण्डारी,कक्षा १० का संयोजक प्रकाश गौतमले पनि आफ्नो धारणा राख्दै अभिभावक, नागरिक समाज र सरोकारवालाको सल्लाह सुझाव अनुसार अघि बढेकाले न्यू होराइजन उत्कृष्ट विद्यार्थीको रोजाईको थलो बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np