ट्रेंडिंग:

>> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी >> ‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य >> तिलोत्तमा–३ मा ७ दिने उदघोषण तालिम सकियो

पाल्पामा ८४ करोड बजेट खर्च भएन

९ श्रावण २०७५, बुधबार
९ श्रावण २०७५, बुधबार

आर्थिक वर्ष २०७४÷/०७५ मा जिल्लाबाट ८४ करोड १४ लाख ५६ हजार २ सय ४७ रुपैँया बजेट फ्रिज भएको छ । जिल्लाका विभिन्न कार्यालयहरुले रकम खर्च गर्न नसकेका कारण फ्रिज भएको हो । । आर्थिक वर्ष २०७४ ÷०७५ मा चालु र पुँजीगत तर्फ गरी ८ अरब ४६ करोड ९३ लाख ८३ हजार ७ सय २७ रकम विनियोजन गरेकोमा ७ अरब ६७ करोड ८९ लाख ४० हजार ८ सय ९६ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय पाल्पाकी निमित्त कोष नियन्त्रक सावित्रा सुवेदीले जानकारी दिइन् ।
जिल्लामा चालु र पँुजीगत खर्च तर्फ प्राप्त बजेटको ९०.६७ प्रतिशत खर्च भएको छ । भने २३.३६ प्रतिश बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७३÷०७४मा ६ अरब ४८ करोड २३ लाख ९ हजार ९ सय ७ रुपैयाँ बजेट खर्च भएको थियो । अघिल्लो वर्षको तुलनामा चालुगत र पँजीगत गरी ४८.५५ प्रतिशतले वृद्धि भएको कोष नियन्त्रक सुवेदीले बताईन् । आर्थिक वर्ष ०७४÷०७५ को अवधिमा जिल्लामा चालु तर्फ ५ अरब ६१ करोड १३ लाख ७८ हजार ७ सय २६ रकम मध्ये ५ अरब २५ करोड ७३ लाख ७ हजार ७ सय ६७ रुपैँया खर्च भई चालु तर्फ ९३.६९ प्रतिशत वित्तिय प्रगति भएको छ । त्यसै गरी पुँजीगत तर्फ २ अरब ८५ करोड ८० लाख ५ हजार मध्ये २ अरब ३७ करोड ६ लाख २० हजार खर्च भई ८२.९५ प्रतिशत वित्तिय प्रगति भएको छ । यसै गरी सबै भन्दा कम बजेट खर्च गर्ने जिल्ला प्रविधिक कार्यालयले २३ करोड १४ लाख ६० हजार मध्ये १४ करोड ९ लाख ६३ हजार ९ सय ८४ रुपैयाँ खर्च गरी ६०.९० प्रतिशत वित्तिय प्रगति गरेको । डिभिजन सडक कार्यालले ८३.१२ प्रतिश वित्तिय प्रगति गरेको छ । कार्यालयलाई प्राप्त कुल बजेट ६३ करोड ६ लाख ६० हजार मध्ये ५२ करोड ४० लाख १० हजार ८ सय ६१ रुपैँया खर्च गरेको हो । भवन कार्यालयलाई प्राप्त भएको रकम मध्ये ३४ करोड ४४ लाख ३६ हजार ५ सय २९ रुपैँया खर्च गरी ९५.६६ प्रतिशत वित्तिय प्रगति गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई प्राप्त रकम २८ करोड ४ लाख ९४ हजार मध्ये २६ करोड ८२ लाख ७८ हजार रुपैँया खर्च गरी ९५.६४ प्रतिशत वित्तिय प्रगति गरेको हो । उत्तरदक्षिण कालीगण्डकी करीडोरलाई प्राप्त रकम ६५ करोड ७५ लाख मध्ये ४९ करोड ११ लाख ५८ हजार १ सय ४ रुपैँया खर्च गरी ७४.७० प्रतिशत वत्तिय प्रगति गरेको छ । सिचाँइकार्यालयलाई प्राप्त बजेट ७ करोड १ लाख ५ हजार मध्ये ६ कारोड ९ लाख ३१ हजार ५ सय ४ खर्च गरी ८६.९९ प्रतिशत वित्तिय प्रगति गर्न सफल भएको छ । र पुल योजनाको लागि प्राप्त ४१ करोड ४६ लाख ५० हजार रकम मध्ये ३७ करोड ९३ लाख ६२ हजार ९ सय ३१ रुपैँया खर्च गरी ९१.४८ प्रतिशत वित्तिय प्रगती गरेको छ ।
यसै गरी २०७४÷०७५ मा जिल्लाबाट ४४ करोड ३९ लाख ४० हजार ६ सय ८९ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा १५.६५ प्रतिशत राजस्व वद्धि भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा समयमै बजेट निकास भएको र स्थानीय तहमा बजेट गएका कारण पनि राजस्वमा वृद्धि भएको कोष नियन्त्रक सुवेदीले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?