ट्रेंडिंग:

>> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

निःशुल्क रगतले तिलोत्तमाबासीलाई राहत

१८ असार २०८०, सोमबार
१८ असार २०८०, सोमबार

मनु गुरुङ (निरु)
बुटवल, १८ असार ।

तिलोत्तमा नगरबासीका लागि निःशुल्क रक्तदान सेवा सुरु भएसँग राहत भएको छ । नगरपालिकाले तिलोत्तमाबासीलाई निःशुल्क रगत उपलव्ध गराउने व्यवस्था गरेसँगै नगरबासीलाई राहत मिलेको हो । नगरपालिकाले यसका लागि रक्तसञ्चार केन्द्र रुपन्देहीसँग २०७९ माघ २९ सम्झौता गरेको थियो । त्यसपछि फागुन १ गतेदेखि सुरु गरेको छ ।

नियमित डाइलासिस गराउँदै आएका तिलोत्तमा नगरपालिका १७ भरौलीयाका बासिन्दा अर्जुन बहादुर कार्कीले आफूले निःशुल्क रगत पाएपछि धेरै सहज भएको बताए । “मेरा दुईवटै मृगौला खराव छन्, विगत एक वर्षदेखि नियमित डाइलासिस गराउँदै आएको छु, मैले वर्षेनी ४, ५ पोका रगत निःशुल्क पाएको छु”–उनले भने ।

त्यस्तै तिलोत्तमा –८, ४ नम्बर मिलीजुली पथका बासिन्दा हरिकला पल्लीले निःशुल्क रगत पाउँदा निकै खुशी लागेको बताए । “नागरिकता र बसाइसराईको कागज लगेर गएपछि पाइँदो रहेछ किन्न परेको भए कति गाह्रो हुने थियो”–उनले भने ।

त्यस्तै तिलोत्तमा १३ निवासी बेनीमाधवलाई पिसाब थैलीबाट रगत बग्ने समस्या भएपछि रगत चढाउनु पर्ने भयो । निःशुल्क रगत पाएपछि उनी दंग भए ।

अहिले सम्म विपन्न परिवारका सदस्य मात्र होइन सबैलाई समेटेर निःशुल्क रगत बाडिएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कृष्ण चौहानले बताए । तिलोत्तमाका ३८५ जना स्थानीय बासिन्दाले नागरिकता वा बसाइसराईको प्रमाणपत्रको आधारमा निःशुल्क रगत प्रदान गरिएको छ । यसका लागि रक्तसञ्चार केन्द्रलाई नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गरेको छ ।

तिलोत्तमा स्वास्थ्य शाखा धु््रवराज घिमिरेले नगरपालिकाले निःशुल्क रगत प्रदानका लागि रक्तसञ्चार केन्द्रसँग समझौता गरी बजेट उपलव्ध गराउँदै आएको बताए ।

तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले कोही पनि नागरिक दुर्घटना, गर्भवती, रक्तअल्पता, किड्नी, रक्तचाप, डाइलासिस, अप्रेसन, बिरामी कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताइन् ।
नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरण गर्ने तिलोत्तमा नगरपालिका सम्भवतः नेपालकैं पहिलो स्थानीय तह हो । तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने नगरवासीमध्ये आर्थिक रुपमा विपन्न परिवारलाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको हो । तर, यसमा सबैलाई खुला गरिएको छ ।
पछिल्लो समय देखा परेका क्यान्सर, मुटुको रोग, मिर्गौलाको समस्यालगायतका तमाम रोगको उपचारसँगै रगत पनि आवश्यक पर्ने भएकोले कम्तिमा रगतको सेवा शुल्क हामीले दिँदा बिरामीलाई थोरै भएपनि राहत मिल्ने ठानेर यो कार्यक्रम ल्याइएको उपप्रमुख चौधरीले बताइन् ।

खासगरी नियमित रगत चाहिने बिरामीहरु यो कार्यक्रमबाट बढी लाभान्वित भएको पाइएको छ । रगत किनबेच गर्ने वस्तु त होइन तर व्यवस्थापकीय कारण बिरामीले तिर्ने सेवा शुल्कको बोझ घटाउनु यस कार्यक्रमको उद्देश्य रहेको चौधरीले बताइन् ।
रगत निःशुल्क पाउन के—के प्रक्रिया अपनाउनुपर्छ ?
यो सुविधा तिलोत्तमा नगरपालिकामा स्थायी रुपमा बसोबास गर्नेहरुको लागि हो । यसैले स्थायी नगरवासीको प्रमाण नै यसको पहिलो प्रक्रिया हो । सम्बन्धित चिकित्सकले रगत चाहिने भनी गरेको सिफारिस तथा बिरामीले रक्त सञ्चार केन्द्रबाट सेवा शुल्क तिरेको बिल नगरपालिकामा पेश गर्नुपर्छ । बिरामीको नागरिकता वा जन्मदर्ता प्रमाणपत्र पनि संलग्न गरेर कागजात पेश गरेपछि सेवा शुल्क भुक्तानी पाउने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?