ट्रेंडिंग:

>> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

कालीगण्डकीको पानीले घटाउँला त तानसेनको बसाई सराई ?

१४ जेष्ठ २०७८, शुक्रबार
१४ जेष्ठ २०७८, शुक्रबार

कालिगण्डकीको पानी तानसेनमा झर्न सुरु गरेको छ । लामो समयको प्रतिक्षापछि कालिगण्डकीको खानेपानी तानसेनका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले जेठ ९ गते आईतवारदेखि कालिगण्डकीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम सुरु गरेको हो ।

२ महिना अघि तानसेनमा कालीगण्डकीको पानी लिफ्ट गरी झारिए पनि पानी परीक्षणमै रहेकाले परीक्षणपछि बल्ल पानी वितरण थालिएको उपभोक्ता समितिले जनाएको छ । ल्याव परीक्षण पछि पानी पिउन योग्य रहेको भन्दै समितिले उपभोक्ताको घर–घरमा वितरण गरेको हो । कोरोना सक्रमणको समयमा सरसफाईको क्षेत्रमा बढी पानी खर्चिनु पर्ने समयमा कालीगण्डकीको पानी घर–घरमा आएपछी तानसेनवासी उत्साहित भएका छन् । कालीगण्डकीको पानी, तानसेन वडा नंं १ देखी वडा नंं ८ र वडा नंं ११ देखी १३ सम्म वितरण हुने छ ।

पछिल्लो समयमा सदरमुकाम तानसेनमा पानीको समस्या र घट्दो व्यापारिक चहलपहलको कारण तानसेनबाट बुटवल भैरहवा, नारायणगढ, काठमाडौ जस्ता स्थानमा बसाई सराईको क्रम बढेको छ । कालिगण्डीको पानीले अब यो समस्या समधान गर्नेमा समितिले विश्वास लिएको छ ।

तानसेन नगरपालिका वडा नंं १३ छर्लुङ्ग र रानीमहलको बिच भागबाट कालीगण्डकीको पानी लिफ्ट गरी तानसेन बतासेडाँडाको मुल ट्याङ्कीमा झारिएको हो । लामो समय देखी खानेपानीको समस्या रहँदै आएको सदरमुकाम तानसेनमा कालीगण्डकीको लिफ्ट पानीले यहाँका उपभोक्ताहरुको तिर्खा मेटाएको छ । कालीगण्डकीबाट ६ वटा पम्प स्टेशनमार्फत पानी पम्पिङ् गरी १ हजार ४४ मिटर उचाईको मुल ट्याङ्की बतासेमा पानी झारिएको छ ।

दुईबर्ष अघि नै खानेपानीको काम सक्नुपर्ने सम्झौता भएपनि निर्माण व्यवसायीले कोभिड तथा विभिन्न कारण देखाउदै काम पुरा गर्न समय लागेको जनाएको छ । निर्माण व्यवसायी रमन मृत सञ्जीवनी जेभी, काठमाडौँले २५ करोड ३९ लाखमा सम्झौता कालीगण्डकी खानेपानी योजनाको सम्झौता गरेको थियो । काम सम्पन्न भएको एक बर्षसम्म निर्माण व्यवसायीले मर्मत सम्भार देखी खानेपानीको विल समेत भुक्तानी गर्ने छ ।

लामो समयपछी कालीगण्डकीको पानी पिउन पाउँदा खुसी लागेको तानसेन ४ सिल्खानटोलका उपभोक्ता कृष्ण प्रसाद पाण्डेले बताए । कालीगण्डकीको पानी त पिउन पाउँदा खुसी त भएका छौ तर यो खुसी कति दिन टिक्ने हो ? थाहा छैन । हप्ता दिनमा आउने धारा दिन दिनै आओस्, तानसेनका जनताहरुमा कहिल्यै खानेपानीको असुविधा नहोस् भनी सम्पूर्ण तानसेनवासीको यही अनुरोध रहेको उपभोक्ता पाण्डेले बताए ।

कालीगण्डकी लिफ्ट प्रणालीबाट तानसेनको मुख्य ट्याङ्कीमा प्रतिसेकेण्ड ३६ लिटर पानी लिफ्ट गर्ने क्षमता रहेकोमा हाल ४५ मिनेटमा १ लाख लिटर पानी बतासेको मुख्य रिजर्भ ट्याङ्कीमा झरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय अर्घाखाँचीका प्राविधिक केशव खत्रीले बताए ।

पहिलो चरणमा बनेको इनारबाट २० वर्षपछि पनि प्रतिसेकेण्ड ३६ लिटर पानी आउने र आयोजनालाई दीर्घकालीन बनाउन ६ करोड ७ लाख रुपैयाँमा दोस्रो चरणमा थप एउटा इनार र पानी प्रशोधन केन्द्र निर्माणको काम भईरहेको तानसेन खानेपानी उपभोक्ता समितिका सचिव केशव पौडेलले बताए । ल्यावमा कालीगण्डकी ईनारको पानी परीक्षण गर्दा पिउन योग्य भएको प्रमाणित भएपछि हामीले अहिले पानी लिफ्ट गरी सुख्खा मौसममा पानीको कमी नहोस् भनी तानसेनका केही स्थानमा वितरण शुरु गरेका छौ, केही दिनसम्म पानीको लिफ्टको अवस्था अवलोकन गरी पूर्ण रुपमा पानी वितरणको व्यबस्था मिलाउने कोषाध्यक्ष भिमसेन कार्कीले बताए । कालीगण्डकी लिफ्ट प्रणालीको लागि ५ वटा स्टेशनमा दुई ÷दुई जना अपरेटर नियुक्ती गरी केहीलाई काममा खटाएको केही आउने क्रममा रहेको समितिले जनाएको छ ।

कालीगण्डकी लिफ्ट खानेपानीको लागि छुट्टै टि. ओ. डी. मिटर राख्नु पर्ने नियम रहे पनि, पाल्पा विद्युत प्राधिकरणले समयमा टि.ओ.डि. मिटर नजोड्दा अहिले तानसेन खानेपानी समितिको नामबाट विद्युत खर्च भईरहेकाले, समितिको मासिक १० देखी १५ लाख रुपैयाँ अनावश्यक खर्च हुने समितिका कोषाध्यक्ष कार्कीले बताए ।

तानसेनको ५० हजार जनसंख्यालाई दैनिक ३५ लाख लिटर खानेपानीको आवश्यकता परिपूर्ति हुने भएकाले सुख्खा क्षेत्र घोषणा गरी कालीगण्डकीबाट लिफ्टिङ् योजना अघि बढाइएको थियो । कालीगण्डकीको लिफ्ट पानी होटल, उद्योग कलकारखानालाई आवश्यकता अनुसारको धारा वितरण गरिने समितिले जनाएको छ । होटलको क्षमता, कामदारको अवस्था, सरकारलाई राजश्व तिरेको आधारमा उद्योग कलकारखाना तथा होटलहरुलाई पानीको सुविधा प्रदान गर्ने समितिले निती बनाएको कोषाध्यक्ष भिमसेन कार्कीले बताए ।

तानसेन खानेपानी उपभोक्ता समितिले हाल सम्म ३ हजार ५ सय निजीधारा वितरण गरेको छ भने नयाँ धाराको लागि करीव १ हजार ५ सय उपभोक्ताले निवेदन दिएको समितिका कार्यालय प्रमुख दिवाकर अर्यालले बताए । तानसेनको खानेपानी लिफ्टमा आधारित भएकाले विद्युत अवरुद्ध हुँदा, पानी तान्ने मोटर विग्रिदा पानीको हाहाकार मच्चिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?