ट्रेंडिंग:

>>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रीत समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया

घोराहीको नीति तथा कार्यकम्र : कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

६ असार २०८०, बुधबार
६ असार २०८०, बुधबार

दाङ, ६ असार ।

घोराही उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरुलाल चौधरीले कृषि क्षेत्र समृद्धिको मुख्य आधार रहेकोले खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन तथा तरकारीमा आत्मनिर्भर हुने गरी मूल बिउ तथा उन्नत बिउ (धान, गहँु, मकै, तोरी, मसुरो, प्याज र आलु) मा कृषकलाई दिईदै आएको अनुदानलाई निरन्तरता दिइने बताएका छन् ।

कृषियोग्य जमिनमा सिंचाई सुविधा विस्तार गर्न अधुरो रहेका डिप बोरिङ सञ्चालनमा प्राथमिकता दिइनुका साथै थप सिंचाइ बोरिङ निर्माण कार्यलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । सूचना प्रविधिको माध्यमबाट कृषकहरुलाई कृषि सम्बन्धी सूचना उपलब्ध गराउन तथा कृषकका समस्या समाधान गर्न घोराही कृषि मोवाइल एप तयार गरी कार्यान्वयनमा ल्याइ किसान परिचयपत्रको समेत व्यवस्था गरिने भएको छ । दाङको पहिचानको रुपमा रहेको स्थानीय तोरी र महको उत्पादन बढाउन तोरी खेतीमा सिंचाईको लागि अनुदान तथा तोरीको तेल, बेसार र महको ब्रान्डिङ तथा लेबलिङमा अनुदानको व्यवस्था गरिनेछ ।

नगरभित्र जीवन निर्वाहमुखी पशुपालन गरिरहेका कृषकहरुलाई व्यवसायीकरण तर्फ उन्मुख गराई आगामी तीन वर्षभित्र घोराही उपमहानगरपालिकालाई दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराइने नगर प्रमुख चौधरीले बताए । उपमहानगरपालिका अन्तर्गत प्रत्येक नमूना माध्यमिक विद्यालयहरुमा स्वास्थ्यकर्मी व्यवस्थापन गरिनेछ । एक वडा एक नमूना विद्यालय कार्यक्रम अन्तर्गत छनौट गरिएका विद्यालयहरुलाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अभिप्रेरित गर्दै सम्पूर्ण सामुदायिक विद्यालयहरुको विकास गर्न कार्ययोजना निर्माण गरिने कार्यक्रम रहेको छ ।

कृषकहरुलाई समयमै मल र बिउ उपलब्ध गराउने व्यवस्था मिलाइने, कृषि बिमा, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गरिने, कृषि प्रविधिको विकास प्रसार तथा उपयोगबाट कृषि उत्पादन एवम उत्पादकत्व बढाइने, कृषिको व्यावसायिकीकरणमा जोड दिइ आय आर्जन तथा रोजगारीका अवसरहरु सृजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नागरिकको आधारभूत स्वास्थ्य सेवालाई प्रत्याभूत गर्न निर्माणाधिन स्वास्थ्य संस्थाहरुको भवन सम्पन्न गरी सेवा प्रवाह गरिनेछ । उपप्रमुख प्रजनन् रुग्ण्ता कार्यक्रम अन्तरगत पाठेघर बचाउँ अभियान मार्फत पाठेघरको भिआईए स्क्रिनिङ्ग गरी पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच गरिनेछ । घोराही उपमहानगरपालिकाको नागरिकहरुको उपचारको लागि आवश्य रगत नेपाल रेडक्रस सोसाईटीको समन्वयमा निःशुल्क रुपमा उपलब्ध गराउन नगर प्रमुख रक्त संचार सेवा कार्यक्रमलाई निरन्तरता दिईनेछ । आमा र नवजातशिशुको जीवन रक्षाको लागि उपप्रमुख आमा नवजातशिशु सुरक्षा खुत्रुके बचत कार्यक्रमलाई निरन्तरता दिइनेछ। नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउन सुरक्षित सुत्केरी अभियान संचालन गरिनुका साथै सुरक्षित सुत्केरी अभियानलाई प्रोत्साहित गर्न उप प्रमुख खुत्रुके बचत कार्यक्रमलाई निरन्तरता दिइनेछ । त्यसैगरी आगामी तीनवर्ष भित्रनगर भित्र रहेका खरका (फुस) छाना हटाइ खरका छाना मुक्तनगर घोषणा गरीनेछ ।।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np