ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

असल अभ्यासहरुमा कालिका प्रथम

१९ असार २०८०, मंगलवार
१९ असार २०८०, मंगलवार

बुटवल, १९ असार ।

बुटवलको कालिका मानवज्ञान मावि देशमै असल अभ्यासहरुको संकलन, प्रकाशन र प्रबोधिकरण कार्यक्रम गर्ने विद्यालयमा प्रथम स्थान हासिल गरेको छ । मंगलबार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलबाट पत्रमार्फत प्रथम भएको जानकारी दिईएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

‘हाम्रो विद्यालय असल अभ्यासहरुको संकलन, प्रकाशन र प्रवोधिकरण कार्यक्रम केन्द्रको निर्णय अनुसार विद्यालय उत्कृष्ट कार्य गरेको मध्येबाट प्रथम स्थान हासिल गर्न सफल भएको छ’— उनले भने । देशभरका सामुदायिक विद्यालयहरुमध्येबाट ४ सय २२ नमुना विद्यालयबिचमा कालिका प्रथम भएको हो । रुपन्देहीमा नमुना विद्यालय ८ वटा छन् ।

विद्यालय आसपासका आठ वटा सामुदायिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधिमध्ये एक र विद्यालयका प्रधानाध्यापकलाई तालिम गराउने जिम्मेवारी दिईएको छ ।


यो वर्षमात्र विद्यालयले ललिलपुर, स्याङ्जा, पाल्पा, रोल्पा, प्युठान, कपिलवस्तु, गुल्मी, नवलपुर, बाके, बर्दिया, कैलाली, जुम्ला लगायत जिल्लाका डेढ दर्जन भन्दा बढी पालिकाहरुमा असल अभ्यासका कार्यक्रम गरिरहेको उनले बताए । जसमा सांगितिक ब्यायाम, प्रार्थना ब्यवस्थापन कार्यशाला समेत गरिएको हो ।

यसैगरी विद्यालयबाट यो वर्ष १५ जनाले एमबिबिएसमा स्कलर्शसीप पाएका छन् । गतवर्ष १३ जनाले नाम निकालेको उनले बताए । देशभरमै सरकारी स्कुलबाट सबैभन्दा धेरै नाम निकाल्ने विद्यालय भएको उनले दाबी गरे । यसैगरी ईन्जिनियरिङतर्फ गतवर्ष ३९ जनासहित बिईमा एक सय जना बढीले नाम निकालेका छन् । कालिका मानव ज्ञान मावि नर्सरीदेखि १२ कक्षासम्म दुई सेक्टरमा गरी ७ हजार ६ सय ३९ विद्यार्थीहरु अध्ययरत छन् ।

विद्यालयका खेलकुद प्रशिक्षक तथा म्युजिकल पिटिका राष्ट्रिय अभियन्ता हरिश वलीले कालिकामा गरिएका असल अभ्यासलाई अन्य सामुदायिक विद्यालयहरुमा समेत सिकाई अभ्यास र सांगितिक ब्यायाम तथा प्रार्थना ब्यवस्थापन कार्यशाला गरिएको बताए । बच्चाको अनुशासन, संस्कार, पढाईको तयारीका बारेमा समेत सिकाई हुने उनले बताए । देशका ३ सय ९४ स्थानीय तहका सामुदायिक विद्यालयमा यो अभ्यास चलिरहेको उनले बताए । देशका ७ सय २० सामुदायिक विद्यालयमा कार्यक्रम गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?