ट्रेंडिंग:

>> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन

अटोको दुईथरी भाडा दर

१० श्रावण २०७५, बिहीबार
१० श्रावण २०७५, बिहीबार

सन्तोष अधिकारी

यातायात व्यवस्थापन समिति दाङले कायम गरेको अटोरिक्साको भाडादर दाङका अटोरिक्सा व्यवसायीहरुले कार्यान्वयनमा नल्याउने बताएका छन् । बुधबार घोराहीमा भएको भेलाले गत असार २७ गते सार्वजनिक भएको अटोरिक्साको नयाँ भाडादर प्रति असन्तुष्टि जनाउँदै आफैले नयाँ भाडादर निर्धारण समेत गरेका छन् ।
यातायात व्यवस्थापन समितिको गत असार २२ गते बसेको बैठकले दाङका अटोरिक्साहरुको स्थायी भाडादर कायम गर्न उपसमिति निर्माण गरेको थियो । उक्त समितिले प्रति २ किलोमिटर प्रतिब्यक्ती २० रुपैंया भाडादर सिफारिस गरेको थियो । भने २ किलोमिटर भन्दा धेरै भएमा प्रतिकिलोमिटर १० रुपैयाका दरले थपहुदै जाने समितिको सिफारीसमा उल्लेख छ । अटोरीक्साको भाडादर निर्धारणका लागि बनेको उपसमितिले गरेको सीफारीषका आधारमा यातायात व्यवस्था कार्यालय राप्तिले बुधवार भाडादर सार्वजनीक गरेको हो ।
यातायात व्यवस्था समितिबाट पारित नहुँदासम्म प्रति २ किलोमिटरका लागि २० रुपैंया र बाँकी १ किलोमिटरमा १० रुपैंया प्रतिब्यक्ति थप भाडा लिने गरी तदर्थ भाडादर कायम गरेको यातायात व्यवस्था कार्यालय तुलसीपुरले जानकारी दिएको छ । यता समितिले सिफारिस गरेको भाडादर मान्य नहुने भन्दै अटोव्यवसायीले बुधवार घोराहीमा छुट्टै भाडादर निर्धारण गरेका छन् । घोराहीमा भएको भेलाले संयुक्त अटो ट्याम्पो व्यवसायी समिति समेत गठन गरेको छ । उक्त समितिले नै आफैले नयाँ भाडादर निर्धारण गरेको हो । आफुले निर्धारण गरेको भाडादर सिफारिसका लागि यातायात व्यवस्था कार्यालयमा पठाउने समितिका अध्यक्ष अमर बुढाले बताए ।
तर दाङका अरु ५ वटा अटो रिक्सा प्रालीहरुले भने आफुहरुको सहभागीता विना निर्धारण गरेको नयाँ भाडादर कार्यान्वयन गर्न गाह्रो हुने बताएका छन् । उनीहरुले अटोरिक्साहरुको दैनिक खर्च मात्रै २ हजार १ सय २० रुपैंया हुने भन्दै प्रतिकिलोमिटर प्रतिब्यक्ति १० रुपैंयाले आफ्नो व्यवसाय नै धरापमा पर्ने बताए । यसैबीच बुधवार घोराहीमा बसेको अटोरिक्सा व्यावसायीहरुको भेलाले ५० प्रतिशतले भाडादर घटाएको जानकारी दिएको छ । यो भाडादरले हरेक किलोमिटरमा प्रति ब्यक्ति २५ रुपैंयाको दर हुन आउँछ । ५ वर्ष भन्दा माथिका यात्रुलाई पुरा भाडा लाग्ने, १० केजीदेखि माथि ५० केजी सम्मको सामानको भाडा अर्थात यात्रु सरह ५० रुपैया नै लाग्ने निर्णय बैठकले गरेको छ । साथै समितिले घोराहीका लागि तुलसीपुर चोकलाई आधार मानेर पूर्व, पश्चिम, उत्तर र दक्षिणका विभिन्न क्षेत्रमा भाडादर निर्धारण गरेको जानकारी दिएको छ । निर्धारण गरेको भाडा यातायात व्यवस्थापन समिति यातायात व्यवस्था कार्यालय तुलसीपुरमा सिफारिस गरिदिनका लागि पठाउने समितिका अध्यक्ष बुढाले जानकारी दिए ।
तर जिल्ला यातायात व्यवस्था समितिले जिल्लामा सञ्चालनमा रहेका अटोरीक्सा, टेम्पो, ई रीक्साका समितिहरुलाई पनि नयाँ भाडादर पत्राचार गरीसकेकोले कार्यान्वयन नगरेमा कार्वाहिको भागिदार स्वंय अटो चालक हुने यातायात व्यवस्था कार्यालय राप्तिका प्रमुख मित्रलाल ढकाल बताउछन् ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने यातायात व्यवस्था समितिले निर्धारण गरेको भाडादर लागु नगर्नेलाई कार्वाही गरीने छ ढकालले भने । गत असार २७ गते प्रमुख जिल्ला अधिकारी, यातायात समितिका प्रतिनिधि, मजदुर संगठनका प्रतिनिधि र यातायात व्यवस्था कार्यायलका प्रमुख सहितको समितिले कायम गरेको भाडादर नलिई आफुखुसी भाडादर कायमगर्ने ब्यक्तीलाई समेत कार्वाही गरीने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?